इन्धनको मूल्य भारतमा भन्दा नेपालमा महँगो

२०७९ जेष्ठ १२ गते, बिहीबार

काठमाडौँ । नेपाल आयल निगमले ८ दिनको फरकमा दुई पटक इन्धनको मूल्यवृद्धि गरेपछि भारतमा भन्दा नेपालमा इन्धनको मूल्य महँगो भएको छ । नेपाल आयल निगमले ७ वैशाखको राति गरेको मूल्यवृद्धि पछि नेपाल–भारत सीमा क्षेत्रमा डिजेलको भाउ लिटरमा १० रुपैयाँ र पेट्रोलमा ५ देखि ६ रुपैयाँसम्म नेपालतर्फ महँगो भएको नेपाल आयल निगमले जनाएको छ । अहिले धनगढी नजिकको भारतीय बजारमा पेट्रोलको मूल्य नेपाली रुपैयाँ १७५ छ भने डिजेलको मूल्य १५० रुपैयाँ पर्छ । यता नेपालतर्फको धनगढी बजारमा पेट्रोलको प्रतिलिटर मूल्य १८० रुपैयाँ र डिजेलको प्रतिलिटर मूल्य १६० रुपैयाँ पर्छ ।

विराटनगरमा पनि सीमा क्षेत्रको मूल्यान्तर उस्तै छ । निगमको विराटनगर कार्यालयका अनुसार नेपाली बजारमा १६० रुपैयाँमा पेट्रोल र १८० रुपैयाँमा डिजेलको खरिद बिक्री भइरहेको छ । तर, नजिकैको भारतीय बजार जोगवनीमा डिजेल प्रतिलिटर १५० र पेट्रोल प्रतिलिटर १७५ नेपाली रुपैयाँमा पाइन्छ । यता विरगञ्जमा भने डिजेलमा १० र पट्रोलमा ६ रुपैयाँ प्रतिलिटर मूल्यान्तर छ । नेपाल पारीको भारतीय रक्सौल बजारमा १७४ रुपैयाँमा पेट्रोल पाइन्छ भने नेपालतर्फको १८० रुपैयाँ पेट्रोललाई पर्छ । यस्तै १५० रुपैयाँ नेपालीमा पाइने डिजेललाई नेपाली बजारमा १६० रुपैयाँ पर्छ ।

नेपाल आयल निगमले उपभोक्ता मूल्य बढाउने र भारतका विभिन्न प्रान्तले इन्धनमा लगाएको कर घटाउने नीतिका कारण नेपालतर्फ इन्धनको मूल्य महँगो भएको हो । यसअघि इन्धनको मूल्य सस्तो भएका कारण नेपालबाट भारततर्फ इन्धनको तस्करी हुने गर्थ्यो । नेपालतर्फ इन्धन सस्तो हुँदा तस्करी बढेको भन्दै नेपाल आयल निगमले इन्धनको मूल्य बढाउँदै आएको थियो ।

214 Views

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा

राष्ट्रपति रामचन्द्र पौडेलद्वारा एक महिनाको तलब बाढीपीडितलाई दिने घोषणा

२०८३ भाद्र ११ गते, बिहीबार

राष्ट्रपति रामचन्द्र पौडेलद्वारा एक महिनाको तलब बाढीपीडितलाई दिने घोषणा

२०८३ भाद्र ११ गते, बिहीबार

मृत व्यक्तिको कानको मुन्द्रा तान्ने २ युवा पक्राउ

२०८३ भाद्र ११ गते, बिहीबार

प्रधानमन्त्री र पूर्वाधारमन्त्री बाढी प्रभावित नुवाकोटतर्फ प्रस्थान

२०८३ भाद्र ११ गते, बिहीबार

नागढुंगा–मुग्लिङदेखि बीपी राजमार्गसम्म बन्द

२०८३ भाद्र ११ गते, बिहीबार

आशा र विश्वासका साथ सबैलाई एक भएर विपद्को सामना गर्न र हातेमालो गर्न प्रधानमन्त्री बालेनको आग्रह

२०८३ भाद्र ११ गते, बिहीबार

तीर्थयात्री बोकेका दर्जनौँ बस सम्पर्कविहीन

२०८३ भाद्र ११ गते, बिहीबार

रसुवा बाढी वितण्डाः २८ प्रहरीसहित दर्जनौँ सम्पर्कविहीन, १६२ शव फेला

२०८३ भाद्र ११ गते, बिहीबार

रास्वपाद्वारा सर्वदलीय बैठक आव्हानः गगन थापा र प्रचण्डसहित शीर्ष नेता सहभागी

२०८३ भाद्र ११ गते, बिहीबार

विनाशकारी बाढीः मृत्यु हुनेको संख्या २२ पुग्यो

२०८३ भाद्र १० गते, बुधबार

भारतीय प्रधानमन्त्री मोदी र प्रधानमन्त्री बालेनबिच टेलिफोनमा वार्ता, नेपाललाई सहयोग गर्ने मोदीको प्रतिबद्धता

२०८३ भाद्र १० गते, बुधबार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal