रोटरी क्लब सैबु भैसेपाटीको सहयोगमा डुकुछापमा खानेपानी फिल्टर जडान

२०७८ चैत्र १७ गते, बिहीबार

ललितपुर । रोटरी क्लब अफ सैंबु भैसेंपाटीले ललितपुरको डुकुछापमा खानेपानीको फिल्टर जडान गरेको छ । गोदाबरी नगरपालिका वडा नम्बर ८ अधिकारी टोलमा वाटर फिल्टर जडान गरिएको हो । रोटरी क्लब अफ सैबु भैसेपाटीका अध्यक्ष मिलन थापाको आर्थिक सहयोगमा खानेपानी फिल्टर जडान गरीएको हो ।
ललितपुर महानगरपालिकासंग सिमाना जोडिएपनि विकट मानिएको सो क्षेत्रमा खानेपानी फिल्टर जडान गरेपछि करिब एक सय घर परिवार लाभान्वित भएका छन् । फिल्टर उद्घाटन कार्यक्रममा पुर्व अध्यक्ष मदन महतले सामाजिक कार्यमा समर्पित रोटरी क्लब सैबु भैसेपाटीले विभिन्न क्षेत्रमा सामाजिक कार्य गर्दै आएको चर्चा गर्नुभयो । उहाले भन्नुभयो–अहिले खानेपानीको अभाव बेहोरिरहेका डुकुछापवासीको पहिलो समस्या समाधान गर्न क्लबले मुख्य भुमिका खेलेको छ । फिल्टर जडान गर्न रोटरी क्लब अफ सैबु भैसेपाटीका अध्यक्ष
थापाको ५ लाख १५ हजार आर्थिक सहयोगमा जडान गरिएको हो । खानेपानीको फिल्टर जडान गर्न स्थानीय सानोभाई अधिकारीले जग्गा उपलब्ध गराउनुभएको थियो । फिल्टर जडान भएपछि मंगलबार आयोजित कार्यक्रममा अध्यक्ष थापाले उद्घाटन गर्नुभएको थियो ।
कार्यक्रममा बोल्दै क्लबको सामाजिक उत्तरदायीत्व बहन गर्ने योजना अनुसार सो परियोजना सञ्चालन गरेको बताउनुभयो । भन्नुभयो–रोटरी क्लब अफ सैबु भैसेपाटीको यो सहयोगले स्थानीय अधिकारी टोलवासीलाई ठुलो राहत मिलेको छ । कार्यक्रममा क्लबका पदाधिकारी पुर्व अध्यक्ष लगायतको उपस्थिति रहेको थियो ।

200 Views

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा

गौँथली’ले मनायो ५१औँ दिन

२०८३ भाद्र २२ गते, सोमबार

गौँथली’ले मनायो ५१औँ दिन

२०८३ भाद्र २२ गते, सोमबार

कोशी ब्यारेजका २७ ढोका खुल्ला

२०८३ भाद्र २२ गते, सोमबार

बाढीमा ज्यान गुमाएकाको सम्मानमा आज राष्ट्रिय शोक

२०८३ भाद्र २२ गते, सोमबार

भोटेकोशी बाढीमा १ हजार ३५१ शव फेला

२०८३ भाद्र २२ गते, सोमबार

त्रिशूली–३ ‘ए’ को सुरुङभित्रबाट एक जनाको जीवितै उद्धार

२०८३ भाद्र १९ गते, शुक्रबार

विपत्तिमा धैर्यको परीक्षा हुन्छः प्रधानमन्त्री

२०८३ भाद्र १९ गते, शुक्रबार

उपत्यकामा भारी मात्रामा ग्यास सिलिन्डर भित्रिँदै

२०८३ भाद्र १९ गते, शुक्रबार

 राहत–उद्धारमा जुट्यो नेपाल संघीय समाजवादी पार्टी

२०८३ भाद्र १९ गते, शुक्रबार

बाढीको वितण्डाः ९२६ शवको व्यवस्थापन

२०८३ भाद्र १९ गते, शुक्रबार

आज श्रीकृष्णजन्माष्टमीः देशभर श्रद्धा र भक्तिपूर्वक मनाइँदै

२०८३ भाद्र १९ गते, शुक्रबार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal