नगरवासीको तपाइलाई मतदान गर्छौं भनेपछि म मेयर हुन्छु भनेर अघि बढेको भन्ने बेलकोटगढीका लामा को हुन् ?

२०७९ बैशाख ९ गते, शुक्रबार

काठमाडौँ । नुवाकोटको बेलकोटगढी नगरपालिकामा पनि यतिबेला स्थानीय निर्वाचनको सरगर्मी बढिरहेको छ । सत्ता गठबन्धन र एमालेको प्रतिस्पर्धा हुने बेलकोटगढी सत्तागठबन्धनमा रहेको माओवादी केन्द्रको भागमा परेको छ । गठबन्धनले विदुरको नगरप्रमुखमा कांग्रेसलाई र बेलकोटगढीमा माओवादी केन्द्रले पाउने सहमति गरेको छ ।
यसैबीच बेलकोटगढीमा माओवादी केन्द्रबाट आधा दर्जनले मेयरको लागि दाबी गरिरहेका छन् । यसभन्दा अघि पनि नगरप्रमुखको उम्मेदवार रहेका जगत लामाको चर्चा निकै छ । स्थानीयले समेत साझा व्यक्तिको रुपमा लामालाई बुझेका छन् । नगरवासीले विगतमा गल्ती गरेकाले यसपालि भनें लामालाई नै मेयरमा उठबाउन दवाव दिइरहेका छन् । लामा मेयरमा उठेपछि दायँबायाँ केही नहेरी मतदान गर्ने स्थानीयको भनाई छ । उनलाई जिताउन पर्ने कारणसहित यतिबेला सामाजिक सञ्जाल र टोल तातेको अवस्था छ ।
बेलकोटगढीलाई कस्तो बनाउने, यहाँको जनतालाई कसरी समृद्ध बनाउने, विकासका पूर्वाधार कसरी अघि बढाउने, राज्य स्रोतबाट मात्रै नभइ दातृ निकायलाई समेत साथमा लिएर स्वदेशी र विदेशी लगानी भित्रयाएर नमुना बेलकोटगढी नगरपालिका बनाउने भिजन, मिसन र दृढ संकल्प जगत लामासँग रहेको छ । उनी यसअघि मेयर हारे पनि जनताको सेवामा भनें लागिरहेका छन् । उनले अघि बढाएका योजना यस्ता छन् –
१) समाजवादी क्रान्तिका लागि युवा, श्रमजिवीलाई समेटेर नगरवासीको चाहना पूरा गर्न जगत
२) बेलकोटगढी नगर उर्बरभूमि भएकोले विशेष कृषि क्रान्तिमा अग्रगामी छलाङ मार्न जगत ।
३) एक घर, एक युवा रोजगारीको सिर्जना गर्न जगत । कसैले हस्पिटलमा उपचार नपाउँदा पनि जगत ।
४) आपतविपतमा पहिलो सम्झिने नाम जगत ।
५) कोही गरिबीले विद्यालय जान नपाउँदा सहयोगी बने र बनिरहने छन् जगत ।
६) बेलकोटगढीमा भ्रष्टाचार, बेथितिलाइ परास्त गर्न सक्ने जगत ।
७) हर समस्या गुनासो सामाना गर्न, माओवादीलाई बेलकोटगढीमा अझै माओवादीमय बनाउन जगत ।
८) नेतादेखि कार्यकर्तासम्म हरसाथ सहयोगमा जगत ।
९) जनताको घरघरमा खोजिने नाम हो जगत ।
१०) स्कुल–स्कुलमा जगत ।
११) टोल–टोलमा खोजिने जगत ।
१२) हर समस्यामा पर्ने दुःखी, गरिब, दलित, जनजाति लगायत सबैले पहिले सम्झिने नाम हो जगत ।
१३) आज बेलकोटगढीमा माओवादीलाई यो स्थानमा पुर्याउने, विशेष युवाहरुबीच माओवादी पार्टीप्रति आकर्षक बढाउने जगत ।
आजसम्म जगत लामाले आफू रित्तिएर या सकिएर पनि माओवादीलाई यो स्थानमा पुर्याउनु ठूलो योगदान गरेका छन् । जगत लामाले बेलकोटगढीमा आफ्नो उचाइभन्दा पनि माओवादी केन्द्रलाई अग्लो उचाइमा पुर्याएका छन् ।
‘ म माओवादीको मान्छे हुँ तर पनि राजनीतिक आस्थाका आधारमा कहिल्यै कसैलाई विभेद गरेको छैन र गर्दिन पनि ’ उनी भन्छन् ‘सबैको चाहना र इच्छा पूरा गर्न नै म मेयर बन्नु परेको हो ।’ उनी उम्मेदवार भइरहँदा उनले ‘न्यूट्रल’ मत पनि आफूले प्रशस्तै पाउने दाबी गरेका छन् । उनले अरु स्थानीय तहभन्दा यसलाई उत्कृष्ट बनाउने र देशैभर उदाहरण बनाउने योजना पनि अघि सारेका छन् ।

234 Views

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा

विनाशकारी बाढीः मृत्यु हुनेको संख्या २२ पुग्यो

२०८३ भाद्र १० गते, बुधबार

विनाशकारी बाढीः मृत्यु हुनेको संख्या २२ पुग्यो

२०८३ भाद्र १० गते, बुधबार

भारतीय प्रधानमन्त्री मोदी र प्रधानमन्त्री बालेनबिच टेलिफोनमा वार्ता, नेपाललाई सहयोग गर्ने मोदीको प्रतिबद्धता

२०८३ भाद्र १० गते, बुधबार

३८४ जना पर्यटक सम्पर्कविहीन

२०८३ भाद्र १० गते, बुधबार

प्रधानमन्त्रीलाई मार्ने धम्की दिने युवक पक्राउ

२०८३ भाद्र १० गते, बुधबार

यस्ता छन् मन्त्रिपरिषद्को आकस्मिक बैठकले गरेको १० निर्णय

२०८३ भाद्र १० गते, बुधबार

मनकामना केबलकार बन्द

२०८३ भाद्र १० गते, बुधबार

प्रधानमन्त्री बालेन्द्र शाहद्वारा आकस्मिक मन्त्रिपरिषद् बैठक आह्वान

२०८३ भाद्र १० गते, बुधबार

भोटेकोशी बाढी धादिङको गल्छी पुग्यो

२०८३ भाद्र १० गते, बुधबार

रसुवामा आकस्मिक बाढीले जलविद्युत आयोजनाहरूमा ठूलो क्षति

२०८३ भाद्र १० गते, बुधबार

रसुवामा बाढीः २८ प्रहरी सम्पर्कविहीन, नुवाकोट कारागारमा बाढी पस्यो

२०८३ भाद्र १० गते, बुधबार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal