२ लाख घुससहित जलश्रोत कार्यालयका प्रमुख प्रकाउ, सर्वसाधारणले दले मोसो !…

२०७६ असार १३ गते, शुक्रबार

काठमाडौं । सिँचाइ विकास डिभिजन कार्यालय कञ्चनपुरका प्रमुख डिभिजन इन्जिनियर अजित कुमार श्रीवास्तवलाई नेपाल कम्युनिष्ट पार्टी (नेकपा) निकट युवाहरुले कालो मोसो दलेका छन् ।अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अजित कुमार श्रीवास्तवलाई नगद दुई लाख घुस रकमसहित पक्राउ गर्ने क्रममा नेकपा निकट युवाहरुले कालोमोसो दलेको नेकपाका जिल्ला सदस्य अर्जुन साउदले सगर्व स्वीकार गरे । आजसम्म सम्पन्न भएका हरेक योजनामा इन्जिनियर श्रीवास्तवले १५ देखि २५ प्रतिशत सम्म घुस रकम लिएको आरोप साउदले लगाए ।साउदले कञ्चनपुरमा यो भ्रष्टाचार विरुद्धको अभियान सुरु भएको बताए ।

उनले भने ‘यससँगै कञ्चनपुरमा भ्रष्टाचार विरुद्धको अभियान सुरु गरिएको छ । अझै केही कार्यालयमा अनियमितता भएको भन्ने खबर आएको छ । सबैलाई हामी होसियार भन्न चाहन्छु ।’बिहीबार अख्तियार दुरुपयोग अनुसन्धान आयोग कञ्चनपुरको टोलीले श्रीवास्तवसँगै इञ्जिनीयर ग्रिष्मा ठगुन्नालाई घुस रकमसहित कार्यालयबाटै पक्राउ गरेको थियो । श्रीवास्तवले भीमदत्त नगरपालिकामा पर्ने चौधर नदीको तटबन्ध निर्माणको भुक्तानी दिने क्रममा दुई लाख कमिसन माग गरेका थिए । अख्तियारका अनुसार घुस लिएको रकम कार्यालय प्रमुख श्रीवास्तवले भान्सा कोठाको चामलको बोराभित्र लुकाएर राखेका थिए । सिधाकुरा अनलाइन बाट

143 Views

ताजा

हामी र हाम्रो कृति समाजको संयुक्त मुक्तक संग्रह विमोचन

२०८१ बैशाख ५ गते, बुधबार

हामी र हाम्रो कृति समाजको संयुक्त मुक्तक संग्रह विमोचन

२०८१ बैशाख ५ गते, बुधबार

गायिका एलिनाले कसिन सापकोटासँग लगनगाँठो

२०८१ बैशाख ५ गते, बुधबार

छ छक्का प्रहार गरेर विश्व हल्लाएका दीपेन्द्रको आईसीसी वरीयतामा छलाङ

२०८१ बैशाख ५ गते, बुधबार

पुरुष र पुरुषत्वसम्बन्धी स्रोत केन्द्रको उद्घाटन

२०८१ बैशाख ५ गते, बुधबार

सुशासन र विकास पार्टीको ‘एजेण्डा’ हुनुपर्छः महामन्त्री थापा

२०८१ बैशाख ४ गते, मंगलवार

काठमाडौं विश्वको दोस्रो प्रदुषित शहर

२०८१ बैशाख ४ गते, मंगलवार

बबिना भट्टराईको गजल ‘चञ्चल’ सार्वजानिक (भिडियो सहित)

२०८१ बैशाख ४ गते, मंगलवार

डा. डीआर उपाध्यायका डेढ सय बढी कीर्तिमान

२०८० चैत्र २३ गते, शुक्रबार

गायक राजेशपायल राईको सम्बन्ध विच्छेद

२०८० चैत्र २३ गते, शुक्रबार

नर्सिङ कलेजमा अध्ययनरत छात्रा ५ तलाबाट हाम फालेर मृत्यु

२०८० चैत्र २३ गते, शुक्रबार

लोकप्रिय

‘स्वीकार’ अटिजम सन्देशमुलक म्युजिक भिडियो सार्वजानिक

२०८० चैत्र २२ गते, बिहीबार

मेरो रहरले कलाकारिता क्षेत्रमा आएकी हुँ

२०८० मंसिर २९ गते, शुक्रबार

मनसुन लम्बियोः ‘धान नकाटौं, काटेको भए भित्र्याइहालौं’

२०८० आश्विन १५ गते, सोमबार

दलाल पूँजीपति वर्ग नै हाम्रो प्रमुख शत्रु हो

२०८० भाद्र २२ गते, शुक्रबार

शनिबार काठमाडौंका ५० भन्दा बढी ठाउँमा विद्युत् सेवा अवरुद्ध हुने

२०८० भाद्र १ गते, शुक्रबार

काठमाडौं महानगरपालिकाद्वारा खुल्ला दूध बेचबिखन, पानीपुरी, चटपटेमा रोक लगाउने तयारी

२०८० श्रावण २८ गते, आईतवार

राजकुमारको कृषि कथाः कर्म गर, सफलता पछिपछि आउँछ

२०८० असार २४ गते, आईतवार

१ लाख १ हजार १सय ११ रुपैया राशिको आदर्श पत्रकारिता पुरस्कार किशोर नेपाललाई

२०७९ चैत्र २४ गते, शुक्रबार

धनकुटा महोत्सवमा ३० जना घाइते

२०७९ माघ १५ गते, आईतवार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal