बिकासे बजेटमा राजनिती गर्न हुँदैन :सांसद खत्री  

२०७६ असार १३ गते, शुक्रबार
 कर्णाली प्रदेशले आर्थिक बर्ष २०७६/०७७ का पारीत गरेको बजेटले मन्त्रीहरुका गृह जिल्लालाई मात्रै प्राथमिकतामा राखेको बताउँदै सत्तारुण दल नेपाल कम्युनिष्ट पार्टी  (नेकपाका) प्रदेश सभा सदस्य कौशिलावती खत्रीले बिकासे बजेटमा राजनिती नगर्न सरकारको ध्यानाकर्षण गराएकी छिन् । बिहिबार प्रदेश सभालाई सम्बोधन गर्दै सांसद खत्रीले प्रदेशको बजेटले मन्त्रीको गृह जिल्लालाई भन्दा जनताका आबश्यकतालाई प्राथमिकतामा राख्नु पर्ने तर्क गरेकी हुन् ।
‘प्रदेश सरकारको बजेटलाई नियालेर हेर्ने हो भने मन्त्रीको गृह जिल्लामा बढि बजेट अनि मन्त्री नभएको जिल्लामा कम बजेट भएको देखिन्छ’ सांसद खत्रीले प्रश्न गर्दै भनिन्, ‘अन्य जिल्लामा मन्त्री भएकाले बजेट कम अनि जाजरकोटमा मन्त्री नभएकाले कम बजेट भएको हो ? सरकारले मन्त्रीको गृह जिल्ला भन्दा कर्णालीका जनताको आबश्यकतालाई प्राथमिकतामा राख्नु पर्छ कि पर्दैन ? यदी सरकारले पहुँचका आधारमा बजेट बिनियोजन गरेको हो भने म ध्यानाकर्षण गराउन चाहान्छु । त्यो कुरा कर्णालीका जनतालाई स्वीकार्य हुने      छैन ।’
कुनै पनि ठाउँको बिकासका लागि आयस्रोत बलियो हुनुपर्ने बताउँदै सांसद खत्रीले कर्णालीलाई पर्यटन क्षेत्रबाट आर्थिक सम्बृद्धि बनाउन सकिने तर्क गरीन् । ‘कुनै पनि ठाउँको बिकासका लागि उचित लगानी चाहिन्छ । लगानी गर्नका लागि आयस्रोत हुनुपर्छ’ उनले भनिन्, ‘कर्णाली पर्यटन क्षेत्रको प्रचुर सम्भावना बोकेको ठाउँ हो । तसर्थ कर्णालीलाई आर्थिक रुपमा पनि सम्बृद्ध प्रदेश बनाउनका लागि पर्यटन प्रबर्धनमा जोड दिनुपर्छ । पर्यटन क्षेत्रलाई प्राथमिकतामा राखेर काम गर्नुपर्छ ।’
216 Views

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा

साढे ५ महिनापछि काठमाडौं ओर्लिए देउवा

२०८३ श्रावण २८ गते, बिहीबार

साढे ५ महिनापछि काठमाडौं ओर्लिए देउवा

२०८३ श्रावण २८ गते, बिहीबार

‘बा : एक योद्धा’का दुई गीतलाई दर्शकले दिए रेटिङ

२०८३ श्रावण २८ गते, बिहीबार

पत्रकार किशोर श्रेष्ठलाई रिहा गर्न माग गर्दै पत्रकार महासंघ आन्दोलित

२०८३ श्रावण २८ गते, बिहीबार

रोल्पाको थबाङमा पहिरो जाँदा तीन जनाको मृत्यु, नौ जना बेपत्ता

२०८३ श्रावण २८ गते, बिहीबार

सिड्नीकी नर्स तथा गीतकार यशोदाको शब्दमा आयो ‘ए मैना सुनन’

२०८३ श्रावण २७ गते, बुधबार

युवा : उमेर होइन, सम्भावनाको नाम हो

२०८३ श्रावण २७ गते, बुधबार

देउवा मंगलबार स्वदेश फर्किंदै

२०८३ श्रावण २२ गते, शुक्रबार

कक्षा १२ को मौका परीक्षाको नतिजा सार्वजनिक

२०८३ श्रावण २२ गते, शुक्रबार

माताकाे नाममा गलत गतिविधि गर्ने थापा प्रहरी नियन्त्रणमा

२०८३ श्रावण २१ गते, बिहीबार

नेपालगञ्जमा पर्खाल भत्किँदा दुई मजदुरको मृत्यु

२०८३ श्रावण २० गते, बुधबार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal