हरियो पासपोर्ट बोकेर विदेश जानुभन्दा युवाहरुलाई गाँजाको बोट समातेर गाउँ पठाऔंः सांसद तामाङ

२०७९ जेष्ठ १२ गते, बिहीबार

काठमाडौँ । सांसद शेरबहादुर तामाङले युवालाई गाँजा खेतीमा आकर्षित गर्नुपर्ने बताएका छन् । प्रतिनिधिसभामा प्रस्तुत सरकारको नीति तथा कार्यक्रममाथिको छलफलमा बोल्दै उनले विदेशिएका युवाहरुलाई गाँजाको बोट समातेर गाउँ पठाउँदा कृषिमा आकर्षण देखिने विश्वास व्यक्त गरे ।

सांसद तामाङले जाँगा खेतीलाई खुला गर्ने गरी यसअघि नै गैर सरकारी विधेयक प्रतिनिधिसभामा दर्ता गरेका छन् । उक्त विधेयक छलफलमा अगाडि बढेको छैन । उनले उक्त विधेयकलाई छलफलमा ल्याएर पास गर्नका लागि समेत आग्रह गरे ।

‘कृषिमा आकर्षण दिन संसदमा दर्ता भएको गाँजा खेतीलाई नियमन तथा व्यवस्थापन गर्न बनेको विधेयकलाई छलफलमा लिएर आऔं, पारित गरेर वैधानिक बनाऔं’ उनले थपे, ‘यसो गर्दा हरियो पासपोर्ट बोकेर विदेश जानेहरु जो छन तिनै युवाहरुलाई हरियो गाँजाको बोट समातेर गाउँ पठाउनेछौं । यसले अर्थतन्त्रमा टेवा पुर्याउने देखिन्छ ।’

179 Views

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा

थाइल्याण्ड अन्तर्राष्ट्रिय खुल्ला कराते प्रतियोगितमा नेपाल सोतोकान कराते डो संघ (SKDUN) का खेलाडीहरु सहभागी हुदै

२०८३ जेष्ठ २२ गते, शुक्रबार

थाइल्याण्ड अन्तर्राष्ट्रिय खुल्ला कराते प्रतियोगितमा नेपाल सोतोकान कराते डो संघ (SKDUN) का खेलाडीहरु सहभागी हुदै

२०८३ जेष्ठ २२ गते, शुक्रबार

हाउसफूल हुँदै ‘रोल नं १’

२०८३ जेष्ठ २१ गते, बिहीबार

यी हुन् ‘बाः एक योद्धा’ले लुकाएका चार कलाकार

२०८३ जेष्ठ २१ गते, बिहीबार

विद्यालयका कर्मचारीहरूद्वारा आन्दोलनको घोषणा

२०८३ जेष्ठ २१ गते, बिहीबार

एसियन गेम्स क्वालिफायरः मलेसियाविरुद्ध नेपालको सहज जित

२०८३ जेष्ठ २१ गते, बिहीबार

टिकटकर तुलसा अधिकारी पुर्पक्षका लागि जेल चलान

२०८३ जेष्ठ २१ गते, बिहीबार

आफूहरू बाध्य भएर पार्टी छाड्ने निर्णयमा पुग्यौंः डा. राणा

२०८३ जेष्ठ २१ गते, बिहीबार

अन्ततः राप्रपामा फुट्यो, महामन्त्री डा. धवलशम्शेर राणासहित १८३ नेताद्वारा सामूहिक राजीनामा

२०८३ जेष्ठ २१ गते, बिहीबार

हिन्दुधर्म विश्वको पुरानो धर्म

२०८३ जेष्ठ २० गते, बुधबार

पुष्प वर्षासहित भाजपा मुख्यालयमा रविको भव्य स्वागत

२०८३ जेष्ठ १९ गते, मंगलवार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal