रंगभेदविरुद्ध माइकल जोर्डनले १ अर्ब दिने

२०७७ जेष्ठ २७ गते, मंगलवार

एजेन्सी : बास्केटबलका महान खेलाडी माइकल जोर्डनले रंगभेदविरुद्ध अभियानका लागि १०० मिलियन डलर (एक अर्ब २१ करोड ३० लाख) सहयोगको घोषणा गरेका छन्। जुन सामाजिक न्यायका क्षेत्रमा काम गरिरहेका विश्वका दुई चर्चित संस्था फेसबुक र अमेजनको भन्दा १० गुणा बढी हो।  माइकल जोर्डनले यो रकम उनको ब्रान्ड ‘जोर्डन’मार्फत आगामी १० वर्ष सम्म जातिय समानताका लागि खर्च गर्ने जनाएका छन्।

माइकल जोर्डनले यो घोषणा यस्तो समयमा गरेका छन् जहाँ अमेरिकालगायत पूरै विश्व अहिले रंगभेदविरुद्धको आन्दोलनमा छ। केही समयअघि अमेरिकाको मिनियापालिसमा एक अफ्रिकी मुलुकका अमेरिकी नागरिक जर्ज फ्लोयडको गोराजातिका पुलिसले नियन्त्रणमा लिएर अमानविय तरिकाले घाँटी थिचेर हत्या गरेका थिए। जसको भिडियो भाइरल भएपछि अहिले अमेरिकामा मात्र होइन् विश्वभर रंगभेद विरुद्ध ठुलठुला प्रदर्शनहरु भइरहेका छन्।

जोर्डन र उनको ब्रान्ड ‘जोर्डन’ ले यो मुभमेन्टको समर्थन गर्दे एक वतब्य समेत जारी गरेको छ। बतब्यमा भनिएको छ ‘ब्ल्याक लाइफ म्याटर’ (अश्वेतको पनि जिवनको मुल्य हुन्छ) यो कुनै विवादास्पद अभिब्यक्ति भने होइन्। ‘जबसम्म देशले रंगभेद विरुद्धको जड उखेलेर फाल्दैन तबसम्म अश्वेतहरुको जिवन उकास्न र उनीहरुको सुरक्षाका लागि मेरो समर्थन जारी रहन्छ।’ जोर्डनले विज्ञप्तिमा भनेका छन्।  माइकल जोर्डन ६ पटकका एनभिए च्याम्पियन हुन्। उनले १९९० को दशकमा शिकागो बुल्सको तर्फबाट कप्तानी गर्दै दुर्लभ र एतिहासिक सफलता हात पारेका थिए।

259 Views

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा

‘दुर्गा’ निर्माण गर्दै सम्राट

२०८३ श्रावण १८ गते, सोमबार

‘दुर्गा’ निर्माण गर्दै सम्राट

२०८३ श्रावण १८ गते, सोमबार

चलचित्र ‘माया भनेकै यस्तो होला’को शीर्ष गीत सार्वजनिक

२०८३ श्रावण १८ गते, सोमबार

काठमाडौं युथ कन्क्लेभ २०२६ भव्यताका साथ सम्पन्न

२०८३ श्रावण १८ गते, सोमबार

गीति एल्बम ‘जागृति’ लोकार्पण

२०८३ श्रावण १८ गते, सोमबार

सिरानचोक गाउँपालिका पूर्व अध्यक्ष गुरुङलाई सम्मान

२०८३ श्रावण १८ गते, सोमबार

पुनः भक्तपुरबाट दुर्गा प्रसाईं पक्राउ

२०८३ श्रावण १८ गते, सोमबार

काठमाडौँ उपत्यकालगायत धेरै भूभागमा विहानैदेखि वर्षा

२०८३ श्रावण १८ गते, सोमबार

बेनी–जोमसोम र बेनी–दरबाङ सडकमा सवारी आवागमन बन्द

२०८३ श्रावण १८ गते, सोमबार

निर्मला पन्तदेखि सहकारी पीडितसम्म : राष्ट्रिय मुद्दामा आवाज उठाउँदै MDR Team

२०८३ श्रावण १७ गते, आईतवार

सुनसरीको मुख्य राजमार्गमा अनिश्चितकालीन कर्फ्यू

२०८३ श्रावण १२ गते, मंगलवार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal