गण्डकी प्रदेशमा थप २४ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या १४४ पुग्यो

२०७७ जेष्ठ २७ गते, मंगलवार

गोरखा : गण्डकी प्रदेशमा मंगलबार थप २४ जनामा कोरोनाको संक्रमण पुष्टि भएको छ। गण्डकी प्रदेश कोरोना नियन्त्रण तथा रोकथाम कार्यक्रमका प्रवक्ता तथा स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशका निर्देशक डा. विनोदविन्दु शर्माका अनुसार नवलपरासी (बर्दघाट सुस्ता पूर्व)को बौदीकाली गाउँपालिका १२ जना पुरुषमा संक्रमण पुष्टि भएको हो। उनीहरु सोही गाउँपालिकाको क्वारेन्टाइनमा रहका छन्।

संक्रमण पुष्टि भएका सबैलाई रजहरस्थित सामुदायिक प्राकृतिक चिकित्सालयको आइसोलेसन कक्षमा लैजाने तयारी भइरहेको छ। यस्तै, म्याग्दी जिल्लाको बेनी नगरपालिका घर भई सोही ठाउँको क्वारेनटाइनमा रहेका एकजना पुरुषमा कोरोना पुष्टि भएको छ।

बाग्लुङमा थप ११ जना संक्रमित थपिएका छन्। जसमा निसीखोला गाउँपालिका घर भई सोही ठाउँको क्वारेनटाइनमा रहेका तीनजना पुरुष र बरेङ गाउँपालिका घर भई सोही ठाउँको क्वारेनटाइनमा रहेका आठजना पुरुषमा कोरोना संक्रमण डा. शर्माले जानकारी दिए ।

संक्रमित सबैलाई सम्बन्धित जिल्लाका सरकारी अस्पतालको आइसोलेसन कक्षमा लैजाने तयारी भइरहेको छ। यससँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या १४४ पुगेको छ। प्रदेशमा हालसम्मको कोरोनाको कारण एक जनाको मृत्यु भएको छ।

226 Views

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा

Miss & Mrs. Kohinoor Nepal काे पहिलो संस्करण भव्य सम्पन्न

२०८३ श्रावण ६ गते, बुधबार

Miss & Mrs. Kohinoor Nepal काे पहिलो संस्करण भव्य सम्पन्न

२०८३ श्रावण ६ गते, बुधबार

एमबाप्पेलाई लगातार दोस्रो पटक गोल्डेन बुट

२०८३ श्रावण ४ गते, सोमबार

अर्जेन्टिनालाई स्तब्ध पार्दै १६ वर्षपछि स्पेनले जित्यो विश्वकपको उपाधि

२०८३ श्रावण ४ गते, सोमबार

मिस युनिभर्स नेपाल २०२६ को आवेदन खुला

२०८३ श्रावण २ गते, शनिबार

आज भारी वर्षाको सम्भावना, सतर्कता अपनाउन आग्रह

२०८३ श्रावण २ गते, शनिबार

डडेल्धुरामा जिप दुर्घटना, २ जनाको मृत्यु, ३ जना घाइते

२०८३ श्रावण २ गते, शनिबार

कमैया मुक्तिको २६ वर्ष: समस्या जहाँको त्यहीँ,पुर्जा छ, श्रेस्ता छैन

२०८३ श्रावण २ गते, शनिबार

सवारीचालक अनुमतिपत्रको राजस्व अबदेखि अनलाइनबाटै तिर्न सकिने

२०८३ असार ३२ गते, बिहीबार

नेपाल मेडिकल कलेजका विएस्सी नर्सिङ विद्यार्थीहरूलाई ‘सिमुलेसन अन ट्रायेज म्यानेजमेन्ट’ प्रशिक्षण

२०८३ असार ३२ गते, बिहीबार

ध्रुवे हात्तीलाई नयाँ रेडियो कलर जडान, ६ इन्च दाह्रा काटियो

२०८३ असार ३२ गते, बिहीबार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal