नेपाली कांग्रेसले बहुमत नल्याएसम्म नेपाल सही बाटोमा जान सक्दैनः नेका प्रवक्ता डा. महत

२०७८ चैत्र १७ गते, बिहीबार

नुवाकोट । नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाश शरण महतले नेपाली कांग्रेसले पूर्ण बहुमत नल्याएसम्म नेपाल सही बाटोमा जान नसक्ने बताउनुभएको छ । उहाँले नुवाकोट जिल्लाको लिखु ४ अवस्थित क्षेत्रपाल माध्यमिक विद्यालयको ४८ औं बार्षिकोत्सव तथा छात्रवृत्ति वितरण समारोहमा प्रमुख अतिथिको रुपमा समुद्घाटन मन्तव्य प्रकट गर्दै सो कुरा बताउनुभएको हो ।
प्रवक्ता डा.महतले २०४६ सालमा लोकतान्त्रिक व्यवस्थाको पुनर्बहाली भएपछि नेपाली कांग्रेसले लिएका उदारवादी नीतिहरुले गर्दा देशमा शिक्षा,स्वास्थ्य,बाटोघाटो,खानेपानी र विजुलीको क्षेत्रमा विकास भएको पनि उल्लेख गर्नुभयो । कम्युनिष्ट पार्टीहरुले काम हैन कुरा बढी गर्ने गरेको उदाहरण दिंदै उहाँले भन्नुभयो,“अघिल्लो चुनावमा कम्युनिष्ट पार्टीका नेताहरुले गरेको गफमा सामान्य मतदाता झुक्किदा नेपाली कांग्रेस पराजित भयो । २ बर्षमा चीनबाट रेल ल्याउने, समुन्द्र नभएको देशमा पानी जहाज ल्याउने कुरा गरेर उहाँहरुले चुनाव जित्नुभयो तर ५ बर्षलाई दिएको जनादेश साढे ३ बर्ष पनि टिकाउन सक्नुभएन । पार्टी नै फुट्यो । नेपाली कांग्रेसलाई सरकारको नेतृत्व गर्न अन्य पार्टीले अनुरोध गरेपछि कांग्रेसको नेतृत्वमा वर्तमान सरकार बन्न पुगेको हो ।”
कांग्रेस प्रवक्ता डा.महतले पूर्ववर्ति नेकपा एमालेको नेतृत्वको ओली सरकारको आलोचना गर्दै कोरोना संक्रमणको समयमा औषधी खरिदमा समेत भ्रष्टाचार गरिएको आरोप लगाउनुभयो । उहाँले नेपाली कांग्रेसको नेतृत्वमा सरकार बनेपछि कोरोना विरुद्धको खोप ल्याएर अधिकांश नागरिकले लगाउने अवस्था सिर्जना भएको र मुलुक सामान्य अवस्थामा फर्केको पनि दावी गर्नुभयो ।
“देशमा सुशासन कायम गर्न र विकासलाई गति दिन स्थानीय निर्वाचनमा नेपाली कांग्रेसले जित्न जरुरी छ। प्रदेश र संघीय संसदको निर्वाचनमा नेपाली कांग्रेसले जित्न जरुरी छ ।”, डा. महतले भन्नुभयो ।
उहाँले नुवाकोट जिल्लाको विकासलाई गति दिने काम पनि नेपाली कांग्रेसको पालामा भएको उल्लेख गर्नुभयो । ओली सरकारको पालामा नुवाकोटको बजेट कटौैती भएको प्रसंग निकाल्दै उहाँले भन्नुभयो,”हिजो डा. रामशरण महतले चुनाव जित्दा नुवाकोटमा अर्बमा बजेट आउथ्यो । ओली सरकारको पालामा त्यो करोडमा झर्यो र त्यै बजेट पनि उपभोक्ता समिति बनाएर बाँडीचुडी खाएको गुनासो आइररहेको छ ।”
फरक फरक समयमा ऊर्जा र परराष्ट्र मन्त्रालयको जिम्मेवारी समेत सम्हाल्नुभएका डा.महतले आफू ऊर्जामन्त्री हुँदा पूर्वी नुवाकोटमा ग्रामीण विद्युतीकरण गरेर नुवाकोटलाई अन्धकारबाट उज्यालोतिर लैजाने प्रयास गरेको पनि बताउनुभयो ।

143 Views

ताजा

फेसबुकबाट आम्दानीको ढोका खोल्दै MDR Team, हजारौं नेपाली लाभान्वित

२०८३ बैशाख १५ गते, मंगलवार

फेसबुकबाट आम्दानीको ढोका खोल्दै MDR Team, हजारौं नेपाली लाभान्वित

२०८३ बैशाख १५ गते, मंगलवार

सशस्त्र प्रहरी महानिरीक्षकमा नारायणदत्त पौडेल

२०८३ बैशाख १४ गते, सोमबार

‘त्रिवि क्रिकेट मैदान भत्किँदैन’

२०८३ बैशाख १४ गते, सोमबार

यस्तो छ मन्त्रिपरिषद् बैठकको ३ निर्णय

२०८३ बैशाख १४ गते, सोमबार

अन्ततः भीष्मराज आङ्देम्बेले पाए दलको नेताको जिम्मेवारी

२०८३ बैशाख १४ गते, सोमबार

पोखरामा पूर्वराजा ज्ञानेन्द्र शाह

२०८३ बैशाख ११ गते, शुक्रबार

आज देशभर बीसौँ लोकतन्त्र दिवस

२०८३ बैशाख ११ गते, शुक्रबार

खस क्षेत्री महाधिवेशन आज : अध्यक्ष पदमा अर्जुनबहादुर अधिकारी अग्रपंक्तिमा  

२०८३ बैशाख ११ गते, शुक्रबार

आज र भोलि देशभरिका बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाइँदै

२०८३ बैशाख ६ गते, आईतवार

बर्दियाको राजापुर जाँदै गरेको एम्बुलेन्सको ठक्करबाट एकै परिवारका दुई जनाको मृत्यु

२०८३ बैशाख ६ गते, आईतवार

लोकप्रिय

बर्दिया २, कसले जित्ला चुनाव ?

२०८२ माघ १३ गते, मंगलवार

फेकनको साधारणसभामा सरकारका नीति नियम र व्यावसायीका समस्याको बारेमा छलफल

२०८२ पुष २९ गते, मंगलवार

ओलीप्रति बालेनको कडा टिप्पणीः ‘तँ नेता त के मान्छे पनि बन्न सकेनस्’

२०८२ भाद्र २४ गते, मंगलवार

आइटम गीतमा अभिनय गर्दै लोकप्रियता कमाएकी गृष्मा पौडेल

२०८२ श्रावण १३ गते, मंगलवार

गुरु नैसर्गिक स्वभाव चिनाउने पूज्य पात्र हुन्ः प्रधानमन्त्री ओली

२०८२ असार २६ गते, बिहीबार

साइकल यात्राले गन्तव्य मात्र होइन, “स्वस्थ शरीर, स्वच्छ शहर” भन्ने सन्देश पनि पुर्‍याउँछः मन्त्री यादव

२०८२ जेष्ठ २४ गते, शनिबार

यार्सागुम्बा सकंलनका लागि शिक्षक–विद्यार्थी हिमालतिर, विद्यालय बन्द

२०८२ जेष्ठ ९ गते, शुक्रबार

पूर्वराजाद्वारा तीनकुने घटनाप्रति दुःख व्यक्त (भिडियो सहित)

२०८१ चैत्र ३१ गते, आईतवार

गृहमन्त्री कुन नैतिकताले कुर्सीमा बस्ने ?– शिशिर खनाल

२०८१ माघ २९ गते, मंगलवार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal