नागरिकको आवाज: गगन थापालाई चारमोडा मुडेर जुत्ताको माला लगाई थानकोट कटाईनु पर्छ!

२०७९ जेष्ठ ३१ गते, मंगलवार

बुटवल । नेपाली काग्रेसका महामन्त्री एवं प्रतिनिधीसभाका सदस्य गगन थापा माथी नागरिक स्तरबाट फेरी गम्भिर प्रश्नहरु उठ्न थालेका छन्।

नेपालमा वि’वादित अमेरिकी सहयोग परियोजना एमसीसी पास गराउँनका लागी दिलो ज्यानले लागेका थापा माथी फेरी विभिन्न प्रश्नहरु उठ्न थालेका छन्।

एमसीसी पास गराउँने बेलामा प्रधानमन्त्री देउवाको दाहिने हात भएर सक्रिय भएका गगनको त्यस बेलाको भूमिका उनकै लागी महंगो पर्ने विश्लेषण पनि हुन थालेको छ।

एमसीसी पास गराउँने बेला संसदको रोस्टमबाट उभिएर काग्रेस महामन्त्री समेत रहेका प्रतिनिधीसभाका सदस्य थापाले कहाँबाट आउँछ अमेरिकी सेना जहाजबाट आउँछ? भन्दै चर्को स्वरमा प्रश्न गरेका थिए। त्यहि बोली अहिले उनका लागी महंगो परेको छ।

गगनले त्यसबेला पाँच बर्ष भित्रमा अमेरिकी सेना नेपाल आएमा आफुलाई चा’रपाटा मु’डेर थानकोटको डाँडो कटाइयोस् भन्दै माग गरेका थिए।

एमसीसीको पक्षमा माहोल बनाउँने बेला उनले एमसीसीको विरोध गरिरहेका भिम रावलहरुलाई नक्कली राष्ट्रवादी भएको समेत आरोप लगाउँदै आफु सच्चा देशभक्त भएको जिकिर गरेका थिए।

अमेरिकी सेना नेपाल आएमा चा’रपाटा मु’डेर थानकोट कटाउँनु भनेर संसदको रोस्टमबाटै कराउँने गगनलाई अब त्यसै गर्नु पर्ने बेला भएको हो? भन्दै एमसीसी विरोधी अभियान्ता एवं चर्चित पत्रकार समेत रहेका अधिवक्ता निमाकान्त पाण्डेले प्रश्न गरेका छन्।

एक अनलाइन टेलिभिजनलाई दिएको अन्तार्वातामा पाण्डेले गगन थापालाई चा’रपाटे मु’डेर थानकोट कटाउँनु पर्ने हो? भन्दै प्रश्न गरेका छन्। दुई दुई पटक सम्म अमेरिकी सेनाका जहाज नेपाल आएको भन्दै उनले त्यसमा के ल्याइएको हो भन्ने बारेमा समेत नेपाली जनतालाई थाहा नभएको दाबी गरेका छन्।

पाण्डेले भनेका छन् दुई पटक अमेरिकी सेनाको जहाज नेपाल आयो , त्यसमा के ल्याइयाे को आयो अहिले भन्ने सम्म पनि नेपाली जनतालाई कसैले जानकारी गराएको छैन। अमेरिकी सेना आएमा चा’रपाटा मु’डेर थानकोट कटाउँनु भन्ने गगन थापालाई के अब त्यसै गर्नु पर्ने हो?

अमेरिकाबाट भइरहेका तारन्तारका उच्च स्तरीय भ्रमणहरुबारे पनि उनले प्रश्न गरेका छन्। अमेरिकी उपविदेशमन्त्री देखि प्यासिफिक सैनिक कमाण्डर सम्मको भ्रमण रहस्यमय रहेका भन्दै उनले नेपाल सरकारको जवाफ माग गरेका छन्।

नेपालमा अमेरिकी उच्च अधिकारीहरुको भ्रमण हुनु राम्रो कुरा भए पनि उनीहरु राम्रो नियतले नआएको दाबी पाण्डेले गरेका छन्। एमसीसी नेपालको हितमा नभएको जिकिर गदैै उनले अहिले सम्म पनि नेपालको संसदले पारित गरको व्याख्यात्मक घोषणालाई अमेरिकाले स्विकार नगरेको दाबी पनि उनले गरेका छन्।

नेपाली सेनाको मुख्यालयमा अमेरिकीहरुको भ्रमणबारे पनि उनले आपत्ती जनाएका छन्। नेपालका पत्रकारहरुलाई समेत सहज प्रवेश नभएको सैनिक मुख्यालयमा विदेशीहरुलाई सहज प्रवेश किन दिएको भन्दै उनले प्रश्न गरेका छन्। अमेरिकीहरुको चाला निको नभएको भन्दै यसले देशमा ठूलो दु’र्घटना निम्तन सक्ने ठोकुवा गरेका छन्।

214 Views

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा

प्रधानमन्त्री र पूर्वाधारमन्त्री बाढी प्रभावित नुवाकोटतर्फ प्रस्थान

२०८३ भाद्र ११ गते, बिहीबार

प्रधानमन्त्री र पूर्वाधारमन्त्री बाढी प्रभावित नुवाकोटतर्फ प्रस्थान

२०८३ भाद्र ११ गते, बिहीबार

नागढुंगा–मुग्लिङदेखि बीपी राजमार्गसम्म बन्द

२०८३ भाद्र ११ गते, बिहीबार

आशा र विश्वासका साथ सबैलाई एक भएर विपद्को सामना गर्न र हातेमालो गर्न प्रधानमन्त्री बालेनको आग्रह

२०८३ भाद्र ११ गते, बिहीबार

तीर्थयात्री बोकेका दर्जनौँ बस सम्पर्कविहीन

२०८३ भाद्र ११ गते, बिहीबार

रसुवा बाढी वितण्डाः २८ प्रहरीसहित दर्जनौँ सम्पर्कविहीन, १६२ शव फेला

२०८३ भाद्र ११ गते, बिहीबार

रास्वपाद्वारा सर्वदलीय बैठक आव्हानः गगन थापा र प्रचण्डसहित शीर्ष नेता सहभागी

२०८३ भाद्र ११ गते, बिहीबार

विनाशकारी बाढीः मृत्यु हुनेको संख्या २२ पुग्यो

२०८३ भाद्र १० गते, बुधबार

भारतीय प्रधानमन्त्री मोदी र प्रधानमन्त्री बालेनबिच टेलिफोनमा वार्ता, नेपाललाई सहयोग गर्ने मोदीको प्रतिबद्धता

२०८३ भाद्र १० गते, बुधबार

३८४ जना पर्यटक सम्पर्कविहीन

२०८३ भाद्र १० गते, बुधबार

प्रधानमन्त्रीलाई मार्ने धम्की दिने युवक पक्राउ

२०८३ भाद्र १० गते, बुधबार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal