नेपाल र बंगलादेशबीचको मैत्रीपूर्ण फुटबल खेल मैदानमै गएर हेर्न पाइने
२६ कात्तिक, काठमाडौं । नेपाल र बंगलादेशबीचको मैत्रीपूर्ण फुटबल खेल दर्शकले मैदानमै उपस्थित भएर हेर्न पाउने भएका छन् । बंगलादेश फुटबल फेडेरेशन (बीएफएफ) ले दुई मैत्रीपूर्ण खेलमा दर्शकलाई मैदान प्रवेश गर्न अनुमति दिने निर्णय गरेको हो ।
अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेल अन्तर्गत नेपाल र बंगलादेशबीच यही कात्तिक २८ र मंसिर २ गते ढाकाको बंगबन्ध नेशनल स्टेडियममा प्रतिस्पर्धा हुँदैछ । उक्त खेलमै दर्शकलाई मैदान प्रवेश गर्ने निर्णय बीएफएफले गरेको हो ।
विश्वभर फैलिरहेको कोरोना महामारिकाको दक्षिण एसियाली देशहरुका दर्शकसहित खेल हुन सकेको छैन । तर बीएफएफले फिफा र एएफसीको गाइडलाइन्स अनुसार मैदानमा दर्शक प्रवेश गराउने जनाएको छ । यद्यपि मैदानमा कति संख्यामा दर्शक प्रवेश गराउने भन्ने एकिन गरिएको छैन ।
यस्तै बीएफएफले खेलको टिकट मूल्यसमेत तोकेको छ । जसमा भीआईपी प्यारापिटतर्फ ५०० टाका र सामान्यतर्फ १०० टाका तोकिएको छ । रंगशाला प्रवेश गर्ने हरेक दर्शकले फिफा र एएफसीको गाइडलाइन्स पालना गर्नुपर्नेछ ।
दुई मैत्रीपूर्ण खेललाई बिएफएफले ‘मुजिब बोर्शो फिफा इन्टरनेशनल फुटबल सिरिज २०२० : बंगलादेश भर्सेस नेपाल’ नाम दिएको छ । मैत्रीपूर्ण नेपाली समय अनुसार साँझ ४:१५ बजे सुरु हुनेछ ।
यस्तै फिफा र एएफसीको अनुमति अनुसार बंगलादेश राष्ट्रिय फुटबल टिमले कतारको दुई क्लबसंग मैत्रीपूर्ण फुटबल खेल्ने भएको छ । त्यसबारे थप जानकारी पछि सार्वजनिक हुने जनाइएको छ ।
बंगलादेशसँग दुई मैत्रीपूर्ण खेल खेल्दा नेपालको ध्यान बाँकी विश्वकप छनोटको खेल र फिफा बरियतातर्फ हुनेछ । बंगलादेशले पनि त्यसैमा ध्यान दिएको छ । फिफा विश्वकप छनोट अन्तर्गत समूह बी मा रहेको नेपालले एक खेल मात्र जितेको छ ।
नेपालले सन् २०१८ मा बंगलादेशमा भएको साफ च्याम्पियनसिपमा पछिल्लो पटक बंगलादेशसँग खेलेको थियो । त्यसबेला नेपालले बंगलादेशलाई २-० ले हराएको थियो । त्यसपछि राष्ट्रिय टिमले पहिलो पटक बंगलादेशसँग खेल्न लागेको हो ।
ताजा
कक्षा १२ को नतिजा सार्वजनिक, ६४.१३ प्रतिशत विद्यार्थी उत्तीर्ण
२०८३ असार ५ गते, शुक्रबार
कक्षा १२ को नतिजा सार्वजनिक, ६४.१३ प्रतिशत विद्यार्थी उत्तीर्ण
२०८३ असार ५ गते, शुक्रबार
किन सार्वजनिक गरिएन ‘बाः एक योद्धा’का ‘बा’ ?
२०८३ असार ५ गते, शुक्रबार
‘क्याप्टेन साब’को सकियो छायांकन
२०८३ असार ५ गते, शुक्रबार
‘रोल नं १’को टिकटमा ५० प्रतिशत
२०८३ असार ५ गते, शुक्रबार
फाइभ जीका लागि सरकार र सेवा प्रदायक दुवै तयार
२०८३ असार ५ गते, शुक्रबार
के नेपालको धर्म, कला र संस्कृति आज हराउँदै गएको हो ?
२०८३ असार ५ गते, शुक्रबार
रास्वपाको केन्द्रीय सदस्यमा सुदामा कार्कीले उम्मेदवारी दिने
२०८३ असार ३ गते, बुधबार
साउनदेखि नागढुङ्गा सुरुङमार्ग सञ्चालनको तयारी
२०८३ असार ३ गते, बुधबार
मेसीको ह्याट्रिकमा अर्जेन्टिनाको विजयी सुरुवात
२०८३ असार ३ गते, बुधबार
गेरुवामा निशुल्क लोकसेवा तालिम समापन
२०८३ असार ३ गते, बुधबारलोकप्रिय
Fast Withdrawal Options and Deposit Limits at Wino Casino
२०८२ माघ २४ गते, शनिबारThe Most Popular Online Slots on Tea Spins Casino in 2024
२०८२ माघ २१ गते, बुधबारJouez facilement sur Spinit Casino avec l’application mobile
२०८२ माघ १९ गते, सोमबारConfianza total en SG Casino por su licencia y atención al cliente
२०८२ माघ १८ गते, आईतवारExpert Advice For Winning Consistently At Space Casino Slots
२०८२ माघ १८ गते, आईतवारWinbet Casino et la sécurité des transactions financières
२०८२ माघ १४ गते, बुधबार





