गृह मन्त्रालयका सह- सचिवको गाडीलाई कारवाही गरेका ट्राफिक प्रहरी सम्मानित !

२०७६ असार १३ गते, शुक्रबार

काठमान्डौ :  गृह मन्त्रालयका सह- सचिव रामकृष्ण सुवेदीको गाडी माथि कारवाही गरेका ट्राफिक प्रहरीलाई सडकमै सम्मान गरिएको छ । अनाधिकृत रुपमा सिंहदरबारको पूर्वी गेट अगाडि पार्किङ गरेर गाडी राखिएको बेला महानगरीय ट्राफिक प्रहरी महाशाखाबाट खटिएका प्रहरी जवानले गाडीमा लक लगाएका थिए ।

गृह मन्त्रालयका प्रवक्ता समेत रहेका सुवेदी पार्किङ गर्न निषेध गरिएको स्थानमा बा २ झ ४३८८ नम्बरको सरकारी गाडी राखेर खाना खान गएका थिए । सोही समय प्रहरीले उनको गाडीमा लक लगाएको थियो ।

उनै ट्राफिक प्रहरीलाई युवाहरुले सडकमै सम्मान गरेका हुन् । प्रवक्तालाई नै कारवाही गरेर चर्चामा आएका ट्राफिक प्रहरीलाई युवाहरुले सडकमै दोसल्ला ओढाएर सम्मान गरेका हुन् । ह्वील लक गरेपछि चर्को दबाबमा केही समयमै अनलक गरेका थिए । तर उनले एक हजार रुपैयाँको चिट भने काटेका थिए । गाडी लक गरिएपछि प्रहरीलाई धम्काएर गाडी फिर्ता लान खोजेका थिए । ट्राफिक प्रहरीले गाडी लक गरेको थाहा पाएपछि आफ्ना चालकसहित गाडी भएको स्थानमा आएर ट्राफिकलाई ‘म गृह मन्त्रालयको प्रवक्ता हुँ’ भन्दै चिट नकाट्न अनुरोध गरेका थिए । तर उनले गाडी लक गर्नुका साथै एक हजार को चिट काटेका थिए ।

335 Views

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा

विश्व सोतोकान कराते च्याम्पियनसिपमा नेपालको प्रतिनिधित्व गर्दै चित्रप्रसाद श्रेष्ठ

२०८३ आश्विन २५ गते, आईतवार

विश्व सोतोकान कराते च्याम्पियनसिपमा नेपालको प्रतिनिधित्व गर्दै चित्रप्रसाद श्रेष्ठ

२०८३ आश्विन २५ गते, आईतवार

प्रसिद्ध बलिउड अभिनेता नाना पाटेकरको निधन

२०८३ आश्विन २२ गते, बिहीबार

मर्मतसम्भार गर्नुपर्ने भएकाले मनकामना केबलकार आज बन्द हुने

२०८३ आश्विन २० गते, मंगलवार

दाङ, बर्दिया र कैलालीमा भारी वर्षा

२०८३ आश्विन २० गते, मंगलवार

काँग्रेस महाधिवेशनः १० बजेदेखि दिउँसो ३ बजेसम्म उम्मेदवारको मनोनयन दर्ता

२०८३ आश्विन २० गते, मंगलवार

लिङ्देनको चेतावनीः अहिले देश लिग बाहिर गएको छ

२०८३ आश्विन १८ गते, आईतवार

काँग्रेसको १५औं महाधिवेशनः गगन थापाको राजनीतिक प्रतिवेदनः सरकारलाई खबरदारीदेखि कांग्रेस पुनर्संरचनासम्म २९ प्रस्ताव

२०८३ आश्विन १८ गते, आईतवार

‘छत्तीसको आँकडा’को रिलिज मिति घोषणा

२०८३ आश्विन १८ गते, आईतवार

राष्ट्रिय चलचित्र दिवसको अवसरमा कलाकार सङ्घद्वारा विशेष कार्यक्रम

२०८३ आश्विन १८ गते, आईतवार

धादिङका सापकोटा कांग्रेसको केन्द्रीय सदस्यको उम्मेदवार बन्दै

२०८३ आश्विन १८ गते, आईतवार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal