तीन महिनामा ६६ अर्ब पुनरकर्जा स्वीकृत

२०७७ मंसिर १९ गते, शुक्रबार

काठमाडौँ । कोभिड– १९ बाट प्रभावित उद्योग तथा व्यवसायलाई राहत प्रदान गर्ने ध्येयका साथ रु ६५ अर्ब ६९ करोड बराबरको पुनरकर्जा स्वीकृत भएको छ ।

नेपाल राष्ट्र बैंकका अनुसार पुनरकर्जाका लागि बैंक तथा वित्तीय संस्थाले पुनरकर्जाका लागि दर्खास्त आह्वान गरेकामा गत असोज मसान्तसम्म रु ६९ अर्ब चार करोड माग भएकामा रु ५० अर्ब सात करोड स्वीकृत भएको छ ।

यसैगरी ग्राहक मूल्याङ्कनअनुसार प्रदान गरिने पुनरकर्जाका लागि रु ५५ अर्ब २५ करोड माग भएकामा रु १५ अर्ब ६२ करोड स्वीकृत भएको छ ।

सहुलियतपूर्ण कर्जा प्रवाहमा प्रदेशगत सन्तुलन कायम गर्दै लक्षित क्षेत्र र वर्गको पहुँच सुनिश्चित गर्ने प्रयास गरिएको नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले जानकारी दिनुभयो ।

उहाँले पुनरकर्जा लिनेमा ताप्लेजुङ, बैतडी, दार्चुलादेखि सुगम जिल्ला तथा त्यस मातहतका नगरपालिका र गाउँपालिकालाई समेटिएको बताउनुभयो । “कुनकुन स्थानीय निकायबाट पुनरकर्जाको माग आएको छैन भनेर अध्ययन पनि भइरहेको र सकेसम्म सबै पालिकामा पुगोस् भन्ने ध्येय राखिएको छ”, गभर्नर अधिकारीले भन्नुभयो ।

कृषि तथा पशुपक्षी कर्जाबाहेकका कार्यविधिमा उल्लेखित अन्य कर्जामा ग्रामीण इलाकालाई प्राथमिकतामा राखी २०७८ असार मसान्तसम्ममा वाणिज्य बैंकले ५०० वा न्यूनतम प्रतिशाखा १० तथा राष्ट्रियस्तरका विकास बैंकले ३०० वा न्यूनतम प्रतिशाखा पाँचमध्ये जुन बढी हुन्छ सोहीबमोजिमको सङ्ख्यामा सहुलियतपूर्ण कर्जा प्रवाह गर्नुपर्ने व्यवस्था गरिएको छ ।

राष्ट्रियस्तरबाहेकका विकास बैंक तथा वित्त कम्पनीले क्रमशः न्यूनतम २०० र १०० सहुलियतपूर्ण कर्जा प्रवाह गर्नुपर्ने व्यवस्था गरिएको छ । गत असोज मसान्तसम्ममा कूल ४१ हजार ६१८ ऋणीलाई सहुलियतपूर्ण कर्जा प्रवाह भई रु ७२ अर्ब ४७ करोड कर्जा बक्यौता रहेको छ । यसमध्ये कृषि तथा पशुपक्षी व्यवसाय कर्जाअन्तर्गत २७ हजार ३६९ ऋणीलाई रु ६१ अर्ब २५ करोड र सहुलियतपूर्ण कर्जाका अन्य शीर्षकअन्तर्गत १४ हजार २४९ ऋणीको रु ११ अर्ब २२ करोड कर्जा बक्यौता रहेको छ ।

चालू आवको मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षा गर्दै केन्द्रीय बैंकले कोभिड–१९ ले अर्थतन्त्रमा पारेको प्रभावलाई न्यूनीकरण गर्दै उद्योग, पेशा, व्यवसायको पुनरुत्थानमा सहयोग पु¥याउने, पुनरकर्जामा पहुँच अभिवृद्धि गर्ने र विद्यमान पुनरकर्जा सुविधालाई थप व्यवस्थित र प्रभावकारी बनाउने उद्देश्य राखिएको छ । त्यसका लागि पुनरकर्जा कार्यविधि लागू गरी उपलब्ध कोषको पाँच गुणासम्म पुनरकर्जा उपलब्ध गराउने व्यवस्था गरिएको छ ।

वाणिज्य बैंकले कूल कर्जा लगानीको कृषि क्षेत्रमा गत असार मसान्तसम्म न्यूनतम ११ प्रतिशत लगानी गरेका थिए । सोहीअनुसार २०७९ असार मसान्तसम्म १३ प्रतिशत र २०८० असार मसान्तसम्म १५ प्रतिशत कृषि क्षेत्रमा प्रवाह गर्नुपर्ने व्यवस्था गरिएको छ ।

यस्तै गत असोज मसान्तमा वाणिज्य बैंकले आफ्नो कूल कर्जा लगानीको ९।५ प्रतिशत कृषि क्षेत्रमा कर्जा प्रवाह गरेका छन् । यस्तै वाणिज्य बैंकले कूल कर्जा लगानीको २०७८ असार मसान्तसम्म न्यूनतम छ प्रतिशत, २०७९ असार मसान्तसम्म सात प्रतिशत, २०८० असार मसान्तसम्म नौ प्रतिशत र २०८१ असार मसान्तसम्म १० प्रतिशत ऊर्जा क्षेत्रमा प्रवाह गर्नुपर्ने व्यवस्था गरिएको केन्द्रीय बैंकले जानकारी दिएको छ ।

गत असोज मसान्तमा वाणिज्य बैंकले आफ्नो कूल कर्जा लगानीको ५।६ प्रतिशत ऊर्जा क्षेत्रमा प्रवाह गरेका छन् । कोभिड–१९ बाट अतिप्रभावित हवाई उड्डयन व्यवसाय, यातायात, होटल, रेष्टुरेन्टलगायतका पर्यटन क्षेत्रका उद्यम–व्यवसाय पुनरुत्थानका लागि चालू पूँजी कर्जा, सहुलियतपूर्ण कर्जा र पुनरकर्जा प्रवाहमा प्राथमिकता दिइएको छ ।

९० अर्ब तरलता प्रशोचन
नेपाल राष्ट्र बैंकका अनुसार यस अवधिमा कूल रु ९० अर्ब तरलता प्रशोचन गरिएको छ । बैंकिङ प्रणालीमा पर्याप्त तरलता रहेकाले यस अवधिमा रिभर्स रिपोमार्फत रु ६० अर्ब र निक्षेप सङ्कलन उपकरणमार्फत रु ३० अर्ब गरी कूल रु ९० अर्ब तरलता प्रशोचन गरिएको छ ।

चालू आवको पहिलो त्रैमासिकमा रिपोमार्फत रु ३९ अर्ब ५२ करोड र स्थायी तरलता सुविधामार्फत रु ४९ अर्ब ८० करोड गरी कूल रु ८९ अर्ब ३२ करोड तरलता प्रवाह गरिएको थियो भने निक्षेप सङ्कलन उपकरणमार्फत रु ३० अर्ब तरलता प्रशोचन गरिएको थियो ।

समीक्षा अवधिमा बैंकले विदेशी विनिमय बजारबाट अमेरिकी डलर एक अर्ब २४ करोड खुद खरिद गरी रु एक खर्ब ४७ अर्ब ४३ करोड तरलता प्रवाह गरेको छ ।

अघिल्लो वर्षको सोही अवधिमा विदेशी विनिमय बजारबाट अमेरिकी डलर ९० करोड २२ लाख खुद खरिद गरी रु एक खर्ब दुई अर्ब ६३ करोड तरलता प्रवाह गरिएको थियो ।

समीक्षा अवधिमा बैंक तथा वित्तीय संस्थाको निक्षेप परिचालन ४।९ प्रतिशतले वृद्धि भई रु ४० खर्ब २७ अर्ब ३७ करोड पुगेको छ ।

अघिल्लो वर्षको सोही अवधिमा निक्षेप परिचालन तीन प्रतिशतले वृद्धि भई रु ३३ खर्ब ३१ अर्ब ५७ करोड पुगेको थियो । चालू आवको पहिलो तीन महिनामा बैक तथा वित्तीय संस्थाको लगानीमा रहेको कर्जा चार प्रतिशतले वृद्धि भई रु ३३ खर्ब ३९ अर्ब ६६ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो कर्जा ४।३ प्रतिशतले बढेर रु २९ खर्ब ८८ अर्ब ७६ करोड पुगेको थियो । बैंक तथा वित्तीय संस्थाको चुक्ता पूँजीे २०७७ असार मसान्तमा रु तीन खर्ब ५२ अर्ब ३७ करोड रहेकामा २०७७ असोजमा रु तीन खर्ब ५२ अर्ब ७० करोड पुगेको छ ।

यस अवधिमा पूँजी कोष रु पाँच खर्ब २१ अर्ब ७० करोडबाट वृद्धि भई रु पाँच खर्ब ५८४ अर्ब ८१ करोड पुगेको छ । गत असोज मसान्तमा वाणिज्य बैंकको पूँजी कोष पर्याप्तता अनुपात १४ प्रतिशत, विकास बैंकको १३।५ प्रतिशत र वित्त कम्पनीको १९।४ प्रतिशत रहेको छ ।

बैंक तथा वित्तीय संस्थाको शाखा सङ्ख्या गत असार मसान्तमा नौ हजार ७६५ रहेकामा गत असोज मसान्तमा नौ हजार ९०३ पुगेको छ । उक्त अवधिमा प्रतिबैंक शाखा जनसङ्ख्या तीन हजार ७२ बाट घटेर तीन हजार २९ कायम भएको छ । रासस

202 Views

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा

सिड्नीकी नर्स तथा गीतकार यशोदाको शब्दमा आयो ‘ए मैना सुनन’

२०८३ श्रावण २७ गते, बुधबार

सिड्नीकी नर्स तथा गीतकार यशोदाको शब्दमा आयो ‘ए मैना सुनन’

२०८३ श्रावण २७ गते, बुधबार

युवा : उमेर होइन, सम्भावनाको नाम हो

२०८३ श्रावण २७ गते, बुधबार

देउवा मंगलबार स्वदेश फर्किंदै

२०८३ श्रावण २२ गते, शुक्रबार

कक्षा १२ को मौका परीक्षाको नतिजा सार्वजनिक

२०८३ श्रावण २२ गते, शुक्रबार

माताकाे नाममा गलत गतिविधि गर्ने थापा प्रहरी नियन्त्रणमा

२०८३ श्रावण २१ गते, बिहीबार

नेपालगञ्जमा पर्खाल भत्किँदा दुई मजदुरको मृत्यु

२०८३ श्रावण २० गते, बुधबार

‘ईयुमा डट कम’ले बुधबारदेखि आफ्नो औपचारिक सेवा सञ्चालनमा

२०८३ श्रावण २० गते, बुधबार

हलमा छैन ‘गौँथली’को टिकट

२०८३ श्रावण १९ गते, मंगलवार

‘आइतबारको अफिस’ को परिचर्चा सम्पन्न

२०८३ श्रावण १९ गते, मंगलवार

अर्जुन चन्द्रको ‘संवेदनाका प्रतिध्वनि’ मुक्तकसङ्ग्रह लोकार्पण

२०८३ श्रावण १९ गते, मंगलवार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal