प्रधानाध्यापकको कु,टाइबाट घा,इते बनेकी शिक्षिका गोमा कार्कीलाई थप उपचारका लागि अन्यत्र सिफारिस,
प्रधानाध्यापकको कु,टाइबाट घा,इते बनेकी दिप्रुङ चुइचुम्मा गाउँपालिका–२ डाँडागाउँस्थित साक्षरता प्राथमिक विद्यालयकी शिक्षिका गोमा कार्कीलाई थप उपचारका लागि अन्यत्र सिफारिस गरिएको छ ।
आर्थिक पारदर्शिताको विषयमा विवाद हुँदा प्रधानाध्यापक लक्ष्मी पौडेलले कु,टपिट गरेपछि घा,इते बनेकी शिक्षिका कार्कीलाई जिल्ला अस्पताल दिक्तेलले आज थप उपचारका लागि विराटनगरको नोबेल अस्पतालका लागि सिफारिस गरेको हो ।
शिक्षिका कार्कीलाई अस्पतालले सिफारिस गरेलगत्तै सुमो गाडी रिजर्भ गरेर विराटनगरतर्फ हिँडाइएको शिक्षिकाका श्रीमान् कृष्ण कार्कीले बताउनुभयो ।
शुक्रबार दिउँसो बसेको विद्यालय व्यवस्थापन समितिको बैठकमा सामान्य विवाद हुँदा प्रअ पौडेलले हानेको लात्ताले पेटमा लागेपछि गम्भीर घा,इते बनेकी कार्कीलाई आफन्तले गए राति जिल्ला अस्पताल दिक्तेल ल्याई पुर्याएका थिए ।
बैठकमा छलफल हुँदाहुँदै प्रअ पौडेलले आफ्नो पानीपेटमा लात्ताले हान्दा स्वास्थ्यमा गम्भीर स,मस्या निम्तिएको शिक्षिका कार्कीले बताउनुभयो ।
विद्यालयमा पाठ्यपुस्तक खरिदका लागि आएको रु १० हजार ८८५, सीप विकासको रु १५ हजार, मसलन्दको रु १५ हजार, अडिटको रु १० हजार, मर्मत कोषको रु नौ हजार, छात्रबृत्तिको रु चार हजार ८००, इन्टरनेटको रु १२ हजार, इन्टरनेट रिजार्चको रु १२ हजार, दिवाखाजाको रु ३४ हजार ५९६ लगायत रु एक लाख ३२ हजार ९३१ को आयव्यायका बारेमा जिज्ञासा राख्दा आफूमाथि कुटपिट भएको शिक्षिका कार्कीले बताउनुभयो ।
यसअघि अ,प्रेशन श,ल्यक्रिया गरेको ठाउँमा चोट लाग्दा शिक्षिका कार्कीको स्वास्थ्यमा स,मस्या निम्तिएको हुनसक्ने अनुमान गरिएको छ । पा,ठेघरसम्बन्धी स,मस्या रहेकी शिक्षिका कार्कीको यसअघि तीनपटक नोबेल अस्पताल विराटनगर लगरे श,ल्यक्रिया गरिएको पारिवारिक स्रोतले जनाएको छ ।
जिल्ला अस्पतालमा गरिएको जाँचका क्रममा शिक्षिका कार्कीको अवस्था सामान्य देखिए पनि कुटपिटको घ,टना भएकाले थप समस्या आउन सक्ने सम्भावनालाई मध्यनजर गरेर अन्यत्र सिफारिस गरिएको जिल्ला अस्पतालका प्रमुख डा नितु लामाले बताउनुभयो ।
घ,टनाको विषयमा आफूकँहा समेत जानकारी आएको र इलाका प्रहरी कार्यालयलाई सत्यतथ्य बुझ्न निर्देशन दिइसकेको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब उपरीक्षक उमेश लम्सालले बताउनुभयो ।
ताजा
गोकर्णेश्वर इसाई समाजद्वारा खुला रक्तदान कार्यक्रम सम्पन्न
२०८३ कार्तिक ११ गते, मंगलवार
गोकर्णेश्वर इसाई समाजद्वारा खुला रक्तदान कार्यक्रम सम्पन्न
२०८३ कार्तिक ११ गते, मंगलवार
विश्व सोतोकान कराते च्याम्पियनसिपमा नेपालको प्रतिनिधित्व गर्दै चित्रप्रसाद श्रेष्ठ
२०८३ आश्विन २५ गते, आईतवार
प्रसिद्ध बलिउड अभिनेता नाना पाटेकरको निधन
२०८३ आश्विन २२ गते, बिहीबार
मर्मतसम्भार गर्नुपर्ने भएकाले मनकामना केबलकार आज बन्द हुने
२०८३ आश्विन २० गते, मंगलवार
दाङ, बर्दिया र कैलालीमा भारी वर्षा
२०८३ आश्विन २० गते, मंगलवार
काँग्रेस महाधिवेशनः १० बजेदेखि दिउँसो ३ बजेसम्म उम्मेदवारको मनोनयन दर्ता
२०८३ आश्विन २० गते, मंगलवार
लिङ्देनको चेतावनीः अहिले देश लिग बाहिर गएको छ
२०८३ आश्विन १८ गते, आईतवार
काँग्रेसको १५औं महाधिवेशनः गगन थापाको राजनीतिक प्रतिवेदनः सरकारलाई खबरदारीदेखि कांग्रेस पुनर्संरचनासम्म २९ प्रस्ताव
२०८३ आश्विन १८ गते, आईतवार
‘छत्तीसको आँकडा’को रिलिज मिति घोषणा
२०८३ आश्विन १८ गते, आईतवार
राष्ट्रिय चलचित्र दिवसको अवसरमा कलाकार सङ्घद्वारा विशेष कार्यक्रम
२०८३ आश्विन १८ गते, आईतवारलोकप्रिय
बाैद्ध जागरणले गर्याे बाढीमा ज्यान गुमाएका २६० जनाकाे नि:शुल्क घेवा पुजा
२०८३ आश्विन १६ गते, शुक्रबार
प्रधानमन्त्री बालेन्द्र शाहद्वारा आकस्मिक मन्त्रिपरिषद् बैठक आह्वान
२०८३ भाद्र १० गते, बुधबार





