पार्टीभित्रका केही चिप्ले चोरहरू प्रेम आलेले चलखेल गर्‍यो भन्दैछन्ः मन्त्री आले

२०७९ जेष्ठ २४ गते, मंगलवार

काठमाडौं । संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेम आलेले आफ्नै पार्टीभित्रका केही नेतालाई चिप्ले कीरा र चिप्ले चोरको संज्ञा दिएका छन् ।
पशुपति क्षेत्र विकास कोषले आयोजना गरेको कार्यक्रममा बोल्दै मन्त्री आलेले आफूविरुद्ध अन्तर्वार्ता दिएर बदनाम गर्न खोजेको आरोप समेत लगाए। मन्त्री आलेले आफू मन्त्री छाड्न तयार रहेको बताए ।
मन्त्री आलेले आफूहरू ६ महिनाका लागि मन्त्री बनेको तर यसबीचमा २ महिना ग्रेस मार्कसमेत पाएर ८ महिना सरकारमा बसिसकेको भन्दै अरुलाई मौका दिँदा आफू खुसी हुने जानकारी अध्यक्ष माधव नेपाललाई गराइसकेको बताए ।
आलेले भने, ‘हामी त्यहीबेला ६ महिनाका लागि मन्त्री भएको हो तर अहिले त आठ महिना भइसक्यो । दुई महिना त ग्रेस मार्क पाइसक्यौं । मैले अरुलाई दिनुस् खुसी हुन्छु भनेँ । तर, हाम्रो पार्टीभित्रका चिप्ले चोरहरू, चिप्ले कीराहरु आलेले धेरै चलखेल गर्‍यो भनेर अन्तर्वार्ता दिइरहेका छन् ।’
मन्त्री आलेले आफू जति दिन कुर्सीमा बसे पनि देश र जनताको शिर झुक्न नदिने गरी काम गर्ने भन्दै पशुपति क्षेत्रको संरक्षणमा एक सय किलोको मन्त्री सधैँ साथमा रहेको बताए ।

179 Views

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा

थाइल्याण्ड अन्तर्राष्ट्रिय खुल्ला कराते प्रतियोगितमा नेपाल सोतोकान कराते डो संघ (SKDUN) का खेलाडीहरु सहभागी हुदै

२०८३ जेष्ठ २२ गते, शुक्रबार

थाइल्याण्ड अन्तर्राष्ट्रिय खुल्ला कराते प्रतियोगितमा नेपाल सोतोकान कराते डो संघ (SKDUN) का खेलाडीहरु सहभागी हुदै

२०८३ जेष्ठ २२ गते, शुक्रबार

हाउसफूल हुँदै ‘रोल नं १’

२०८३ जेष्ठ २१ गते, बिहीबार

यी हुन् ‘बाः एक योद्धा’ले लुकाएका चार कलाकार

२०८३ जेष्ठ २१ गते, बिहीबार

विद्यालयका कर्मचारीहरूद्वारा आन्दोलनको घोषणा

२०८३ जेष्ठ २१ गते, बिहीबार

एसियन गेम्स क्वालिफायरः मलेसियाविरुद्ध नेपालको सहज जित

२०८३ जेष्ठ २१ गते, बिहीबार

टिकटकर तुलसा अधिकारी पुर्पक्षका लागि जेल चलान

२०८३ जेष्ठ २१ गते, बिहीबार

आफूहरू बाध्य भएर पार्टी छाड्ने निर्णयमा पुग्यौंः डा. राणा

२०८३ जेष्ठ २१ गते, बिहीबार

अन्ततः राप्रपामा फुट्यो, महामन्त्री डा. धवलशम्शेर राणासहित १८३ नेताद्वारा सामूहिक राजीनामा

२०८३ जेष्ठ २१ गते, बिहीबार

हिन्दुधर्म विश्वको पुरानो धर्म

२०८३ जेष्ठ २० गते, बुधबार

पुष्प वर्षासहित भाजपा मुख्यालयमा रविको भव्य स्वागत

२०८३ जेष्ठ १९ गते, मंगलवार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal