फेसबुके प्रेमले सामूहिक सामूहिक बलात्कार

२०७९ जेष्ठ २३ गते, सोमबार

नेपालगञ्ज । बाँके राप्ती सोनारीकी एक १६ वर्षीया किशोरीमाथि सामूहिक बलात्कार गरेको अभियोगमा सातजना पक्राउ परेका छन् ।
बलात्कारमा संलग्न पाँचजना र सहयोगीसहित सात जनालाई बाँके प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्ने सबै बाँके बैजनाथ गाउँपालिका वडा नं. ८ का हुन् । उनीहरु १६ वर्षदेखि २५ बर्षसम्मका छन् ।
बाँके जिल्ला प्रहरी प्रवक्ता डीएसपी मुधुसुदन न्यौपानेले पीडित बालिकाको बयानका आधारमा पक्राउ परेकाहरुलाई जबर्जस्ती करणी गरेको अभियोगमा अनुसन्धान भइरहेको जनाए ।
पीडित किशोरी र बैजनाथ ८ का एक १७ बर्षीय किशोरका बीचमा विगत एकवर्षदेखि सामाजिक सञ्जाल फेसबुकमार्फत् चिनजान हुनुका साथै माया प्रेम बसेको थियो ।
शनिबार दिउँसो उनै १७ वर्षीय किशोरको आफ्नो जन्मदिन मनाउन भनेर ती किशोरीलाई बाँके र बर्दिया जिल्लाको सीमानामा पर्ने मानखोला जंगल क्षेत्रमा आउन आग्रह गरे ।
राप्ती सोनारीबाट ती किशोरी सार्वजनिक बस चढेर प्रेमीको जन्मदिन मनाउन भनेर पुगिन् । तर, त्यहाँ ती किशोरका अरु साथीहरु पनि थिए ।
मानखोला पुगेकी ती किशोरीलाई शनिबार साँझपख प्रेमी र उनका साथी बिक्रान्तले बर्दियाको बढैयाताल घुमाउन लगे ।
बढैयाताल घुमाएर फेरि उनीहरु मानखोलाको फूलवारी आइपुगे । त्यहाँ घरेलु मदिरासहितको जन्मदिनको पार्टी चल्यो । उनीहरुले किशोरीलाई पनि मदिरा सेवन गर्न कर गरे । किशोरी मदिराले लठ्ठ परिन् ।
त्यसपछि एकपछि अर्को गर्दै त्यहाँ रहेका पाँचजनामध्य एक जना किशोरीका प्रेमी १७ वर्षीय, उनका साथीहरु विक्रान्त थारु, निराजन थारु, प्रविण थारु, राजकुमार थारुले पालैपालो बलात्कार गरे । त्यो पीडा खेप्न नसकेर किशोरी अचेत भइन् । अचेत किशोरीलाई मोटर साइकलमा राखेर राति नै उनीहरुले बाँके बैजनाथ ८ पिपरीस्थित बिक्रान्त थारुको कटेरोमा पुर्‍याए । जहाँ उनको बंगुर फार्म छ । त्यहाँ पनि विक्रान्त र निराजले सामूहिक बलात्कार गरे ।
जब बिहान हुन थाल्यो अब फसिने भइयो भन्ने त्रास उनीहरुलाई परेको पाइएको प्रहरीले जनाएको छ । अर्धचेत अवस्थाकी ती किशोरीलाई मध्यराति नै घर पुर्‍याइदिने योजना बनाए ।
बिक्रान्तकै भे ३ प ३५२७ नम्बरको मोटरसाइकल प्रयोग भयो । बिक्रान्तको आग्रहमा एक जना चलाउने र अर्का एकजना ती किशोरीलाई पछाडिबाट समात्ने १६ र १७ वर्षका किशोरहरु मोटरसाइमा कुदे ।
जब उनीहरु अर्धचेत अवस्थाकी किशोरीलाई बीचमा राखेर नेपालगन्ज–गुलरिया सडक खण्डमा आइतबार बिहान ४ बजेतिर कुदी रहेका थिए । त्यति नै खेर उढरापुरमा प्रहरी चेकिङमा परे । किशोरीको अवस्था देखेर प्रहरीलाई आशंका भयो ।
सोधपुछका क्रममा उनीहरु समातिए । प्रहरीले तीनैजनालाई कार्यालयमा पुर्‍यायो । किशोरीको होस फिरेपछि उनले आँफुमाथि सामूहिक बलात्कार भएको भन्दै पीडा पोखिन् ।
पीडित किशोरीको बयानका आधारमा उनका १७ वर्षीय प्रेमीसहित मोटरसाइकल चलाएर सहयोगीको भूमिका खेल्ने तीनजना अण्डर ऐजकासहित सात जना पक्राउ परे ।

187 Views

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा

डिल्ली बजारका नापि अधिकृत वली ९ लाख घुसहित पक्राउ

२०८३ आश्विन २ गते, शुक्रबार

डिल्ली बजारका नापि अधिकृत वली ९ लाख घुसहित पक्राउ

२०८३ आश्विन २ गते, शुक्रबार

भोटेकोशी बाढीमा छ सय ७७ यातायात मजदुर सम्पर्कविहीन

२०८३ आश्विन २ गते, शुक्रबार

पर्यटन प्रवर्द्धन गर्ने लक्ष्यसहित ‘पार्टी बस नेपाल’ पुन सुरू, काराभान र क्याम्पर भ्यान पनि थपिने

२०८३ आश्विन २ गते, शुक्रबार

१५ किलोमा पहिरो, यातायात एकतर्फी

२०८३ आश्विन २ गते, शुक्रबार

भोटेकोशी बाढीबाट अहिलेसम्म १ हजार ४०३ जनाको शव फेला

२०८३ भाद्र ३१ गते, बुधबार

तामाङ कथानक चलचित्र ‘ङाला सेम्जो’ को दुई दिने विशेष प्रदर्शन सम्पन्न

२०८३ भाद्र ३१ गते, बुधबार

ऊर्जा मन्त्री विराजभक्त श्रेष्ठको दक्षिण कोरियाको भ्रमण रद्ध

२०८३ भाद्र ३१ गते, बुधबार

प्रधानमन्त्री बालेनद्वारा मन्त्रिपरिषद् बैठक आव्हान

२०८३ भाद्र ३१ गते, बुधबार

गौँथली’ले मनायो ५१औँ दिन

२०८३ भाद्र २२ गते, सोमबार

कोशी ब्यारेजका २७ ढोका खुल्ला

२०८३ भाद्र २२ गते, सोमबार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal