बैँकमा खाता नहुँदा अपाङ्खता भएकालाई समस्या

२०७७ मंसिर २२ गते, सोमबार

काठमाडौं । सूचना तथा सञ्चारमन्त्री पार्वत गुरुङले अब अपाङ्गता भएका व्यक्तिले घरमै बसी विश्वसँग जोड्ने सञ्जाल निर्माण गर्न सकिने बताउनुभएको छ । २९ औँ अन्तराष्ट्रिय अपाङ्गता दिवसको अवसरमा अपाङ्गता संरक्षण नेपाल र प्रभु पेको संयुक्त आयोजना तथा नेपाल इन्टरनेट फाउन्डेसनको प्राविधिक सहयोगमा भएको भर्चुअल कार्यक्रममा मन्त्री गुरुङले सबै किसिमका अपाङ्गता भएका व्यक्तिहरुलाई प्रविधिसँग जोड्ने गरी सरकारले काम थाल्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । मन्त्री गुरुङले डिजिटल नेपाल बनाउने अवधारणा अनुरुप अब मुलुक डिजिटल हुने र जसको माध्यमबाट अपाङ्ग व्यक्तिले घरमै बसीबसी विश्वसँग जोडिने बताउनुभयो । कार्यक्रममा अपाङ्गता संरक्षण नेपालका अध्यक्ष विरोध खतिवडाले कोभिड १९ को जोखिमको अवस्थामा पनि प्रविधिसँग पहुँच नहुँदा अपाङ्गता भएका व्यक्तिहरु समस्यामा परेको गुनासो गर्नुभयो । पछिल्लो समय कागजको रुपैँयाको कारोवारमा पनि कोरोनाको जोखिम रहेको सुन्दै आएकोमा आफूहरुले बैकिङ्ग कारोबार गर्नबाट बञ्चित भएको बताउनुभयो । अपाङ्गता भएका व्यक्तिहरुको पहुँच बैकिङ्ग कारोबारमा समेत नभएको बताउँदै मन्त्री गुरुङ्गको ध्यानाकर्षण गराउनुभयो । साथै उहाँले सेवा दिने कार्यालयको भौतिक संरचना अपाङ्गमैत्री नहुँदा पनि समस्या भोग्नुपरेको बताउनुभयो ।

उहाँले अपाङ्गता संरक्षण नेपाल र प्रभु पे को तर्फबाट सेवा दिने उदेश्यले हाम्रो मोबाइल वालेट बनाइएको जानकारी दिनुभयो । यसअधि बैकिङ्ग कारोबार गर्न नपाएका अपाङ्गता भएका व्यक्तिहरुले अबदेखी उक्त एपमार्फत सेवा लिन सक्ने जनाइएको छ । साथै एपलाई अझै सुधार गरी सरल बनाउनेतर्फ आफूहरु लागेको बताउनुभयो ।
यस वर्षको दिवसको नारा ‘कोभिड–१९ पश्चातको उत्कृष्ट पुनरागमनको सुनिश्चितता ः अपाङ्गता भएका व्यक्तिको पहुँच र दिगो विकासका लागि हामी सबैको प्रतिबद्धता’ भन्ने तय गरिएको छ । नेपालमा अपाङ्गता भएकाको जनसंख्या करिब पाँच लाख रहेको छ ।

299 Views

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा

साढे ५ महिनापछि काठमाडौं ओर्लिए देउवा

२०८३ श्रावण २८ गते, बिहीबार

साढे ५ महिनापछि काठमाडौं ओर्लिए देउवा

२०८३ श्रावण २८ गते, बिहीबार

‘बा : एक योद्धा’का दुई गीतलाई दर्शकले दिए रेटिङ

२०८३ श्रावण २८ गते, बिहीबार

पत्रकार किशोर श्रेष्ठलाई रिहा गर्न माग गर्दै पत्रकार महासंघ आन्दोलित

२०८३ श्रावण २८ गते, बिहीबार

रोल्पाको थबाङमा पहिरो जाँदा तीन जनाको मृत्यु, नौ जना बेपत्ता

२०८३ श्रावण २८ गते, बिहीबार

सिड्नीकी नर्स तथा गीतकार यशोदाको शब्दमा आयो ‘ए मैना सुनन’

२०८३ श्रावण २७ गते, बुधबार

युवा : उमेर होइन, सम्भावनाको नाम हो

२०८३ श्रावण २७ गते, बुधबार

देउवा मंगलबार स्वदेश फर्किंदै

२०८३ श्रावण २२ गते, शुक्रबार

कक्षा १२ को मौका परीक्षाको नतिजा सार्वजनिक

२०८३ श्रावण २२ गते, शुक्रबार

माताकाे नाममा गलत गतिविधि गर्ने थापा प्रहरी नियन्त्रणमा

२०८३ श्रावण २१ गते, बिहीबार

नेपालगञ्जमा पर्खाल भत्किँदा दुई मजदुरको मृत्यु

२०८३ श्रावण २० गते, बुधबार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal