वल्र्डभिजनका ३ कार्यक्रम स्थानीयतहको जिम्मामा
महेश्वर चामलिङ राई
उदयपुर, असोज ४
अन्तराष्ट्रिय गैरसरकारी संस्था (आईएनजिओ) वल्र्डभिजन इनटरनेशनलको सहयोगमा उदयपुरका बिभिन्न स्थानीयतहमा सञ्चालित ३ क्लस्टरका परियोजना सञ्चालनको जिम्मा स्थानीय समुदायलाई दिइएको छ । वल्र्डभिजनको साझेदार बालअधिकार केन्द्रित संस्था जाल्पा एकीकृत विकास समाज (जिड्स) उदयपुरद्वारा सञ्चालित ४ मध्ये ३ परियोजना समुदायलाई सञ्चालन गर्नेगरी हस्तान्तरण गरिएको हो ।
जाल्पाले उदयपुरका बिभिन्न स्थानीयतहका १७ वटा वडामा बालअधिकार केन्द्रित शिक्षा, पालो, विपद र बाल स्पोन्सरसिप परियोजनाहरु सञ्चालन गर्दै आएको छ । जसमध्ये शिक्षा, पालो र विपद् जोखिम परियोजना असोजदेखि स्थानीय समुदायलाई हस्तान्तरण गरेको जिड्सका अध्यक्ष पुष्पराज पोखरेलले बताए । उनका अनुसार ३ वर्षदेखि सञ्चालन हुँदै आएका ती परियोजनाबाट बालबालिकासँगै अभिभावकलाईसमेत धेरै उपलब्धी भएको र अव उनीहरुबाटै निरन्तर सञ्चालन गर्न सक्ने भएकाले जिम्मा दिइएको हो ।
पालो र शिक्षा तथा विपत जोखिम न्यूनिकरणजस्ता कार्यक्रम उपलब्धीमूलक र सार्थक बनाउन समुदायको प्रत्यक्ष सहभागिता हुनुपर्ने भएकाले स्थानीयतहबाटै सञ्चालन गर्नु उपयुक्त भएको ठहर संस्थाको छ । समुदायको सहयोगविना सफल नहुने अहिलेसम्मको अनुभवले उनीहरु आफै कार्यक्रम गर्न सक्षम देखिएपछि जिम्मेबारी हस्तान्तरण गरिएको पोखरेलले बताए । तीनवर्षसम्म समुदायसँग एकाकार भएर काम गर्दा धेरै उपलब्धी हासिल भएको र समुदाय स्वयं आत्मनिर्भर देखिएकाले पनि वल्र्डभिजनले उनीहरुलाई नै कामको जिम्मा दिएको उनले बताए । ‘बाल स्पोन्सरसिप परियोजना’ भने जाल्पाबाटै सञ्चालन हुनेछ ।
ताप्ली गाउँपालिकाका अध्यक्ष उद्धवसिंह थापाले जिड्सद्वारा सञ्चालित परियोजनाले समुदायमा धेरै राम्रा र अनुकरणीय उपलब्धी भएको बताए । उनका अनुसार पालो परियोजनाअन्तर्गत ताप्लीका ८ वटा विद्यालयका १ देखि ३ कक्षासम्ममा २४ शिक्षक शिक्षिकाले २४ वटा समुदायस्तरमा पढाई शिविर सञ्चालन गरिरहेका छन् । जसमा २३ जना शिविर सहजकर्तालाई क्षमता अभिबृद्धि गराएर आगामी दिनमा पनि विद्यालय तथा पढाई शिविरलाई निरन्तरता दिन गाउँपालिका तयार रहेको अध्यक्ष थापाले बताए ।
जाल्पाकी शिक्षा परियोजना तालिम संयोजक सरिता पौडेलले पढाई शिविर विद्यालय समयभन्दा फाल्टो हरेक शनिबार समुदायमा सञ्चालन गरिने हुनाले यसले बालबालिकालाई अतिरिक्त क्रियाकलापसँगै विद्यालयको पढाईलाई थप मजबुत बनाउने बताईन् । उनका अनुसार पढाई शिविरमा बालमैत्री शिक्षण सिकाई क्रियाकलाप अपनाइने तथा उनीहरुलाई रचनात्मक र सिर्जनसिल शैलीमार्फत पठनपाठन र बाल अधिकारका ज्ञान सिप सिकाइने गरिन्छ । यसो गर्दा बालबालिकाको पठन सिपको विकास हुनुका साथै आधारभूत बालअधिकारको विषयमा पनि ज्ञान हासिल हुने उनी बताउँछिन् ।
यस्ता परियोजनाले बालबालिकामा मात्र नभएर अभिभावकमासमेत बालअधिकारबारे सचेतना जागेकाले हुन लागेका कतिपय बालबिबाहसमेत रोक्न सफल भएको जाल्पाका अनुगमन तथा मूल्याङ्कन अधिकृत रुद्र पोखरेलले बताए । उनका अनुसार बालअधिकारको विषयमा पठनपाठन र तालिम पाएका बालबालिकाकै कारण ताप्ली गाउँपालिका केन्द्र रुपाटारमा गत वर्ष हुन लागेको बालबिबाह स्थानीय बाल क्लवको सहयोगमा रोकिएको थियो । किशोर–किशोरी अवस्थामा बिबाह गर्दाका असरसम्बन्धी बेलाबेलामा तालिम तथा अभिमुखिकरण कार्यक्रम गरिैदै आएकाले यसबारे सचेत बालबालिका र अभिभावकले बालबिबाह रोकेको उनले बताए ।
बालबालिकाको अगुवाईमा दुईवर्षअघि एउटा बालबिवाह रोकिएको घटनाले अहिले समुदायस्तरमै चेतना फैलिइसकेकाले त्यसपछि बालबिवाहका घटना नभएको रुपाटारका वडा बाल संरक्षण समिति संयोजक मोहनबहादुर बुढाथोकीले बताए । उनका अनुसार अहिले बिबाहको कुरा चल्ने बित्तिकै केटा र केटीको उमेरबारे पहिले नै सोधीखोजी हुने गरेको छ । उमेर नपुगेको भए बिबाहको प्रस्ताव नै अघि नबढ्ने गरेको बुढाथोकीले बताए ।
जाल्पाले ताप्लीसँगै रौतामाई गाउँपालिकाका १५ वटा विद्यालयमा यस्तै कार्यक्रम सञ्चालन गर्दै आएको छ । रौतामाईमा भने नागरिक आवाज र कर्तव्यका विभिन्न चरणको प्रयोग गर्दै विद्यालयमा स्रोतसाधनको सही प्रयोग गर्न सरोकारवालाको पहिचान गर्ने गरिएको छ । यो कार्यक्रमले विद्यालयमा प्रयोग हुने स्रोतसाधनलाई पूर्णरुपमा विद्यालयको विकासमा लगाउन पैरवी क्षमता बालबालिका र अभिभावकमा विकास भएको पशुपति मावि आँपटारका प्रधानाध्यापक महेन्द्र राउतले बताए ।
प्रअ राउतका अनुसार बालबालिका र अभिभावकलाई विद्यालयको स्रोतसाधनबारे सचेत गराउन सकेमा विद्यालय सञ्चालनमा बाधा विरोध नहुने र आईपरिहाले पनि सहजै समाधान गर्न सकिने भएकाले कार्यक्रमले यसमा बढी जोड दिने गरेको छ । कुनै विषयमा समस्या आईहाले गाउँपालिका, वडा, कार्यरत संघसस्था र अभिभावकसँगै बालबालिकाको प्रतिनित्वमा सामुहिक छलफल गरेर समाधान निकाल्ने गरेको उनले बताए ।
ताजा
प्रहरी महानिरीक्षक दान बहादुर कार्कीको प्रमुख आतिथ्यतामा शान्ति पदयात्रा तथा जनचेतनामूलक कार्यक्रम सम्पन्न
२०८३ असार १ गते, सोमबार
प्रहरी महानिरीक्षक दान बहादुर कार्कीको प्रमुख आतिथ्यतामा शान्ति पदयात्रा तथा जनचेतनामूलक कार्यक्रम सम्पन्न
२०८३ असार १ गते, सोमबार
जेनजी भन्योः अजय सोडारी र विर्जन विश्वकर्मामाथि गृहमन्त्रीको प्रतिशोध
२०८३ असार १ गते, सोमबार
नेपालको २.१२ खर्बको बजेट महत्त्वाकाङ्क्षी, तर कार्यान्वयन चुनौतीपूर्ण : नेपाल डेभलपमेन्ट वाच
२०८३ असार १ गते, सोमबार
नेपालको सीमामा नेपालीलाई नै त्रास
२०८३ असार १ गते, सोमबार
#MDR टिमद्वारा सामाजिक सञ्जालका फाइदा र बेफाइदाबारे भिडियो क्याम्पेन सञ्चालन
२०८३ असार १ गते, सोमबार
त्यो राजदरबार हत्याकाण्ड र अहिलेको परिवेश
२०८३ जेष्ठ ३१ गते, आईतवार
विश्वकप २०२६ः ब्राजिल र मोरक्को १–१ को बराबरीमा रोकिए
२०८३ जेष्ठ ३१ गते, आईतवार
परराष्ट्रमन्त्री शिशिर खनाल आज चीन भ्रमणमा जाँदै
२०८३ जेष्ठ ३१ गते, आईतवार
न्याय जनताको घरदैलोमा न्यायिक सेवाको पुनर्संरचनाको आवश्यकता
२०८३ जेष्ठ ३१ गते, आईतवार
‘गौँथली’को गीत ‘आँखा भरी आँसु’मा पराइघर जाँदाको सकस
२०८३ जेष्ठ २९ गते, शुक्रबारलोकप्रिय
Fast Withdrawal Options and Deposit Limits at Wino Casino
२०८२ माघ २४ गते, शनिबारThe Most Popular Online Slots on Tea Spins Casino in 2024
२०८२ माघ २१ गते, बुधबारJouez facilement sur Spinit Casino avec l’application mobile
२०८२ माघ १९ गते, सोमबारConfianza total en SG Casino por su licencia y atención al cliente
२०८२ माघ १८ गते, आईतवारExpert Advice For Winning Consistently At Space Casino Slots
२०८२ माघ १८ गते, आईतवारWinbet Casino et la sécurité des transactions financières
२०८२ माघ १४ गते, बुधबार





