नगरप्रमुखको एउटा उदारणीय निर्णय
स्थानीय तह निर्वाचनमा निर्वाचित भएर बर्दियाको राजापुर नगरपालिकाको मेयर पद सम्हालेका दिपेश थारु अहिले देशव्यापीरुपमा चर्चामा छन् । नेपाली काँग्रेसका उम्मेदवार दीपक जंग शाहलाई ४७ मतले पराजित गर्दै नेकपा माओवादीको तर्फबाट नगरप्रमुखमा निर्वाचित थारुको एउटा निर्णय नै उनलाई देशव्यापीरुपमा चर्चित बनाउन सफल भयो । उनको यो सफलताले जनप्रतिनिधिले सुधारको एउटै काम थालनी गरेपनि त्यसप्रति जनताले सहयोग र प्रशंसा गर्छन् भन्ने प्रमाणित गरिदिएको छ ।
थारुले अरु नभई शिक्षा क्षेत्रको सुधारका लागि गरेको सो निर्णय अहिले सामाजिक सञ्जालमा व्यापक ‘भाईरल’ बनेको छ । उनले सामुदायिक विद्यालयमा अध्यापनरत शिक्षकहरुलाई सक्रिय राजनीति या शिक्षण पेशा मध्ये के अपनाउने त्यो रोज्न चेतावनी दिएका थिए ।
प्रचलित शिक्षा ऐन २०२८ (संशोधन सहित) को दफा १६ (ङ) को उफदफा (५) को (६) मा शिक्षकले सक्रिय राजनीति गर्न नपाइने उल्लेख छ । राजनीतिक दलहरुले समेत यो व्यवस्था अनुरुप पार्टी विधानमा यो कुरा उल्लेख गरेका छन् । तर, नत ऐनमा उल्लेख भएको व्यवस्था अनुरुप सरकारले त्यसको कार्यान्वयन गरेको छ । नत राजनीतक दलहरुले नै यसप्रति ध्यान दिएका छन् । जसका कारण सामुदायिक विद्यालयमा अध्यापन शिक्षकहरुले सक्रिय राजनीतिमा लाग्दा विद्यार्थीहरुको पढाईमा असर परेको भन्दै देशव्यापी आक्रोश व्यक्त भइरहेको बेला स्थानीय सरकार प्रमुख रहेका थारुले आफ्नो नगरपालिका भित्र रहेका शिक्षकहरुलाई ७ दिने अल्टिमेटम सहित सार्वजनिक सूचना गरेपछि उनको यो निर्णय मुलुकव्यापी रुपमा उदाहरणीय बनेको छ ।
मेयर थारुले कुन शिक्षक कुन राजनीतिक दलको कुन पदमा छ भन्ने तथ्यांक निकालेर बसेको जानकारी दिए । ‘मैले तथ्यांक निकालेर बसेको छु । सात दिनभित्र उहाँहरुले दलको क्षेत्र, नगर, जिल्ला, प्रदेश, केन्द्रमा बसेको पदबाट राजीनामा दिएको पत्र देखाउनु भएन भने कारबाहीका लागि सिफारिस गर्छु’, मेयर थारुले भने, ‘कुन शिक्षक कुन पार्टीको कुन तहमा बसेको छ भन्ने मलाई थाहा छ ।’ मेयर थारुले आफ्ना हकहितका लागि शिक्षकसँग सम्बन्धित संघ, संगठन, युनियनहरुमा बस्न मिल्ने बताए। ‘शिक्षक भन्ने अनि पार्टीको क्षेत्र, नगर, जिल्ला, प्रदेश कमिटिमा बस्ने ? यस्तो हुँदैन, मेयर थारुले भने, सक्रिय राजनीति त्याग्नु पर्छ । आफ्ना हक अधिकारका लागि शिक्षक संगठनहरुमा बस्न पाइन्छ ।’ थारु यसअघि लुम्बिनी प्रदेशसभा सांसद थिए ।
ताजा
थाइल्याण्ड अन्तर्राष्ट्रिय खुल्ला कराते प्रतियोगितमा नेपाल सोतोकान कराते डो संघ (SKDUN) का खेलाडीहरु सहभागी हुदै
२०८३ जेष्ठ २२ गते, शुक्रबार
थाइल्याण्ड अन्तर्राष्ट्रिय खुल्ला कराते प्रतियोगितमा नेपाल सोतोकान कराते डो संघ (SKDUN) का खेलाडीहरु सहभागी हुदै
२०८३ जेष्ठ २२ गते, शुक्रबार
हाउसफूल हुँदै ‘रोल नं १’
२०८३ जेष्ठ २१ गते, बिहीबार
यी हुन् ‘बाः एक योद्धा’ले लुकाएका चार कलाकार
२०८३ जेष्ठ २१ गते, बिहीबार
विद्यालयका कर्मचारीहरूद्वारा आन्दोलनको घोषणा
२०८३ जेष्ठ २१ गते, बिहीबार
एसियन गेम्स क्वालिफायरः मलेसियाविरुद्ध नेपालको सहज जित
२०८३ जेष्ठ २१ गते, बिहीबार
टिकटकर तुलसा अधिकारी पुर्पक्षका लागि जेल चलान
२०८३ जेष्ठ २१ गते, बिहीबार
आफूहरू बाध्य भएर पार्टी छाड्ने निर्णयमा पुग्यौंः डा. राणा
२०८३ जेष्ठ २१ गते, बिहीबार
अन्ततः राप्रपामा फुट्यो, महामन्त्री डा. धवलशम्शेर राणासहित १८३ नेताद्वारा सामूहिक राजीनामा
२०८३ जेष्ठ २१ गते, बिहीबार
हिन्दुधर्म विश्वको पुरानो धर्म
२०८३ जेष्ठ २० गते, बुधबार
पुष्प वर्षासहित भाजपा मुख्यालयमा रविको भव्य स्वागत
२०८३ जेष्ठ १९ गते, मंगलवारलोकप्रिय
Fast Withdrawal Options and Deposit Limits at Wino Casino
२०८२ माघ २४ गते, शनिबारThe Most Popular Online Slots on Tea Spins Casino in 2024
२०८२ माघ २१ गते, बुधबारJouez facilement sur Spinit Casino avec l’application mobile
२०८२ माघ १९ गते, सोमबारConfianza total en SG Casino por su licencia y atención al cliente
२०८२ माघ १८ गते, आईतवारExpert Advice For Winning Consistently At Space Casino Slots
२०८२ माघ १८ गते, आईतवारWinbet Casino et la sécurité des transactions financières
२०८२ माघ १४ गते, बुधबार





