टिकापुर अस्पताल भवन निर्माणमा चरम लापरवाही

२०७९ जेष्ठ १८ गते, बुधबार

कैलाली । कैलालीको टीकापुर अस्पताल परिसरभित्र सरुवा रोग अनुसन्धान तथा नियन्त्रण केन्द्रको भवन निर्माणमा लापरवाही भएको छ ।
आर्थिक वर्ष २०७७र७८ मा रु दुई करोड विनियोजन भए पनि हालसम्म निर्माणको काम अघि बढ्न सकेको छैन । प्रदेश सरकारले क्रमागतमा राखेर चालु आवमा रु चार करोड विनियोजन गरेको थियो । केही महिना अगाडि टीकापुर नगरपालिकाका निवर्तमान नगरप्रमुख तपेन्द्रबहादुर रावलले भवनको शिलान्यास गरेका थिए । भवन निर्माणमा संलग्न रोयल पवन जेभीले बल्ल जग हाल्ने काम थालेको छ ।
जग ढलानमा कमसल सामग्री प्रयोग गरिएको पाइएको छ । निर्माण सम्झौताविपरित सामग्री प्रयोग गरेपछि विवाद उत्पन्न भएको छ । निर्माणमा संलग्न रोयल पवन जेभीका सञ्चालक सिद्धराज भट्ट भने उक्त आरोपमा कुनै सत्यता नभएको बताउँछन् । “भवन निर्माण र पर्खाल निर्माणमा छुट्टछुट्टै सामग्री प्रयोग गरेका हौँ”, उनले भने ।
भवन निर्माणको काम चालु आर्थिक वर्षमा सम्पन्न नहुने निर्माणमा संलग्न कम्पनीले जनाएको छ । सम्झौतामा आगामी असार मसान्तसम्म काम सम्पन्न गर्नुपर्ने उल्लेख छ । रु चार करोडको लागत अनुमान रहेको भवन निर्माण कम्पनीले रु दुई करोड ४१ लाखमा ठेक्का पाएको हो । निर्माणमा कमसल सामाग्री प्रयोग भएकोबारे जानकारी नभएको अस्पताल विकास समितिका अध्यक्ष झपटबहादुर सोडारीले बताए ।
“भवन निर्माणमा कम्पनीले लापरबाही गरेकोबारे पत्ता लगाउन आवश्यक प्रक्रिया अगाडि बढाउँछौँ”, उनले भने, “गलत गरेको पाइए कारबाहीका लागि प्रदेश सरकारलाई सिफारिस गर्छौँ ।” प्रदेश सरकारको सामाजिक विकास मन्त्रालयले रु १६ करोडको लागतमा प्रदेशस्तरीय सरुवा रोग तथा अनुसन्धान केन्द्रको भवनको डिजाइन बनाएर काम अघि बढाएको हो । (रासस)

218 Views

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा

विश्व सोतोकान कराते च्याम्पियनसिपमा नेपालको प्रतिनिधित्व गर्दै चित्रप्रसाद श्रेष्ठ

२०८३ आश्विन २५ गते, आईतवार

विश्व सोतोकान कराते च्याम्पियनसिपमा नेपालको प्रतिनिधित्व गर्दै चित्रप्रसाद श्रेष्ठ

२०८३ आश्विन २५ गते, आईतवार

प्रसिद्ध बलिउड अभिनेता नाना पाटेकरको निधन

२०८३ आश्विन २२ गते, बिहीबार

मर्मतसम्भार गर्नुपर्ने भएकाले मनकामना केबलकार आज बन्द हुने

२०८३ आश्विन २० गते, मंगलवार

दाङ, बर्दिया र कैलालीमा भारी वर्षा

२०८३ आश्विन २० गते, मंगलवार

काँग्रेस महाधिवेशनः १० बजेदेखि दिउँसो ३ बजेसम्म उम्मेदवारको मनोनयन दर्ता

२०८३ आश्विन २० गते, मंगलवार

लिङ्देनको चेतावनीः अहिले देश लिग बाहिर गएको छ

२०८३ आश्विन १८ गते, आईतवार

काँग्रेसको १५औं महाधिवेशनः गगन थापाको राजनीतिक प्रतिवेदनः सरकारलाई खबरदारीदेखि कांग्रेस पुनर्संरचनासम्म २९ प्रस्ताव

२०८३ आश्विन १८ गते, आईतवार

‘छत्तीसको आँकडा’को रिलिज मिति घोषणा

२०८३ आश्विन १८ गते, आईतवार

राष्ट्रिय चलचित्र दिवसको अवसरमा कलाकार सङ्घद्वारा विशेष कार्यक्रम

२०८३ आश्विन १८ गते, आईतवार

धादिङका सापकोटा कांग्रेसको केन्द्रीय सदस्यको उम्मेदवार बन्दै

२०८३ आश्विन १८ गते, आईतवार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal