नगरप्रमुखको एउटा उदारणीय निर्णय

२०७९ जेष्ठ १२ गते, बिहीबार

स्थानीय तह निर्वाचनमा निर्वाचित भएर बर्दियाको राजापुर नगरपालिकाको मेयर पद सम्हालेका दिपेश थारु अहिले देशव्यापीरुपमा चर्चामा छन् । नेपाली काँग्रेसका उम्मेदवार दीपक जंग शाहलाई ४७ मतले पराजित गर्दै नेकपा माओवादीको तर्फबाट नगरप्रमुखमा निर्वाचित थारुको एउटा निर्णय नै उनलाई देशव्यापीरुपमा चर्चित बनाउन सफल भयो । उनको यो सफलताले जनप्रतिनिधिले सुधारको एउटै काम थालनी गरेपनि त्यसप्रति जनताले सहयोग र प्रशंसा गर्छन् भन्ने प्रमाणित गरिदिएको छ ।
थारुले अरु नभई शिक्षा क्षेत्रको सुधारका लागि गरेको सो निर्णय अहिले सामाजिक सञ्जालमा व्यापक ‘भाईरल’ बनेको छ । उनले सामुदायिक विद्यालयमा अध्यापनरत शिक्षकहरुलाई सक्रिय राजनीति या शिक्षण पेशा मध्ये के अपनाउने त्यो रोज्न चेतावनी दिएका थिए ।
प्रचलित शिक्षा ऐन २०२८ (संशोधन सहित) को दफा १६ (ङ) को उफदफा (५) को (६) मा शिक्षकले सक्रिय राजनीति गर्न नपाइने उल्लेख छ । राजनीतिक दलहरुले समेत यो व्यवस्था अनुरुप पार्टी विधानमा यो कुरा उल्लेख गरेका छन् । तर, नत ऐनमा उल्लेख भएको व्यवस्था अनुरुप सरकारले त्यसको कार्यान्वयन गरेको छ । नत राजनीतक दलहरुले नै यसप्रति ध्यान दिएका छन् । जसका कारण सामुदायिक विद्यालयमा अध्यापन शिक्षकहरुले सक्रिय राजनीतिमा लाग्दा विद्यार्थीहरुको पढाईमा असर परेको भन्दै देशव्यापी आक्रोश व्यक्त भइरहेको बेला स्थानीय सरकार प्रमुख रहेका थारुले आफ्नो नगरपालिका भित्र रहेका शिक्षकहरुलाई ७ दिने अल्टिमेटम सहित सार्वजनिक सूचना गरेपछि उनको यो निर्णय मुलुकव्यापी रुपमा उदाहरणीय बनेको छ ।
मेयर थारुले कुन शिक्षक कुन राजनीतिक दलको कुन पदमा छ भन्ने तथ्यांक निकालेर बसेको जानकारी दिए । ‘मैले तथ्यांक निकालेर बसेको छु । सात दिनभित्र उहाँहरुले दलको क्षेत्र, नगर, जिल्ला, प्रदेश, केन्द्रमा बसेको पदबाट राजीनामा दिएको पत्र देखाउनु भएन भने कारबाहीका लागि सिफारिस गर्छु’, मेयर थारुले भने, ‘कुन शिक्षक कुन पार्टीको कुन तहमा बसेको छ भन्ने मलाई थाहा छ ।’ मेयर थारुले आफ्ना हकहितका लागि शिक्षकसँग सम्बन्धित संघ, संगठन, युनियनहरुमा बस्न मिल्ने बताए। ‘शिक्षक भन्ने अनि पार्टीको क्षेत्र, नगर, जिल्ला, प्रदेश कमिटिमा बस्ने ? यस्तो हुँदैन, मेयर थारुले भने, सक्रिय राजनीति त्याग्नु पर्छ । आफ्ना हक अधिकारका लागि शिक्षक संगठनहरुमा बस्न पाइन्छ ।’ थारु यसअघि लुम्बिनी प्रदेशसभा सांसद थिए ।

282 Views

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा

राष्ट्रपति रामचन्द्र पौडेलद्वारा एक महिनाको तलब बाढीपीडितलाई दिने घोषणा

२०८३ भाद्र ११ गते, बिहीबार

राष्ट्रपति रामचन्द्र पौडेलद्वारा एक महिनाको तलब बाढीपीडितलाई दिने घोषणा

२०८३ भाद्र ११ गते, बिहीबार

मृत व्यक्तिको कानको मुन्द्रा तान्ने २ युवा पक्राउ

२०८३ भाद्र ११ गते, बिहीबार

प्रधानमन्त्री र पूर्वाधारमन्त्री बाढी प्रभावित नुवाकोटतर्फ प्रस्थान

२०८३ भाद्र ११ गते, बिहीबार

नागढुंगा–मुग्लिङदेखि बीपी राजमार्गसम्म बन्द

२०८३ भाद्र ११ गते, बिहीबार

आशा र विश्वासका साथ सबैलाई एक भएर विपद्को सामना गर्न र हातेमालो गर्न प्रधानमन्त्री बालेनको आग्रह

२०८३ भाद्र ११ गते, बिहीबार

तीर्थयात्री बोकेका दर्जनौँ बस सम्पर्कविहीन

२०८३ भाद्र ११ गते, बिहीबार

रसुवा बाढी वितण्डाः २८ प्रहरीसहित दर्जनौँ सम्पर्कविहीन, १६२ शव फेला

२०८३ भाद्र ११ गते, बिहीबार

रास्वपाद्वारा सर्वदलीय बैठक आव्हानः गगन थापा र प्रचण्डसहित शीर्ष नेता सहभागी

२०८३ भाद्र ११ गते, बिहीबार

विनाशकारी बाढीः मृत्यु हुनेको संख्या २२ पुग्यो

२०८३ भाद्र १० गते, बुधबार

भारतीय प्रधानमन्त्री मोदी र प्रधानमन्त्री बालेनबिच टेलिफोनमा वार्ता, नेपाललाई सहयोग गर्ने मोदीको प्रतिबद्धता

२०८३ भाद्र १० गते, बुधबार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal