ओलीलाई महान हुने अवसर
१७ हजारका प्रेतात्माहरुले तर्साउँदै
अनिलभक्त खरेल
नेपालबाट विधिवत रुपमा राजा र हिन्दु धर्म फालिएको पनि १२ वर्ष पुरा भैसकेको छ । राजा र हिन्दुराष्ट फाल्दा चुपचाप बसेका बसेकाहरु पछिल्लो समयमा अहिले ‘राजा आउ देश बचाउ’ भनेर जताततै चिच्याहट गरिरहेका छन् । अहिले राष्टिय झण्डा सहित सकडमा देखिएका मोटरसाइकल र जनताको ताँतीले सत्ताधारीहरुको मुटुमा ढ्यांग्रो बजिरहेको छ त्यसैले उनीहरु भुतप्रेत सल्बलाए भन्दैछन् । घरमा चोखे मीठो पाक्योभने सबैभन्दा पहिला पितृ, देव र भुतपिसाचहरुलाई छ ‘ट्याउन’ पर्छ । भुतप्रेतहरुको चित्त राम्ररी बुझाइएन भने कुनै कार्यपनि सफल हुन दिदैनन् दुःख दिइरहन्छन् । अहिले जनयुद्धकालमा मारिएका १७ हजारका प्रेतात्माहरु भुतपे्रत भएर आएका हुन सक्छन् । भुतप्रेतहरुले दुख दिएपछि कतिपयको घरबास उठीबास भएका हामीले सुन्दै आएका छौं । भुतप्रेतले तर्साउने ठाउँमा कोहीपनि नबस्ने भएको हुँदा कतै अहिलेको व्यवस्था र सरकारभुतप्रेतबाट डराएर त भाग्दैछैन ?मैले आफु सानो सदा भुतप्रेतको कथा धेरै सुनेको थिए । त्यही भएर एक्लै कोठामा सुत्न जान पनि डराउँथे । सिरक उल्टो ओढ्दा समेत सिरकले खान्छ भनेर सिरक आ्ढ्न डराउँथे । भुतको छायाँ पर्यो भने पनि त्यो मानिस ३ दिनमा रगत छादेर मर्छ भन्ने पनि बुढापाकाबाट सुनेको थिए । त्यसैले सानोमा जुनेली रातमा होस् कि अपरान्हमा होस् आप्mनो छायाँसंग आफै डराउँथे । आफु हिडे हिड्ने, आफुरोकिए रोकिने, आफुदौडिए दौडिने त्यो छायाँ भुत हो कि भनेर तर्सन्थे र सुनसान बाटोआएपछि बेतोडले भाग्थे । किनकि मेरा मामा पर्ने एकजना भुतसंग लडेकै कारण बितेका घटना मैले सानैमा सुनेको थिए । अहिले सरकारपक्षका केही व्यक्तिहरु भुतप्रेतहरुसंग लड्ने भन्दैछन् त्यसैले मलाई ती मेरा बालमस्तिष्कको सम्झना आयो । यदि मैले बाल्यकालमा सुनेको त्यो घटना सत्य हो भने यो सरकार र गणतन्त्रको आयु सकिदैछ हैन त्यो घटना बच्चा तर्साउन रचिएको काल्पनिक घटना हो भने म जस्तै सरकार आप्mनो छायाँसंग आफै तर्सिरहेको छ ।हुन त कतिपय धामीझाक्रीहरु भुत, पिसाच मात्र है वीर र छौडा नचाएर बस्छन् । तीनिहरुले मागेको कुरा दिइरहन्छन् । यदि त्यो दिन छोडेको खण्डमा ती भुतपे्रतहरुले त्यही धामीलाई सिध्याइदिनेछ । जान्ने धामीले सबै भुतपृ्रत चिनेको हुन्छ र उनीहरुलाई त्यही अनुसारको मान्को, थान्को लगाएर राखेको हुन्छ ।आआफ्नो थान्को मान्को लगाइएनभने भुतप्रेतहरु सल्बलाउँछन् । कतै अहिलेको व्यवस्था र सरकारले भुतपे्रतहरुको थान्को मान्को नलगाएको भएरनै सल्बलाएका त हैनन् ? यी सल्बलाएकाभुतप्रेतहरुको थान्को मान्को नलगाउने हो भने यी प्रेतात्माहरुले ककस्लाई लाने हो समयले बताउला ।
विश्वलाई अहिले कोरोनाले आक्रान्त पारिरहेको छ । त्यसबाट नेपाल पनि अछुतो छैन । पछिल्लो समयमा कोरोनाले नेपाल नराम्ररी सताइरहेको छ । सुरुवातीको अमेरिकाको स्थितिमा नेपाल पुगिसकेको छ । तर नेपालका सत्ताधारीहरुलाई चाहे भुकम्प आवोस् चाहे कोरोनारुपी महामारी आवोस् दुबै महादशैं भैरहेको छ । भ्रष्टचार अब हजार, लाख र करोडमा हैन कि अरबौंमा हुँदैछ । यस्तो महामारीको बेलामा २ तिहाई सरकार पदको भागवण्डाको लागि गाँड कोराकोर गरेर बसिरहेका छन् । उनीहरुको कुनैपनि बैठकमा कोराना महामारी नियन्त्रणको विषयबारे छलफल समेत भएका छैनन् जुन बिडम्बना खेदजनक छ । खाली पदको बाँडफाडका विषयलाई लिएर महिनौंदेखि गाँड कोराकोर भैरहेको छ । कहाँबाट कमिसन आउँछ त्यसैमा नै उनीहरुको ध्यान केन्द्रित भैरहेको छ । यही कमाउधन्दाको कारण २ तिहाई सरकारको पार्टीभित्रको लडाई कस्ले बढि भ्रष्टाचार गर्यो भनेर आरोप प्रत्यारोपमा पुगिसकेको छ । पुष्पकमलको १९ पेजको आरोप केपी ओलीले ३८ पेजमा दिएपछि सर्वत्र खैलाबैला भएको छ। जसका कारण नेपाली राजनीतिमा शक्तिराष्टहरुको चलखेल हावी हुँदै गैरहेको छ । चिनिया र भारतीय प्रतिनिधिहरुको दौडधुप बाक्लिदै गैरहेको छ । उनीहरुकै निर्देशनमा खिचडि पकाउन समयावधि पनि थपिदै छ जुन देश र जनतमाथिको धोका तथा गद्दारी हो ।
केपी ओली र पुष्पकमल दाहाल उर्फ प्रचण्डले एक अर्काप्रति पार्टीको सचिवालय बैठकमा लगाइएका आरोप प्रत्यारोपले दुबै पक्षले आफ्नालाई देव र अर्कोलाई राक्षसीको संज्ञा दिइरहेका छन् । अब यहाँ एकले अर्कोलाई सिद्धाएर अगाडि बढ्नुको बिकल्प छैन । दुबै नराम्रा मध्ये कुन नराम्रोलाई पहिला सिद्धाउने भन्ने कुराले बढी महत्व राख्छ । अब पनि चर्केको काँचको गिलासलाई सुपरग्लु लगाएर जोडजाड गरेर चलाउनुको सट्टा त्यसलाई ढुंगामा बजारी चकनाचुर पारी पार्टी र देशलाई नेकपाको बन्धनबाट मुक्ति दिलाउनु नै सबैभन्दा उपयुक्त र उत्तम हुनेछ । यी दुबैले लगाएका आरोपहरु रिसको आवेगमा बोलिएको मात्रै हुन सक्दैन । सर्पको खुट्टा सर्पले मात्र देख्छ भने झैं एक भ्रष्टको कर्तुत अर्को भ्रष्टले नदेख्ने भन्ने हुन सक्दैन । यो आरोप जनयुद्धकालमा लगाइने लाल गद्दार मात्र हुन सक्दैन । एमाले फुटाउदा मालेका वामदेव योगेशहरुले एमालेमाथि लगाएको २६ राष्टघातमा मात्र सिमित छैनन् । यसमा आम जनताका आवाजहरु प्रतिबिम्ब छन् । पार्टीको सचिवालय बैठकले दुबैमाथि कार्वाहीको आँट गर्न सक्छ कि सक्दैन समयले बताउँछ । हुन त जता मल्कु उतै ढल्कु किसिमका सचिवालय सदस्य हुँदासम्म नेकपाले त्यस्तो कुनै न्यायिक निसाफ गर्न सक्दैन । एकता माधवकुमार नेपाल पार्टी महासचिव हुँदा नेकपा एमाले, न पोथी न भाले भन्ने आरोप लगाइएको कुरा कसैले नभुलुन् ।
अहिले केपी शर्मा ओलीलाई नाकाबन्दीपछि अर्कोपटक महान हुने अवसर आउँदैछ । केपी ओलीकै कारण जनताले नेकपालाई स्पष्ट बहुमत दिएका हुन् । जस्को लागि गोठ बनायो त्यस्को पुच्छर बाहिर भनेजस्तै जस्को कारण जनताले सरकार बनाउन दिए उसैलाई फाल्नको लागि मात्र गरिएको प्रपञ्चलाई पर्दाफास नगर्ने हो भने २ तिहाईको सरकार र अल्पमतको सरकारमा के फरक रह्यो र ?केपी शर्मा ओलीले हिम्मत गर्ने हो भने उनको नाम नेपालको इतिहासमा सुनौलो अक्षरले लेखिनेछ । अहिले प्रम केपी शर्मा ओलीले पुष्पकमल दाहाल उर्फ प्रचण्डमाथि जे जस्तो आरोप लगाएका छन् ती आरोप सम्बन्धित निकायबाट पुष्टि गरेर उनीमाथि कार्वाही गरेमा प्रचण्डका मलद्धारेबाहेक सबै नेपालीले जयजयकार गर्नेछन् । १७ हजारका प्रेतात्माले पनि शान्ति पाउने छ । केपीले यस्तो गर्न लागेको चाल पाएर नै कांग्रसलाई बिच्क्याउन रामचन्द्र पौडेललाई तनहुँमा राज्यसत्ताले अभद्र व्यवहार गरेको हुनुपर्छ । सबैसंग एकैपटक आक्रमण गर्नु ओलीको लागि खतरा छ । ओलीको बेलैमा चेत खुलोस् । अस्तु
(अमेरिका) भर्जिनिया
ताजा
त्यो राजदरबार हत्याकाण्ड र अहिलेको परिवेश
२०८३ जेष्ठ ३१ गते, आईतवार
त्यो राजदरबार हत्याकाण्ड र अहिलेको परिवेश
२०८३ जेष्ठ ३१ गते, आईतवार
विश्वकप २०२६ः ब्राजिल र मोरक्को १–१ को बराबरीमा रोकिए
२०८३ जेष्ठ ३१ गते, आईतवार
परराष्ट्रमन्त्री शिशिर खनाल आज चीन भ्रमणमा जाँदै
२०८३ जेष्ठ ३१ गते, आईतवार
न्याय जनताको घरदैलोमा न्यायिक सेवाको पुनर्संरचनाको आवश्यकता
२०८३ जेष्ठ ३१ गते, आईतवार
‘गौँथली’को गीत ‘आँखा भरी आँसु’मा पराइघर जाँदाको सकस
२०८३ जेष्ठ २९ गते, शुक्रबार
चितवनीकी दिया क्षेत्रीले आफ्नै श्रीमानबाट खतरा रहेको भन्दै सुरक्षाको माग
२०८३ जेष्ठ २९ गते, शुक्रबार
१३ औं म्युजिक खबर म्युजिक अवार्डको उत्कृष्ट पाँचको मनोनयन सार्वजनिक
२०८३ जेष्ठ २९ गते, शुक्रबार
अमेरिका र क्रोएशिया पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ
२०८३ जेष्ठ २९ गते, शुक्रबार
ग्लोबल आईएमई बैंकको सञ्चालक समिति सदस्यमा बिन्द्रा हाडा भट्टराई
२०८३ जेष्ठ २९ गते, शुक्रबार
सरकारद्वारा रावल आयोगको प्रतिवेदन कार्यान्वयन गर्ने निर्णय
२०८३ जेष्ठ २९ गते, शुक्रबारलोकप्रिय
Fast Withdrawal Options and Deposit Limits at Wino Casino
२०८२ माघ २४ गते, शनिबारThe Most Popular Online Slots on Tea Spins Casino in 2024
२०८२ माघ २१ गते, बुधबारJouez facilement sur Spinit Casino avec l’application mobile
२०८२ माघ १९ गते, सोमबारConfianza total en SG Casino por su licencia y atención al cliente
२०८२ माघ १८ गते, आईतवारExpert Advice For Winning Consistently At Space Casino Slots
२०८२ माघ १८ गते, आईतवारWinbet Casino et la sécurité des transactions financières
२०८२ माघ १४ गते, बुधबार





