प्रधानाध्यापकको कु,टाइबाट घा,इते बनेकी शिक्षिका गोमा कार्कीलाई थप उपचारका लागि अन्यत्र सिफारिस,

२०७९ असार ५ गते, आईतवार

प्रधानाध्यापकको कु,टाइबाट घा,इते बनेकी दिप्रुङ चुइचुम्मा गाउँपालिका–२ डाँडागाउँस्थित साक्षरता प्राथमिक विद्यालयकी शिक्षिका गोमा कार्कीलाई थप उपचारका लागि अन्यत्र सिफारिस गरिएको छ ।

आर्थिक पारदर्शिताको विषयमा विवाद हुँदा प्रधानाध्यापक लक्ष्मी पौडेलले कु,टपिट गरेपछि घा,इते बनेकी शिक्षिका कार्कीलाई जिल्ला अस्पताल दिक्तेलले आज थप उपचारका लागि विराटनगरको नोबेल अस्पतालका लागि सिफारिस गरेको हो ।

शिक्षिका कार्कीलाई अस्पतालले सिफारिस गरेलगत्तै सुमो गाडी रिजर्भ गरेर विराटनगरतर्फ हिँडाइएको शिक्षिकाका श्रीमान् कृष्ण कार्कीले बताउनुभयो ।

शुक्रबार दिउँसो बसेको विद्यालय व्यवस्थापन समितिको बैठकमा सामान्य विवाद हुँदा प्रअ पौडेलले हानेको लात्ताले पेटमा लागेपछि गम्भीर घा,इते बनेकी कार्कीलाई आफन्तले गए राति जिल्ला अस्पताल दिक्तेल ल्याई पुर्याएका थिए ।

बैठकमा छलफल हुँदाहुँदै प्रअ पौडेलले आफ्नो पानीपेटमा लात्ताले हान्दा स्वास्थ्यमा गम्भीर स,मस्या निम्तिएको शिक्षिका कार्कीले बताउनुभयो ।

विद्यालयमा पाठ्यपुस्तक खरिदका लागि आएको रु १० हजार ८८५, सीप विकासको रु १५ हजार, मसलन्दको रु १५ हजार, अडिटको रु १० हजार, मर्मत कोषको रु नौ हजार, छात्रबृत्तिको रु चार हजार ८००, इन्टरनेटको रु १२ हजार, इन्टरनेट रिजार्चको रु १२ हजार, दिवाखाजाको रु ३४ हजार ५९६ लगायत रु एक लाख ३२ हजार ९३१ को आयव्यायका बारेमा जिज्ञासा राख्दा आफूमाथि कुटपिट भएको शिक्षिका कार्कीले बताउनुभयो ।

यसअघि अ,प्रेशन श,ल्यक्रिया गरेको ठाउँमा चोट लाग्दा शिक्षिका कार्कीको स्वास्थ्यमा स,मस्या निम्तिएको हुनसक्ने अनुमान गरिएको छ । पा,ठेघरसम्बन्धी स,मस्या रहेकी शिक्षिका कार्कीको यसअघि तीनपटक नोबेल अस्पताल विराटनगर लगरे श,ल्यक्रिया गरिएको पारिवारिक स्रोतले जनाएको छ ।

जिल्ला अस्पतालमा गरिएको जाँचका क्रममा शिक्षिका कार्कीको अवस्था सामान्य देखिए पनि कुटपिटको घ,टना भएकाले थप समस्या आउन सक्ने सम्भावनालाई मध्यनजर गरेर अन्यत्र सिफारिस गरिएको जिल्ला अस्पतालका प्रमुख डा नितु लामाले बताउनुभयो ।

घ,टनाको विषयमा आफूकँहा समेत जानकारी आएको र इलाका प्रहरी कार्यालयलाई सत्यतथ्य बुझ्न निर्देशन दिइसकेको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब उपरीक्षक उमेश लम्सालले बताउनुभयो ।

172 Views

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा

राष्ट्रपति रामचन्द्र पौडेलद्वारा एक महिनाको तलब बाढीपीडितलाई दिने घोषणा

२०८३ भाद्र ११ गते, बिहीबार

राष्ट्रपति रामचन्द्र पौडेलद्वारा एक महिनाको तलब बाढीपीडितलाई दिने घोषणा

२०८३ भाद्र ११ गते, बिहीबार

मृत व्यक्तिको कानको मुन्द्रा तान्ने २ युवा पक्राउ

२०८३ भाद्र ११ गते, बिहीबार

प्रधानमन्त्री र पूर्वाधारमन्त्री बाढी प्रभावित नुवाकोटतर्फ प्रस्थान

२०८३ भाद्र ११ गते, बिहीबार

नागढुंगा–मुग्लिङदेखि बीपी राजमार्गसम्म बन्द

२०८३ भाद्र ११ गते, बिहीबार

आशा र विश्वासका साथ सबैलाई एक भएर विपद्को सामना गर्न र हातेमालो गर्न प्रधानमन्त्री बालेनको आग्रह

२०८३ भाद्र ११ गते, बिहीबार

तीर्थयात्री बोकेका दर्जनौँ बस सम्पर्कविहीन

२०८३ भाद्र ११ गते, बिहीबार

रसुवा बाढी वितण्डाः २८ प्रहरीसहित दर्जनौँ सम्पर्कविहीन, १६२ शव फेला

२०८३ भाद्र ११ गते, बिहीबार

रास्वपाद्वारा सर्वदलीय बैठक आव्हानः गगन थापा र प्रचण्डसहित शीर्ष नेता सहभागी

२०८३ भाद्र ११ गते, बिहीबार

विनाशकारी बाढीः मृत्यु हुनेको संख्या २२ पुग्यो

२०८३ भाद्र १० गते, बुधबार

भारतीय प्रधानमन्त्री मोदी र प्रधानमन्त्री बालेनबिच टेलिफोनमा वार्ता, नेपाललाई सहयोग गर्ने मोदीको प्रतिबद्धता

२०८३ भाद्र १० गते, बुधबार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal