रवि लामिछानेले आफ्नो नयाँ पार्टीको चुनाव चिन्ह घण्टी प्रस्ताव गरेका छन् ।
रवि लामिछानेले आफ्नो नयाँ पार्टीको चुनाव चिन्ह घण्टी प्रस्ताव गरेका छन् । मंगलबार मात्र राष्ट्रिय स्वतन्त्र पार्टी घोषणा गरेका लामिछानेले पार्टीको चुनाव चिन्ह पनि सार्वजनिक गरेका हुन् । उनले यसलाई सुशासनको घण्टी बताउँदै यसले भ्रष्टाचारीहरुको मनमा घण्टी बजाउने जिकिरसमेत गरेका छन् । र उनी चुनाव लडन पनि तयार छन ।
राष्ट्रिय स्वतन्त्र पार्टी गठनको घोषणा गर्दै राजनीतिक यात्रामा होमिएका चर्चित सञ्चारकर्मी रवि लामिछानेले जनताको प्रतिक्रियापछि मात्र आगामी संसदीय चुनावमा कुन क्षेत्रबाट आफू चुनाव लड्ने भन्ने निर्णय गर्ने बताएका छन् । आफूलाई हार्ने सुविधा नभएको बताउँदै लामिछानेले अहिले नै कुन निर्वाचन क्षेत्रबाट लड्ने तय नगरेको बताएका हुन् । मंगलबार आयोजित कार्यक्रममा लामिछानेले भने मलाई त झापा, डडेलधुरा र चितवनबाट चुनाव लड्न मन छ । म डराएको होइन ।
तर सरकारले कस्तो चुनाव गराउँछ भन्ने इतिहास थाहा छ । हामीलाई हार्ने सुविधा छैन । राजनीति पत्रकारिता जस्तो छैन । यसलाई राजनीति जसरी नै गर्नुपर्छ । जहाँबाट तपाईंहरूको प्रतिक्रिया आउँछ त्यहाँबाट चुनाव लड्छु । उनले यसपटक एकजना बेथितिको मेन स्वीच’लाई संसद् छिर्नबाट रोक्ने प्रतिबद्धता भने जनाए । सञ्चारकर्मी रवि लामिछानेले आफ्नो नयाँ दलमा परिवारवाद पूर्ण रूपमा निषेध गर्ने बताएका छन् । मंगलबार राष्ट्रिय सभा गृहमा नयाँ पार्टी घोषणा गर्ने बताउँदै उनले पार्टीमा कुनै पनि नाता पर्नेलाई पार्टीमा स्थान नदिने बताए ।
उनले चुनावमा पार्टी सदस्यबाट निर्वाचित भएर मात्र उम्मेदवार हुने पाइने व्यवस्था हुने बताए । पार्टीमा ५० प्रतिशत युवा अनिवार्य हुने, पार्टीभित्रबाटै प्रत्यक्ष निर्वाचित व्यक्ति प्रधानमन्त्री र मुख्यमन्त्री, प्रधानमन्त्रीले नै मन्त्री चुन्न पाउने व्यवस्था, राइट टु रिकल र राइट टु रिजेक्टको व्यवस्था, डिजिटल डेमोक्रेसीको व्यवस्था, अनलाइन प्रणालीबाट पार्टी सदस्य वितरण गरिने बताए ।
ताजा
राष्ट्रिय सम्मानका साथ विपीनको अन्त्येष्टि
२०८२ कार्तिक ४ गते, मंगलवार
राष्ट्रिय सम्मानका साथ विपीनको अन्त्येष्टि
२०८२ कार्तिक ४ गते, मंगलवार
११ः३९ बजे भाइटीकाको उत्तम साइत, टीका लगाउँदा को–कता फर्किने ?
२०८२ कार्तिक ४ गते, मंगलवार
Kathmandu and Nepal-Pakistan Youth Council Extended Relief Support to Flood-Affected Families in Ilam, Koshi.
२०८२ कार्तिक ४ गते, मंगलवार
विपिन जोशी जीवित नरहेको इजरायली सेनाका अधिकारीद्वारा जानकारी
२०८२ आश्विन २७ गते, सोमबार
कात्तिक १४ गते प्रदर्शनमा आउँदै ‘परान’
२०८२ आश्विन २७ गते, सोमबार
बक्स अफिसमा ‘कान्तारा २’को आँधी
२०८२ आश्विन २७ गते, सोमबार
मेची राजमार्ग तत्काल नखुल्ने
२०८२ आश्विन २७ गते, सोमबार
देश हामीले नबनाए कसले बनाउँछ ?
२०८२ आश्विन २७ गते, सोमबार
जेन्जी चोक घोषणामा प्रहरी हस्तक्षप, तीनजना पक्राउ
२०८२ आश्विन २७ गते, सोमबार
विश्वकप छनौटः आज नेपालले कतारसँग खेल्दै
२०८२ आश्विन २७ गते, सोमबारलोकप्रिय
ओलीप्रति बालेनको कडा टिप्पणीः ‘तँ नेता त के मान्छे पनि बन्न सकेनस्’
२०८२ भाद्र २४ गते, मंगलवार
आइटम गीतमा अभिनय गर्दै लोकप्रियता कमाएकी गृष्मा पौडेल
२०८२ श्रावण १३ गते, मंगलवार
गुरु नैसर्गिक स्वभाव चिनाउने पूज्य पात्र हुन्ः प्रधानमन्त्री ओली
२०८२ असार २६ गते, बिहीबार
साइकल यात्राले गन्तव्य मात्र होइन, “स्वस्थ शरीर, स्वच्छ शहर” भन्ने सन्देश पनि पुर्याउँछः मन्त्री यादव
२०८२ जेष्ठ २४ गते, शनिबार
यार्सागुम्बा सकंलनका लागि शिक्षक–विद्यार्थी हिमालतिर, विद्यालय बन्द
२०८२ जेष्ठ ९ गते, शुक्रबार
पूर्वराजाद्वारा तीनकुने घटनाप्रति दुःख व्यक्त (भिडियो सहित)
२०८१ चैत्र ३१ गते, आईतवार
गृहमन्त्री कुन नैतिकताले कुर्सीमा बस्ने ?– शिशिर खनाल
२०८१ माघ २९ गते, मंगलवार
बाढीपहिरोमा परी दुई सय ४४ जनाको मृत्यु
२०८१ आश्विन २० गते, आईतवार





