थापा–थापाबीच क्षेत्र नं. ४ मा कडा टक्कर हुने सम्भावना
काठमाडौं । अहिले प्रतिनिधिसभा चुनावको चर्चा सुरु भएको छ ।
विभिन्न राजनीतिक दल र स्वतन्त्र उम्मेदवारहरुले उम्मेदवारी घोषणा गरिरहेका छन् ।
यसैवीचमा सामाजिक काममा धेरै नै सक्रिय र राजनितिमा विशेष दख्खल राख्ने हेमराज थापाले पनि आउने निर्वाचनमा काठमाडौं ४ बाट आफ्नो उम्मेदवारी दिने चर्चा विशेष सूत्रबाट थाहा भएको छ ।
सामाजिक कार्यमा निकै सक्रिय थापाले राजनीतिलाई नजिकबाट नियालिरहेका छन् ।
त्रिभुवन बिश्वाविध्यालयबाट स्नातकोत्तर गरेका थापा स्थानीय चुनावमा स्वतन्त्र उम्मेदवारलाई जिताउन देशभरी चुनावी अभियानमा सहभागी भएका थिए ।
स्थानिय चुनाव लगत्तै थापा विभिन्न मिटिङहरुमा ब्यस्त देखिन थालेका छन् । उनी अहिले स्वतन्त्र उम्मेदवार कसलाई उठाउने र अब कसरी स्वतन्त्रलाई जिताउने भनेर व्यापक छलफल गरिरहेका छन् ।
राजनीतिक दलका नेताहरुबाट विरक्तिएका थापा देशमा परिवर्तन खोजिरहेका छन्् । थापाको निकटतम स्रोतका अनुसार, उनी देशभरिका स्वतन्त्रलाई कसरी जिताउने, उम्मेदवार कसरी उठाउने भन्ने छलफलमा ब्यस्त छ्न् भने अर्को तर्फ उनी कपन, बुढानिलकण्ठ, चाबहिल, गौशाला, कालोपुल क्षेत्रका जनतासँग पनि दैनिक छलफलमा व्यस्त छन् ।
यस क्षेत्रका युवा र जनतासंँग बढी समय खर्चन थालेपछि राजनीतिक वृत्तमा हलचल पैदा भएको छ । उनी काठमाडौं निर्बाचन क्षेत्र नम्बर ४ बाट चुनावमा भाग लिन सक्ने अनुमान राजनीतिक दलका नेताहरुले बुझ्न थालेका छन् ।
स्मरणरहोस् यो काँग्रेस महामन्त्री तथा साँसद र स्वास्थ्यमन्त्री भैसकेका गगन थापाको क्षेत्र हो । तीन पटक संसद र मन्त्री भैसकेका गगन थापा पछिल्लो समय बिबादित बन्दै गएका छन् । केहीदिन अघिमात्र कपन क्षेत्रमा जम्मा ३० मिनेट पानी पर्दा पुरै कपन डुबानमा परेको देखेर स्थानीय जनता उनीप्रति निकै आक्रोशित समेत भएका थिए ।
यसैवीचमा यसपालिको निर्वाचनमा स्वतन्त्रबाट उठ्ने तयारी गरेका हेमराज थापा लकडाउनमा सेवक बनेर देशभरी खटिएका थिए । स्थानिय चुनावमा स्वतन्त्रलार्य जिताउन देशभरी खटिएका उनको मुल मुद्दा भ्रष्टाचार न्यूनीकरण र युवा जागरणमा महत्त्वपूर्ण भुमिका हो ।
क्षेत्र नं. ४ मा गगन थापाको तीन कार्यकाकाल लामो बिरासत छ । यस्तो अवस्थामा के हेमराज थापाले राजनितीक बृत्तमा चलेको हल्ला जस्तै ४ नम्बर निर्बाचन क्षेत्रमा उम्मेदवारी दिएर गगन थापालाई चुनावी च्यालेन्ज देलान त ? त्यो भने हेर्न बाँकी नै छ ।
ताजा
डिल्ली बजारका नापि अधिकृत वली ९ लाख घुसहित पक्राउ
२०८३ आश्विन २ गते, शुक्रबार
डिल्ली बजारका नापि अधिकृत वली ९ लाख घुसहित पक्राउ
२०८३ आश्विन २ गते, शुक्रबार
भोटेकोशी बाढीमा छ सय ७७ यातायात मजदुर सम्पर्कविहीन
२०८३ आश्विन २ गते, शुक्रबार
पर्यटन प्रवर्द्धन गर्ने लक्ष्यसहित ‘पार्टी बस नेपाल’ पुन सुरू, काराभान र क्याम्पर भ्यान पनि थपिने
२०८३ आश्विन २ गते, शुक्रबार
१५ किलोमा पहिरो, यातायात एकतर्फी
२०८३ आश्विन २ गते, शुक्रबार
भोटेकोशी बाढीबाट अहिलेसम्म १ हजार ४०३ जनाको शव फेला
२०८३ भाद्र ३१ गते, बुधबार
तामाङ कथानक चलचित्र ‘ङाला सेम्जो’ को दुई दिने विशेष प्रदर्शन सम्पन्न
२०८३ भाद्र ३१ गते, बुधबार
ऊर्जा मन्त्री विराजभक्त श्रेष्ठको दक्षिण कोरियाको भ्रमण रद्ध
२०८३ भाद्र ३१ गते, बुधबार
प्रधानमन्त्री बालेनद्वारा मन्त्रिपरिषद् बैठक आव्हान
२०८३ भाद्र ३१ गते, बुधबार
गौँथली’ले मनायो ५१औँ दिन
२०८३ भाद्र २२ गते, सोमबार
कोशी ब्यारेजका २७ ढोका खुल्ला
२०८३ भाद्र २२ गते, सोमबारलोकप्रिय
प्रधानमन्त्री बालेन्द्र शाहद्वारा आकस्मिक मन्त्रिपरिषद् बैठक आह्वान
२०८३ भाद्र १० गते, बुधबार
फ्रान्सलाई हराउँदै स्पेन विश्वकपको फाइनलमा
२०८३ असार ३१ गते, बुधबारFast Withdrawal Options and Deposit Limits at Wino Casino
२०८२ माघ २४ गते, शनिबारThe Most Popular Online Slots on Tea Spins Casino in 2024
२०८२ माघ २१ गते, बुधबारJouez facilement sur Spinit Casino avec l’application mobile
२०८२ माघ १९ गते, सोमबारConfianza total en SG Casino por su licencia y atención al cliente
२०८२ माघ १८ गते, आईतवारExpert Advice For Winning Consistently At Space Casino Slots
२०८२ माघ १८ गते, आईतवारWinbet Casino et la sécurité des transactions financières
२०८२ माघ १४ गते, बुधबार





