चितवनको ऐतिहासिक धार्मिकस्थल इच्छाकामना मन्दिर प्राङ्गणमा लाग्ने पञ्चमी मेला स्थगित

२०७७ मंसिर १९ गते, शुक्रबार

मुग्लिन । चितवनको ऐतिहासिक धार्मिकस्थल इच्छाकामना मन्दिर प्राङ्गणमा लाग्ने पञ्चमी मेला यस वर्ष नहुने भएको छ । कोरोना भाइरसको सङ्क्रमण फैलने त्रासका कारण मेला स्थगित गरिएको हो ।

श्री इच्छाकामना सिद्धबाबा संरक्षण समितिका अध्यक्ष रामप्रसाद बोहोराले यस वर्ष मेला नलाग्ने जानकारी दिनुभयो । भीडभाड हुँदा कोरोना फैलन सक्ने भएकाले मेला स्थगित गरिएको उहाँको भनाइ छ ।

हरेक वर्ष ठूलो पञ्चमीको अवसरमा लाग्ने मेला यस वर्ष मङ्सिर १९ र २० गते परेका थिए । मङ्सिर २० गते बिहान भने भीडभाड नहुने गरी दर्शन तथा पूजाका लागि मन्दिर खुला गरिने उहाँले जानकारी दिनुभयो ।

रातभर मेला लाग्ने र बिहान पूजाआजाका साथै बलि चढाइने परम्परा रहेको छ । गत वर्षदेखि गाउँपालिकाले मेलाको दिन सार्वजनिक बिदासमेत दिन थालेको छ । इच्छाकामना मन्दिर चितवनको इच्छाकामना गाउँपालिका–५ मा पर्दछ । मनकामना माईको सात दिदीबहिनीमध्ये इच्छाकामना एक बहिनी रहेको किंवदन्ती रहेको छ ।

मोटरबाटो खुलेपछि आजभोलि मनकामना पुग्ने केही तीर्थाटनका पर्यटकहरु इच्छाकामना पुग्ने क्रम बढेको छ । इच्छाकामना र मनकामना मन्दिर दुई विपरीत अर्थात् आमुन्नेसामुन्ने डाँडामा छन् । तीर्थाटनमा पुग्ने पर्यटकहरुको इच्छा पूरा गरिदिने भएकोले इच्छाकामना भनिएको हो ।

यहाँका स्थानीयवासीहरु भने यातायात र प्रचारको अभावका कारण दर्शनार्थीहरुको आवागमनमा वृद्धि हुन नसकेको बताउँछन् । अहिले मोटरबाटो पुगेकाले मनकामना मन्दिर दर्शन गर्न आउने दर्शनार्थीहरु पनि फाट्टफुट्ट इच्छाकामना मन्दिर जाने गरेका छन् । विगतको तुलनामा केही भक्तजन तथा पर्यटहरुको सङ्ख्यामा वृद्धि भए पनि प्रचारप्रसार र सम्बन्धित निकायको ध्यान नगएको स्थानीयवासीको भनाइ छ ।

अहिले मन्दिर पुनर्निर्माणको काम भइरहेको छ । वाग्मती प्रदेश सरकार र इच्छाकामना गाउँपालिकाको आर्थिक सहयोगमा मन्दिर निर्माण कार्य भइरहेको मन्दिर संरक्षण समितिका अध्यक्ष बोहोराले बताउनुभयो । मन्दिर जीर्ण भएपछि जगबाटै भत्काएर निर्माण थालिएको हो । उहाँका अनुसार मन्दिर निर्माणका लागि रु तीन करोड खर्च लाग्ने छ । रासस

407 Views

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा

साढे ५ महिनापछि काठमाडौं ओर्लिए देउवा

२०८३ श्रावण २८ गते, बिहीबार

साढे ५ महिनापछि काठमाडौं ओर्लिए देउवा

२०८३ श्रावण २८ गते, बिहीबार

‘बा : एक योद्धा’का दुई गीतलाई दर्शकले दिए रेटिङ

२०८३ श्रावण २८ गते, बिहीबार

पत्रकार किशोर श्रेष्ठलाई रिहा गर्न माग गर्दै पत्रकार महासंघ आन्दोलित

२०८३ श्रावण २८ गते, बिहीबार

रोल्पाको थबाङमा पहिरो जाँदा तीन जनाको मृत्यु, नौ जना बेपत्ता

२०८३ श्रावण २८ गते, बिहीबार

सिड्नीकी नर्स तथा गीतकार यशोदाको शब्दमा आयो ‘ए मैना सुनन’

२०८३ श्रावण २७ गते, बुधबार

युवा : उमेर होइन, सम्भावनाको नाम हो

२०८३ श्रावण २७ गते, बुधबार

देउवा मंगलबार स्वदेश फर्किंदै

२०८३ श्रावण २२ गते, शुक्रबार

कक्षा १२ को मौका परीक्षाको नतिजा सार्वजनिक

२०८३ श्रावण २२ गते, शुक्रबार

माताकाे नाममा गलत गतिविधि गर्ने थापा प्रहरी नियन्त्रणमा

२०८३ श्रावण २१ गते, बिहीबार

नेपालगञ्जमा पर्खाल भत्किँदा दुई मजदुरको मृत्यु

२०८३ श्रावण २० गते, बुधबार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal