‘३५ बर्षीय सुवेदी जो हरेक दिन पोखराको सडकमा दिउँसो बत्ति निभाउँदै हिँड्छन्’ (यस्तो छ रहस्य)

२०७६ असार १५ गते, आईतवार

अश्विन दानी,पोखरा । पोखराको मुख्य शहरका चोकहरुमा अधिकांस दिन देखिने एउटै अनुहार, पर्वत घर भई हाल पोखरा महानगरपालिका वडा नम्बर ८ मा बस्ने भोला सुवेदी । जो हरेक दिन बिहानै ५ बजे उठ्छन् । घरधन्दा सक्छन् अनि पोखराको मुख्य चोकहरुमा रहेका बिजुलीको पोलहरु हेर्दै हिँड्छन् ।

सुवेदीलाई पहिलो पटक देख्ने जो कोहिले सोच्छन्, ‘को रहेछ ? पागल जस्तो ! किन हेर्या होला यसरी पोलपोलमा उभो मुन्टो लगाएर ?’  अझै कसैले त भन्छन्, ‘ओ सर, बाटोमा हिँड्दा पनि किन उभो हेर्या ? उभो हेर्ने रोग लाग्या छ ? बाटो हेरेर हिँड्ने गर्नुस् न ।’

उमेरले ३५ बर्ष पुगेका सुवेदी न त पागल हुन्, न त उभो हेर्ने रोग नै छ उनलाई । २०७३ साल फागुन ११ गतेदेखि पोखरामा ‘समयमै बत्ति बालौँ, समयमै निभाउ’ अभियान सञ्चालक गरिरहेका एक अभियान्ता हुन् उनी ।  ‘म हरेक दिन बिहान ६ बजेदेखि १० बजेसम्म र ११ बजेदेखि दिउँसो २ बजेसम्म पोखराको चोकका पोलहरुमा बलिरहेको बत्ति निभाउँदै हिँड्छु’ सुवेदीले आफ्नो अभियानको उदेश्य सुनाउँदै भने, ‘नेपाल जलस्रोतको दोस्रो धनि देश, तर हामी नै भारतबाट किनेको बत्ति बाल्न बाध्य छौँ । त्यहिमाथि लोडसेडिङ भएर हैरान हुनुपर्छ । सरकारले सडकमा राखेको बत्ति दिनरातै बलेकोबलै हुन्छ । त्यसले बिद्युत भार बढ्छ अनि लोडसेडिङमा बृद्धि हुन्छ ।’

विगत दुई बर्षदेखि सडकमा रातको समयपछि पनि बलिरहने बत्ति निभाउँदै हिड्ने उनीसँग कयौँ तितामिठा घटनाहरु ताजै छ । पोखरालाई केहि हदसम्म भएपनि लोडसेडिङ मुक्त गराउने उदेश्य बोकेर हिँडेका उनलाई कतिले पागलको संज्ञा दिए त कतिले गोठालो ।

‘जब म बिहान घरबाट निस्किएर पोलमा बलिरहेको बत्ति निभाउन थाल्छु । मलाई देख्ने कसैले पागल जस्तो भन्दै जिस्काउँछन् । कसैले तैले यो गरे केहि हुने हैन, के पाउँछन् यस्तो गरेर भन्दै हेप्छन्’ सुवेदी अभियानको घटेका घटनाहरु सम्झँदै भन्छन्, ‘मान्छेले मलाई गालि गरेपनि म खिस्स हास्छु अनि यसरी अनावश्यक बत्ति बाल्दा लोडसेडिङ बढ्छ । त्यसैले अनावश्यक प्रयोग भएका बत्ति मार्नुपर्छ भन्छु । अरुलाई चासो छैन तर किन हो  कुन्नी ?  म दिउँसो बत्ति बालेको देख्नै सक्दिँन ।’

रातको समय बाहेक सडकको बत्ति निभाउने अभियानमा हिँडेका उनी महानगरपालिका र बिद्युत प्राधिकरणले साथ नदिएको बताउँछन् । कसैको साथ बिनै अभियान सुरु गरेका सुवेदी बत्ति निभाउँदै हिँड्दा करेन्ट लागेको देखि कुकुरले टोकेको दिन अझैपनि झलझल्ती सम्झन्छन् ।

‘मैले यो अभियानमा साथ दिन महानगरमा पनि ज्ञापनपत्रसमेत बुझाएको थिएँ । पटकपटक प्राधिकरणका कर्मचारीलाई पनि अभियानमा साथ दिन अनुरोध गरेको थिएँ’ सुवेदीले भने, ‘तर, कतैबाट पनि मेरो कुरा    सुनेनन् । तर, पनि म एक्लै अभियानलाई निरन्तरता दिएँ ।’

‘अभियानकै क्रममा धन्दै अकालमा मरिनँ । २०७४ साल असार २४ गते पोखराको गणेश टोलको पोलमा बत्ति निभाउँदा मलाई करेन्ट लाग्याथ्यो, धन्न भाग्यले बाँचे । एक पटक हरियाली मार्गमा कुकुरले टाकेर घाउ नै बनाई दियो’ उनले कुकुरले टोकेको ठाउँमा खद देखाउँदै  भने ।

उनले अभियान सुरु गरेको ३४ महिना बितिसक्यो । अहिले पोखरामा २०७३ सालमा जस्तो लोडसेडिङ पनि हुन छाडेको छ । ‘मेरो अभियान तीन बर्ष पुरा हुनै लाग्यो । अहिले त पोखरामा खासै लोडसेडिङ हुँदैन । पहिला जस्तो जताततै दिउँसो बत्ति बलिराको पनि हुन्न’ उनले भने, ‘दिउँसो जताततै बत्ति नबोल्दा र लोडसेडिङ नभएको देख्दा खुसी लाग्छ ।’

‘यसकारण लागे सडक बत्ति निभाउने अभियानमा’

पर्वत जिल्लाको सामान्य परिवारमा जन्मिएका सुवेदी बैदेशिक रोजगारीको क्रममा २०६४ सालमा इजरायल   पुगे । रोजगारिको शिलसिलामा ५ बर्षसम्म इज्राएर बसेपछि २०६९ सालमा नेपाल फर्किए ।

‘म बिदेश जाँदा मेरो गाउँमा भर्खर बत्ति पुगेको थियो । तर, बत्ति आउने जाने समय पत्तै हुन्थेन । बिदेशबाट फर्किएपछि पनि नेपालमा दिनको १६ घण्टाभन्दा बढि लोडसेडिङ भएको दिन याद छ मलाई’ उनले भने, ‘लोडसेडिङ भई राख्दा पनि पोखराको चोकका पोलहरुमा हरेक दिन दिउँसो पनि बत्ति बलिरहेको देख्थेँ ।’
गाउँमा बिजुली बत्तिको राम्ररी प्रयोग गर्न नपाउँदै रोजगारिका लागि इजरायल पुगेका उनलाई त्यहाँ बसुन्जेल लोडसेडिङको पत्तै भएन ।

‘इजरायलमा त दिनरात पत्तै हुँदैनथ्यो । जहिले पनि जताततै झलमल्ल’ उनले भने, ‘केहि समय त्यहाँ बसेर आए तर नेपालमा लोडसेडिङ नभएको दिन नै हुँदैनथ्यो । त्यसैले लोडसेडिङ केहि हदसम्म भएपनि कम गर्न सक्छु कि भनेर अभियान चलाएँ ।’

343 Views

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा

साढे ५ महिनापछि काठमाडौं ओर्लिए देउवा

२०८३ श्रावण २८ गते, बिहीबार

साढे ५ महिनापछि काठमाडौं ओर्लिए देउवा

२०८३ श्रावण २८ गते, बिहीबार

‘बा : एक योद्धा’का दुई गीतलाई दर्शकले दिए रेटिङ

२०८३ श्रावण २८ गते, बिहीबार

पत्रकार किशोर श्रेष्ठलाई रिहा गर्न माग गर्दै पत्रकार महासंघ आन्दोलित

२०८३ श्रावण २८ गते, बिहीबार

रोल्पाको थबाङमा पहिरो जाँदा तीन जनाको मृत्यु, नौ जना बेपत्ता

२०८३ श्रावण २८ गते, बिहीबार

सिड्नीकी नर्स तथा गीतकार यशोदाको शब्दमा आयो ‘ए मैना सुनन’

२०८३ श्रावण २७ गते, बुधबार

युवा : उमेर होइन, सम्भावनाको नाम हो

२०८३ श्रावण २७ गते, बुधबार

देउवा मंगलबार स्वदेश फर्किंदै

२०८३ श्रावण २२ गते, शुक्रबार

कक्षा १२ को मौका परीक्षाको नतिजा सार्वजनिक

२०८३ श्रावण २२ गते, शुक्रबार

माताकाे नाममा गलत गतिविधि गर्ने थापा प्रहरी नियन्त्रणमा

२०८३ श्रावण २१ गते, बिहीबार

नेपालगञ्जमा पर्खाल भत्किँदा दुई मजदुरको मृत्यु

२०८३ श्रावण २० गते, बुधबार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal