फेसबुके प्रेमले सामूहिक सामूहिक बलात्कार
नेपालगञ्ज । बाँके राप्ती सोनारीकी एक १६ वर्षीया किशोरीमाथि सामूहिक बलात्कार गरेको अभियोगमा सातजना पक्राउ परेका छन् ।
बलात्कारमा संलग्न पाँचजना र सहयोगीसहित सात जनालाई बाँके प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्ने सबै बाँके बैजनाथ गाउँपालिका वडा नं. ८ का हुन् । उनीहरु १६ वर्षदेखि २५ बर्षसम्मका छन् ।
बाँके जिल्ला प्रहरी प्रवक्ता डीएसपी मुधुसुदन न्यौपानेले पीडित बालिकाको बयानका आधारमा पक्राउ परेकाहरुलाई जबर्जस्ती करणी गरेको अभियोगमा अनुसन्धान भइरहेको जनाए ।
पीडित किशोरी र बैजनाथ ८ का एक १७ बर्षीय किशोरका बीचमा विगत एकवर्षदेखि सामाजिक सञ्जाल फेसबुकमार्फत् चिनजान हुनुका साथै माया प्रेम बसेको थियो ।
शनिबार दिउँसो उनै १७ वर्षीय किशोरको आफ्नो जन्मदिन मनाउन भनेर ती किशोरीलाई बाँके र बर्दिया जिल्लाको सीमानामा पर्ने मानखोला जंगल क्षेत्रमा आउन आग्रह गरे ।
राप्ती सोनारीबाट ती किशोरी सार्वजनिक बस चढेर प्रेमीको जन्मदिन मनाउन भनेर पुगिन् । तर, त्यहाँ ती किशोरका अरु साथीहरु पनि थिए ।
मानखोला पुगेकी ती किशोरीलाई शनिबार साँझपख प्रेमी र उनका साथी बिक्रान्तले बर्दियाको बढैयाताल घुमाउन लगे ।
बढैयाताल घुमाएर फेरि उनीहरु मानखोलाको फूलवारी आइपुगे । त्यहाँ घरेलु मदिरासहितको जन्मदिनको पार्टी चल्यो । उनीहरुले किशोरीलाई पनि मदिरा सेवन गर्न कर गरे । किशोरी मदिराले लठ्ठ परिन् ।
त्यसपछि एकपछि अर्को गर्दै त्यहाँ रहेका पाँचजनामध्य एक जना किशोरीका प्रेमी १७ वर्षीय, उनका साथीहरु विक्रान्त थारु, निराजन थारु, प्रविण थारु, राजकुमार थारुले पालैपालो बलात्कार गरे । त्यो पीडा खेप्न नसकेर किशोरी अचेत भइन् । अचेत किशोरीलाई मोटर साइकलमा राखेर राति नै उनीहरुले बाँके बैजनाथ ८ पिपरीस्थित बिक्रान्त थारुको कटेरोमा पुर्याए । जहाँ उनको बंगुर फार्म छ । त्यहाँ पनि विक्रान्त र निराजले सामूहिक बलात्कार गरे ।
जब बिहान हुन थाल्यो अब फसिने भइयो भन्ने त्रास उनीहरुलाई परेको पाइएको प्रहरीले जनाएको छ । अर्धचेत अवस्थाकी ती किशोरीलाई मध्यराति नै घर पुर्याइदिने योजना बनाए ।
बिक्रान्तकै भे ३ प ३५२७ नम्बरको मोटरसाइकल प्रयोग भयो । बिक्रान्तको आग्रहमा एक जना चलाउने र अर्का एकजना ती किशोरीलाई पछाडिबाट समात्ने १६ र १७ वर्षका किशोरहरु मोटरसाइमा कुदे ।
जब उनीहरु अर्धचेत अवस्थाकी किशोरीलाई बीचमा राखेर नेपालगन्ज–गुलरिया सडक खण्डमा आइतबार बिहान ४ बजेतिर कुदी रहेका थिए । त्यति नै खेर उढरापुरमा प्रहरी चेकिङमा परे । किशोरीको अवस्था देखेर प्रहरीलाई आशंका भयो ।
सोधपुछका क्रममा उनीहरु समातिए । प्रहरीले तीनैजनालाई कार्यालयमा पुर्यायो । किशोरीको होस फिरेपछि उनले आँफुमाथि सामूहिक बलात्कार भएको भन्दै पीडा पोखिन् ।
पीडित किशोरीको बयानका आधारमा उनका १७ वर्षीय प्रेमीसहित मोटरसाइकल चलाएर सहयोगीको भूमिका खेल्ने तीनजना अण्डर ऐजकासहित सात जना पक्राउ परे ।
ताजा
थाइल्याण्ड अन्तर्राष्ट्रिय खुल्ला कराते प्रतियोगितमा नेपाल सोतोकान कराते डो संघ (SKDUN) का खेलाडीहरु सहभागी हुदै
२०८३ जेष्ठ २२ गते, शुक्रबार
थाइल्याण्ड अन्तर्राष्ट्रिय खुल्ला कराते प्रतियोगितमा नेपाल सोतोकान कराते डो संघ (SKDUN) का खेलाडीहरु सहभागी हुदै
२०८३ जेष्ठ २२ गते, शुक्रबार
हाउसफूल हुँदै ‘रोल नं १’
२०८३ जेष्ठ २१ गते, बिहीबार
यी हुन् ‘बाः एक योद्धा’ले लुकाएका चार कलाकार
२०८३ जेष्ठ २१ गते, बिहीबार
विद्यालयका कर्मचारीहरूद्वारा आन्दोलनको घोषणा
२०८३ जेष्ठ २१ गते, बिहीबार
एसियन गेम्स क्वालिफायरः मलेसियाविरुद्ध नेपालको सहज जित
२०८३ जेष्ठ २१ गते, बिहीबार
टिकटकर तुलसा अधिकारी पुर्पक्षका लागि जेल चलान
२०८३ जेष्ठ २१ गते, बिहीबार
आफूहरू बाध्य भएर पार्टी छाड्ने निर्णयमा पुग्यौंः डा. राणा
२०८३ जेष्ठ २१ गते, बिहीबार
अन्ततः राप्रपामा फुट्यो, महामन्त्री डा. धवलशम्शेर राणासहित १८३ नेताद्वारा सामूहिक राजीनामा
२०८३ जेष्ठ २१ गते, बिहीबार
हिन्दुधर्म विश्वको पुरानो धर्म
२०८३ जेष्ठ २० गते, बुधबार
पुष्प वर्षासहित भाजपा मुख्यालयमा रविको भव्य स्वागत
२०८३ जेष्ठ १९ गते, मंगलवारलोकप्रिय
Fast Withdrawal Options and Deposit Limits at Wino Casino
२०८२ माघ २४ गते, शनिबारThe Most Popular Online Slots on Tea Spins Casino in 2024
२०८२ माघ २१ गते, बुधबारJouez facilement sur Spinit Casino avec l’application mobile
२०८२ माघ १९ गते, सोमबारConfianza total en SG Casino por su licencia y atención al cliente
२०८२ माघ १८ गते, आईतवारExpert Advice For Winning Consistently At Space Casino Slots
२०८२ माघ १८ गते, आईतवारWinbet Casino et la sécurité des transactions financières
२०८२ माघ १४ गते, बुधबार





