दार्चुलामा, देवरले गरे भाजूको ह,त्या छोरीले भा’गेर ज्या’न जाेगाईन्
धनगढी- दार्चुलाको शैल्यशिखर नगरपालिका–१ की गौमतीका बुवा ७ वर्षअघि संसार छा’डेर गए। त्यसपछि उनकी ४५ वर्षीय आमा अनिभा खडायतले एक्लै २ छोरी र १ छोराको पालनपोषण गर्नु परिरहेको थियो।
बुधबार सुतिरहेको अवस्थामा ए’क्कासी उनको निन्द्रा खुल्यो। बाहिरबाट कोही उनकी आमालाई बोलाइरहेको थियो। आमा अनिभा बाहिर गइन्। धेरै समयसम्म उनी नफर्केपछि गोमतीले आमाको मोबाइल नम्बरमा फोन लगाइन्।
तर फोन स्विचअफ आयो। त्यसपछि उनी बाहिर आइन्। स्थानीय उनका गाउँले काका पर्ने भोजराज खडायतले ती महिलालाई घरबाट बोलाएर बारीमा लगेका रहेछन्।
त्यहाँ क’रणी गर्ने विषयमा उनीहरूबीच वि’वाद भएको प्रहरी अनुसन्धानबाट खुलेको छ। वि’वादका क्रममा उनले महिलालाई ढुङ्गा हानेर ह’त्या गरे।
त्यसपछि घरतर्फ जाँदै गर्दा मृ’तककी छोरी गोमतीले देखिन्। भोजराज आफ्नो पोल खुल्ने डरले पुनः घ’टनास्थल गए। त्यसपछि उनले खरले छोपी अनि श’वलाई आगो लगाएर घ’टनास्थलबाट फ’रार भएको प्रारम्भिक अनुसन्धानबाट खुल्न आएको जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी नायब उपरीक्षक प्रतीक विष्टले बताए।
मृ’तककी आमाको ह’त्या भएपछि छोरी गौमती खडायतको ह’त्या प्रयास गरिएको प्रहरीले जनाएको छ। ‘आमासँगै खरको लुटोमा जलाएर छोरीको समेत ह’त्या प्रयास भएको रहेछ, शैल्यशिखर–१ का वडाध्यक्ष भरतबहादुर खडायतले भने, छोरीले भागेर ज्यान बचाएकी छन्।’
गौमती भागेर छिमेकी रणवीर खडायतको घरमा पुगेपछि ज्यान जोगाउन सफल भएको उनले बताए। आ’रोपित भोजराज खडायतलाई प्रहरीले शुक्रबार सार्वजनिक गरेको छ।
उनको साथबाट भाले कानमा लगाएको सुनको बाली २ थान र नाकमा लगाएको नथियाँ १ थानसमेत बरामद भएको प्रहरीले बताएको छ। प्रहरीका अनुसार खडायतलाई बैतडीको दोगडाकेदार गाउँपालिका–३ खोचलेकबाट प’क्राउ गरी सार्वजनिक गरिएको हो।
आफ्नो घरबाट ५० मिटर टाढा उखुबारीमा खरको थुप्रोमा जलेको अवस्थामा बुधबार अनिभाको श’व फेला परेको थियो। उनी ज’बरजस्ती क’रणी, ज्यानसम्बन्धी कसुर र डाँका चो’री शीर्षक मु’द्दामा जिल्ला अदालत दार्चुलाबाट ७ दिन म्याद थप अनुमति लिई थप अनुसन्धान भइरहेको डिएसपी विष्टले बताए।
प्रतिवादी खडायत चमेलिया जलविद्युत आयोजना बलाँचमा कार्यरत सुरक्षा गार्ड हुन्। मृ’तकसँग उनको नाता गाउँले देवर–भाउजूको रहेको प्रहरीले जनाएको छ। उक्त घ’टना एक्लैले गरेको भनेर भोजराज खडायतले प्रहरीसँग स्वीकार गरेका छन्। तर प्रहरीले अनुसन्धानका लागि छिमेकी विरेन्द्र खडायत र तुला खडायतलाई समेत नियन्त्रणमा लिएको छ।
ताजा
विश्व सोतोकान कराते च्याम्पियनसिपमा नेपालको प्रतिनिधित्व गर्दै चित्रप्रसाद श्रेष्ठ
२०८३ आश्विन २५ गते, आईतवार
विश्व सोतोकान कराते च्याम्पियनसिपमा नेपालको प्रतिनिधित्व गर्दै चित्रप्रसाद श्रेष्ठ
२०८३ आश्विन २५ गते, आईतवार
प्रसिद्ध बलिउड अभिनेता नाना पाटेकरको निधन
२०८३ आश्विन २२ गते, बिहीबार
मर्मतसम्भार गर्नुपर्ने भएकाले मनकामना केबलकार आज बन्द हुने
२०८३ आश्विन २० गते, मंगलवार
दाङ, बर्दिया र कैलालीमा भारी वर्षा
२०८३ आश्विन २० गते, मंगलवार
काँग्रेस महाधिवेशनः १० बजेदेखि दिउँसो ३ बजेसम्म उम्मेदवारको मनोनयन दर्ता
२०८३ आश्विन २० गते, मंगलवार
लिङ्देनको चेतावनीः अहिले देश लिग बाहिर गएको छ
२०८३ आश्विन १८ गते, आईतवार
काँग्रेसको १५औं महाधिवेशनः गगन थापाको राजनीतिक प्रतिवेदनः सरकारलाई खबरदारीदेखि कांग्रेस पुनर्संरचनासम्म २९ प्रस्ताव
२०८३ आश्विन १८ गते, आईतवार
‘छत्तीसको आँकडा’को रिलिज मिति घोषणा
२०८३ आश्विन १८ गते, आईतवार
राष्ट्रिय चलचित्र दिवसको अवसरमा कलाकार सङ्घद्वारा विशेष कार्यक्रम
२०८३ आश्विन १८ गते, आईतवार
धादिङका सापकोटा कांग्रेसको केन्द्रीय सदस्यको उम्मेदवार बन्दै
२०८३ आश्विन १८ गते, आईतवारलोकप्रिय
बाैद्ध जागरणले गर्याे बाढीमा ज्यान गुमाएका २६० जनाकाे नि:शुल्क घेवा पुजा
२०८३ आश्विन १६ गते, शुक्रबार
प्रधानमन्त्री बालेन्द्र शाहद्वारा आकस्मिक मन्त्रिपरिषद् बैठक आह्वान
२०८३ भाद्र १० गते, बुधबार





