काठमाण्डौमा बालेन शाहको अग्रता कायमै, केशव स्थापितले पछ्याउँदै

२०७९ बैशाख ३१ गते, शनिबार

काठमाण्डौ । काठमाण्डौ महानगरपालिकाको मेयर पदमा स्वतन्त्रबाट उम्मेदवार बन्नुभएका बालेन शाहको अग्रता कायमै छ ।

काठमाण्डौको राष्ट्रियसभा गृह भृकुटीमण्डपमा भइरहेको मतगणनामा अहिलेसम्म बालेन शाहले ५ सय ५७ मत ल्याएर अग्रता लिइरहनुभएको छ । उहाँलाई नेकपा एमालेका केशव स्थापितले ५ सय २६ मत ल्याएर पच्छ्याइरहनुभएको छ । यस्तै गठबन्धनतर्फ कांग्रेसकी उम्मेदवार सिर्जना सिंहले ३ सय १७ र राप्रपाका उम्मेदवार मदनदास श्रेष्ठले ६८ मत प्राप्त गर्नुभएको छ । अर्का स्वतन्त्र उम्मेदवार सुमन सायमीले ७२ मत प्राप्त गर्नुभएको छ ।

यस्तै उपमेयरतर्फ एमालेबाट उम्मेदवार बन्नुभएकी सुनिता डंगोलले ६ सय २ मत ल्याएर अग्रतालाई कायमै राख्नुभएको छ । गठबन्धनतर्फ एकीकृत समाजवादीका उम्मेदवार रामेश्वर श्रेष्ठले १ सय २६ र राप्रपाका उम्मेदवार विनिता मगैयाले पनि १ सय २६ मत नै प्राप्त गर्नुभएको छ ।

215 Views

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा

Miss & Mrs. Kohinoor Nepal काे पहिलो संस्करण भव्य सम्पन्न

२०८३ श्रावण ६ गते, बुधबार

Miss & Mrs. Kohinoor Nepal काे पहिलो संस्करण भव्य सम्पन्न

२०८३ श्रावण ६ गते, बुधबार

एमबाप्पेलाई लगातार दोस्रो पटक गोल्डेन बुट

२०८३ श्रावण ४ गते, सोमबार

अर्जेन्टिनालाई स्तब्ध पार्दै १६ वर्षपछि स्पेनले जित्यो विश्वकपको उपाधि

२०८३ श्रावण ४ गते, सोमबार

मिस युनिभर्स नेपाल २०२६ को आवेदन खुला

२०८३ श्रावण २ गते, शनिबार

आज भारी वर्षाको सम्भावना, सतर्कता अपनाउन आग्रह

२०८३ श्रावण २ गते, शनिबार

डडेल्धुरामा जिप दुर्घटना, २ जनाको मृत्यु, ३ जना घाइते

२०८३ श्रावण २ गते, शनिबार

कमैया मुक्तिको २६ वर्ष: समस्या जहाँको त्यहीँ,पुर्जा छ, श्रेस्ता छैन

२०८३ श्रावण २ गते, शनिबार

सवारीचालक अनुमतिपत्रको राजस्व अबदेखि अनलाइनबाटै तिर्न सकिने

२०८३ असार ३२ गते, बिहीबार

नेपाल मेडिकल कलेजका विएस्सी नर्सिङ विद्यार्थीहरूलाई ‘सिमुलेसन अन ट्रायेज म्यानेजमेन्ट’ प्रशिक्षण

२०८३ असार ३२ गते, बिहीबार

ध्रुवे हात्तीलाई नयाँ रेडियो कलर जडान, ६ इन्च दाह्रा काटियो

२०८३ असार ३२ गते, बिहीबार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal