खुकुरीको भरमा ११ डाका छप्काएका गोरखा सैनिक बिष्णुको कथामा बलिउडमा फिल्म बन्ने
भारतीय सेनामा कार्यरत गोरखा सैनिक विष्णु श्रेष्ठको जीवनीमा बलिउडमा फिल्म बन्ने भएको छ । नेपालको पर्वत जिल्लाका हाल भारतीय सेनामा कार्यरत रहेका श्रेष्ठको जीवनीमा गायक हिमेश रेशमियाले फिल्म बनाउन लागेको हुन् ।
गोर्खा सैनिक विष्णुको बायोपिक बनाउनका लागि राइट्स समेत लिइसकेका छन् । श्रेष्ठले सन् २०१० मा गरेको रेल यात्राका क्रममा खुकुरीको भरमा ११ डाकाहरुलाई छप्काएका थिए ।
सन् २०१० को सेप्टेम्बर दुई तारिखमा ३५ वर्षे गोर्खा सैनिक श्रेष्ठले एक रेलमा ठुलो चोरीबाट यात्रुलाई एक्लै जोगाएका थिए । भारतीय सेवाबाट पेन्सन भएर घर फर्केका उनी चढेको रेलमा घटना घटेको थियो । मौर्य एक्सप्रेसमा गोरखपुरबाट राँची गइरहेका थिए ।
डाकाहरुले रेल बाटोमा नै कब्जा गरेर यात्रुहरुसँग भएको पैसा, गरगहना, मोबाइललगायतका सामग्री लुट्न थाले । जब डाका श्रेष्ठ भए ठाउँ पुगे, उनी सुतिरहेका थिए ।
डाकाहरुले झक्झकाएर उठाउँदा उनी आफूसँग भएको सामग्री दिन तयार भए तर उनीसँगै बसेकी १८ वर्षे युवतीलाई डाकाहरुले बलात्कार गर्न खोजे तब उनी चुप बस्न सकेनन् । उनले आफूसँग भएको खुकुरी निकाले र डाकामाथि जाइलाग्न थाले । तीन जनाको घटना स्थलमै मारिए । अन्य आठ जना भागेका थिए ।
श्रेष्ठले टाइम्स अफ इन्डियालाई भने, ‘म एक सैनिक हुँ र देशको जनताको सुरक्षाका लागि मैले तलब खाने गर्छु । मैले डाकाहरुको मनोमानी चुप लागेर हेर्न सकिनँ । मैले आफूसँग भएको खुकुरी निकालेँ र डाकाहरुलाई आक्रमण गर्न थालेँ । मैले तीनजनालाई छप्काएँ । आठ जना उठ्नै नसक्ने गरी मुर्छित भए । त्यसपछि अन्य डाका भागे ।’
डाकासँगको झडपमा विष्णुको बायाँ हातमा चोट लाग्यो । दुई महिनाको उपचारपछि उक्त घाउ निको भयो । पुलिसले डाकाहरुलाई समात्न सफल भयो । उनीहरुबाट चार लाख नगद, सुनका गहना, मोबाइल फोन, ल्यापटप र अन्य सामग्री बरामद गरियो ।
उनी त्यस घटनापछि उनको भारतभर प्रसंशा भयो । सेवा अवधि सकिएर फर्किएका उनको बढुवा गरियो । उनलाई ५० हजार नगदसहित दुई पदकले सम्मान गरे । अहिले उनी भारतीय सेनामै कार्यरत छन् ।
ताजा
पोखरामा पूर्वराजा ज्ञानेन्द्र शाह
२०८३ बैशाख ११ गते, शुक्रबार
पोखरामा पूर्वराजा ज्ञानेन्द्र शाह
२०८३ बैशाख ११ गते, शुक्रबार
आज देशभर बीसौँ लोकतन्त्र दिवस
२०८३ बैशाख ११ गते, शुक्रबार
खस क्षेत्री महाधिवेशन आज : अध्यक्ष पदमा अर्जुनबहादुर अधिकारी अग्रपंक्तिमा
२०८३ बैशाख ११ गते, शुक्रबार
आज र भोलि देशभरिका बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाइँदै
२०८३ बैशाख ६ गते, आईतवार
बर्दियाको राजापुर जाँदै गरेको एम्बुलेन्सको ठक्करबाट एकै परिवारका दुई जनाको मृत्यु
२०८३ बैशाख ६ गते, आईतवार
ट्रेड युनियन इन्टरनेशनद्वारा समसामयिक विषयमा छलफल र अन्तरक्रिया
२०८३ बैशाख ६ गते, आईतवार
संस्थापक अध्यक्ष प्रज्वल वस्नेतले नै छोडे एप्क्यान
२०८३ बैशाख ६ गते, आईतवार
‘जीवन रहरमै’ बजारमा
२०८२ चैत्र ३० गते, सोमबार
खेम सेन्चुरीले रन्काए “सुनको धारो, चाँदीको पँधेरो”
२०८२ चैत्र ३० गते, सोमबार
दर्शकको रोजाइमा ‘सधैं साथमा तिम्रो: १२ दिनमै १० लाख पार (भिडियो)
२०८२ चैत्र ३० गते, सोमबारलोकप्रिय
बर्दिया २, कसले जित्ला चुनाव ?
२०८२ माघ १३ गते, मंगलवार
फेकनको साधारणसभामा सरकारका नीति नियम र व्यावसायीका समस्याको बारेमा छलफल
२०८२ पुष २९ गते, मंगलवार
ओलीप्रति बालेनको कडा टिप्पणीः ‘तँ नेता त के मान्छे पनि बन्न सकेनस्’
२०८२ भाद्र २४ गते, मंगलवार
आइटम गीतमा अभिनय गर्दै लोकप्रियता कमाएकी गृष्मा पौडेल
२०८२ श्रावण १३ गते, मंगलवार
गुरु नैसर्गिक स्वभाव चिनाउने पूज्य पात्र हुन्ः प्रधानमन्त्री ओली
२०८२ असार २६ गते, बिहीबार
साइकल यात्राले गन्तव्य मात्र होइन, “स्वस्थ शरीर, स्वच्छ शहर” भन्ने सन्देश पनि पुर्याउँछः मन्त्री यादव
२०८२ जेष्ठ २४ गते, शनिबार
यार्सागुम्बा सकंलनका लागि शिक्षक–विद्यार्थी हिमालतिर, विद्यालय बन्द
२०८२ जेष्ठ ९ गते, शुक्रबार
पूर्वराजाद्वारा तीनकुने घटनाप्रति दुःख व्यक्त (भिडियो सहित)
२०८१ चैत्र ३१ गते, आईतवार






