तामाङ भाषाको ‘छेवार’ म्युजिक भिडियो सार्वजनिक

२०७७ मंसिर २८ गते, आईतवार

काठमाडौंं । गायक सुवास तामाङ मोक्तानको ‘छेवार’ म्युजिक भिडियो सार्वजनिक भएको छ । बौद्धको छिमेकी क्याफेमा शुक्रबार भएको पत्रकार सम्मेलनमा तामाङ समुदायका चिरपरिचित कलाकार तथा विशिष्ठ व्यक्तिहरुको उपस्थिति रहेको थियो ।
गायक सुवास मोक्तान र गायिका शशिकला मोक्तानको सुमधुर आवाज रहेको तामाङ सेलो ‘छेवार’ गीतको म्यूजिक भिडियो प्रतिनिधिसभाका सांसद कृष्ण बहादुर राईले सार्वजनिक गरेका हुन् । सांसद राईले अन्य जातजातिको ठाउँ अनुसार भाषा, संस्कृति फरक फरक भए पनि तामाङ समुदायको एउटै रहेको बताए । उनले तामाङ समुदायको संस्कृति र रितिरिवाज झल्काउने म्युजिक भिडियोको सफलताको कामना गरे । म्युजिक भिडियोलाई नाम्दु मिडियाले बजारमा ल्याएको हो । गायक सुवास तामाङले सबैले माया गरेर च्यानलाई सस्क्राईभ, सेयर र कमेन्ट गरिदिन र सल्लाह सुझाव दिन पनि आग्रह गरे ।
कार्यक्रममा वरिष्ठ संगीतकार तथा गायक चन्द्र कुमार दोङ, गायिका इन्दिरा गोले, नेपाल तामाङ कलाकार संघको अध्यक्ष तथा गायक सन्जिव वाइवा, फापरे गीतका गायक प्रेम लोप्चन, नेपाल तामाङ कलाकार संघको वरिष्ठ उपाध्यक्ष विश्व दोङ, नेपाल तामाङ अन्तर्राष्ट्रिय परिषद्का वरिष्ठ महिला उपाध्यक्ष अस्मिता वाइवा, नेपाल तामाङ कलाकार संघको महासचिव विशाल काल्तेन लगायत तामाङ समुदायको कलाकारहरुको उपस्थिति रहेको थियो ।
‘छेवार’ तामाङ समुदायको संस्कृति बोकेको महत्वपूर्ण शव्द हो । सारा खबर अनलाइनको पत्रकार तथा हाम्रो मिसन समृद्ध नेपालका महासचिव मिलन कुमार लामाले साँच्चिकै तामाङ समुदायले खोजेको र तामाङ समुदायको संस्कृतिको नेतृत्व गरेको गीत भएको दाबी गरेका छन् ।
‘डम्फु’ तामाङ सस्कृतिको पहिचान हो । यो सेलो तामाङ म्यूजिक भिडियोमा डम्फुको महत्वलाई पनि दर्शाएको छ । वास्तवमा गायक सुवास मोक्तान र गायिका शशिकला मोक्तानले अहिलेसम्मको सबैभन्दा उत्कृष्ठ म्यूजिक भिडियो सार्वजनिक गरेको छ भन्दा फरक नपर्ने बताए ।
नेपाल तामाङ कलाकार संघको अध्यक्ष सन्जिव वाइवाले म्यूजिक भिडियोको प्रशंसा गर्दै भने ‘आज सार्वजनिक भएको म्यूजिक भिडियोले तामाङ समुदायको शिर उठाउने काम गरेको छ । डम्फु अनि टुङ्नालाई सामाजिक रुपमा स्थापित गराउन पनि महत्वपूर्ण भूमिका खेलेको देखिन्छ , यो टिमलाई सफलताको शुभकामना ।’
फापरे गीतका गायक प्रेम लोप्चनले मन छुने र सबैले मन पराउने म्युजिक भिडियो निर्माण गरेको दाबी गरे । ‘मैले खोजेको, मैले चाहेको अनि तामाङ भएको अनुभुति भएको म्युजिक भिडियो निर्माण भएको रहेछ । हामी तामाङ समुदायको छाती आज फराकिलो भएको छ ’ लोप्चनले भने । गायक तथा वरिष्ठ संगीतकार चन्द्र कुमार दोङले सफलताको शुभकामना दिए ।
पत्रकार सम्मेलनलाई व्यवस्थित ढंगले हाम्रो मिसन समृद्ध नेपालको अध्यक्ष तथा तेमाल अनलाइनको कार्यकारी सम्पादक सुदिन लामाले संचालन गरेका थिए । गायिका शशिकला मोक्तानले उपस्थित सम्पूर्णलाई स्वागत गर्दै भने ‘मलाई र मेरो सम्पूर्ण टिमलाई माया गरेर पाल्नुभयो । गीत सुनेर, म्युजिक भिडियो हेरे लाईक कमेन्ट अनि सेयर गर्न नभुल्नु होला ।’

361 Views

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा

‘गौँथली’को गीत ‘आँखा भरी आँसु’मा पराइघर जाँदाको सकस

२०८३ जेष्ठ २९ गते, शुक्रबार

‘गौँथली’को गीत ‘आँखा भरी आँसु’मा पराइघर जाँदाको सकस

२०८३ जेष्ठ २९ गते, शुक्रबार

चितवनीकी दिया क्षेत्रीले आफ्नै श्रीमानबाट खतरा रहेको भन्दै सुरक्षाको माग

२०८३ जेष्ठ २९ गते, शुक्रबार

१३ औं म्युजिक खबर म्युजिक अवार्डको उत्कृष्ट पाँचको मनोनयन सार्वजनिक

२०८३ जेष्ठ २९ गते, शुक्रबार

अमेरिका र क्रोएशिया पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ

२०८३ जेष्ठ २९ गते, शुक्रबार

ग्लोबल आईएमई बैंकको सञ्चालक समिति सदस्यमा बिन्द्रा हाडा भट्टराई

२०८३ जेष्ठ २९ गते, शुक्रबार

सरकारद्वारा रावल आयोगको प्रतिवेदन कार्यान्वयन गर्ने निर्णय

२०८३ जेष्ठ २९ गते, शुक्रबार

यस्ता छन् मन्त्रिपरिषद् बैठकका महत्वपूर्ण तीन निर्णय

२०८३ जेष्ठ २९ गते, शुक्रबार

काभ्रेमा बस दुर्घटना, सात जनाको मृत्यु

२०८३ जेष्ठ २९ गते, शुक्रबार

हाम्रा परम्परागत खानाको महत्व

२०८३ जेष्ठ २९ गते, शुक्रबार

फिफा विश्वकप २०२६ः उद्घाटन खेलमा मेक्सिकोको विजयी सुरुआत

२०८३ जेष्ठ २९ गते, शुक्रबार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal