‘केटाहरुले जिस्क्याउँछन् र आक्रमण गर्छन् भन्ने डरले अर्को रुप धारण गरेर कार्यक्रममा जान्थें’
गंगा बराल
सिन्धु जलेसा बुढाथोकी नेकपा एमालेकी नेतृ हुन् । सानै उमेरदेखि राजनीति गर्दै आएकी उनी एकातिर राजनीतिमा सक्रिय छिन् भनें अर्कोतिर समाजसेवामा पनि संलग्न छिन् । उनी राजनीतिलाई सेवाको रुपमा लिन्छिन् । कहिलेदेखि राजनीति गर्नुभयो भन्ने प्रश्नमा उनी अलमलिँदै भन्छिन् ‘त्यो त हिसावै छैन, म वाल्यकालबाट नै राजनीतिमा लागेको हुँ, सानैबाट राजनीतिमा लागेर केही गरौं भन्ने मेरो सोच थियो ।’
२०७० सालको संविधानसभामा नेकपा एमालेको तर्फबाट सभासद् भएकी उनले सांसद् हुँदा होस् वा नहुँदा आफ्नो तर्फबाट समाजको लागि गर्ने योगदानमा कुनै पनि बाँकी राखिनन् । उनी एकातिर राजनीति गर्छिन् त्यो सबैलाई थाहा छ तर उनको अरु धेरै क्षेत्रमा दखल छ जो सबैलाई थाहा नहुन सक्छ । उनी कलाकारितामा, पत्रकारितामा, लेखनमा, गायनमा, नृत्यमा समेत उत्तिकै दखल राख्छिन् । नवलपरासीको माकर गाउँ विकास समिति वडा नम्बर २ (हालः वर्दघाट नगरपालिका २ चिसापानी) मा जन्मिएकी उनको बुबाको नाम प्रचण्डबहादुर हो । आमा पुण्यकलाको कोखबाट पाँचजना दिदीबहिनीमध्ये साहिँली छोरीको रुपमा जन्मिएकी उनका दुइजना भाई र एकजना दाई छन् । जलेसाको अर्थ अचम्मैको रमाइलो भन्ने बुझिन्छ भन्छिन् उनी । बुबाले यो नाम राखिदिनुभएको उनी बताउँछिन् । कम्युनिष्टका नेताहरु मोदनाथ प्रश्रित, राममप्रसाद प्रदीप, रामचन्द्र भट्टराई, वुद्धिबहादुर थकाली रेलीमाई संस्कृति मण्डलमा सहभागी भएर अभियान चलाउँदै गाउँगाउँ पुग्थे, उनलाई पनि यो अभियानमा लाग्न प्रेरित ग¥यो । अभियानकै क्रममा भारतका विभिन्न ठाउँसमेत पुगिन् उनी । उनी सानैदेखि जनताका पक्षमा गित गाउने, समाजका बारेमा रचना वाचन गर्ने, शोषण र दमनको बारेमा चर्को श्वरमा बोल्ने गर्थिन् । उनी जिल्लामा अनेरास्ववियु र अखिल नेपाल महिला संघ (अनेमसं) को संस्थापक सदस्य हुन् । उनी यसैक्रममा भूमिगत संगठन युथ लिगमा पनि आवद्ध भइन् । रातीराती लुकेर संगठन गरेको, खाई नखाई पार्टीको लागि भनेर हिँडेको, पार्टी अभियान चलाउँदा कहिले प्रशासन त कहिले अरुले दिने गरेको दुःख उनी अझ पनि झलझली सम्झिन्छिन् । घरधन्दा सकेर मात्र पार्टीको काममा हिँड्नुपर्छ, घर व्यवहार बिगार्नु हँुदैन भनेर उनीहरुलाई नेताहरुले प्रशिक्षित गर्ने गर्दथे । कुनै साथीलाई घरबाट लानुप¥यो भनें उसलाई काम सघाएको, कहिले कान काटेको, कहिले रोपाइँ गरेको अनि घाँस दाउरा गरेका कतिपय उदाहरण छन् । उनी अध्ययनको क्रममा रुपन्देही गइन् त्यहाँ पनि पार्टीको महिला विभागमा बसेर काम गरिन् । २०४५ सालमा गुल्मीका शेरबहादुर आचार्यसँग विवाह भयो । शेरबहादुर पनि पार्टीमा सक्रिय थिए । गुल्मी पुगेपछि उनले आफैं अध्यक्ष भएर झरना सांस्कृतिक परिवार खोलिन् । झरनाले पनि क्रान्तिकारी गीत गाउने गर्दथ्यो । गुल्मीका साथै वागलुङ र अन्य ठाउँमा पनि अभियान लिएर हिँड्थिन् उनी । झरनामा दुर्गा पौडेल, गिता क्षेत्री, जमुना कार्की, गंगा कार्की, लोकमाया पाठक, गणेश गिरी थिए, गिरीको निधन भइसकेको छ । उनका श्रीमान शेरबहादुर झरना सांस्कृतिक परिवारको सल्लाहकार थिए । शेरबहादुर पार्टीको जिल्ला कमिटी सदस्य पनि थिए । सन्तान जन्मिएपछि उनी २०५२ सालमा नवलपरासी बसाई सरिन् । नवलपरासीमा आएर पनि जनसांस्कृतिक महासंघको जिल्ला कोषाध्यक्ष, अनेमसंघको जिल्ला सचिव, पार्टीको माकर गाउँ कमिटी सचिव भइन् । उनले त्यसपछि जनसांस्कृतिक महासंघको केन्द्रीय सदस्य र लुम्बिनी अञ्चलको सह–संयोजकको जिम्मेवारी पाइन् । पार्टीको नवौं महाधिवेशनबाट विज्ञान तथा प्रविधि विभागको केन्द्रीय सदस्य भइन् । उनी त्यतिबेला पार्टीको जिल्ला कमिटी सदस्य थिइन् । उनी पछि जनसांस्कृतिक महासंघको केन्द्रीय सचिवालय सदस्य र लुम्बिनी प्रदेशको ईन्चार्ज पनि हुन पुगिन् । उनले पार्टीका विभिन्न भूमिकामा रहेर काम गरेकी छिन् । जहाँ बसेर काम गरे पनि सबैलाई चित्त बुझाउने गरी काम गरेकी उनलाई जति धेरै पद दिए पनि कहिल्यै धेर भएन, जस्तोसुकै भूमिका पनि सहजताका साग निर्वाह गरिन् । आदिवासी जनजाति महासंघको केन्द्रीय सह–कोषाध्यक्ष भइसकेकी उनले केही समय अनेमसंको सांस्कृतिक विभागको सह–संयोजकको भूमिका पनि निभाइन् । ‘पार्टीले दिएको जिम्मेवारी निर्वाह गर्न म कहिले पनि पछि परिन त्यसैले पनि पदको कमी भएन’ उनी भन्छिन् ‘ मैले पद पाएपछि कुनै घमण्ड गरिन, बरु मेरो दायित्व के हो र के गर्नुपर्छ भन्नेतिर नै लागें ।’ उनले नेताहरुले जेलबाट पठाएका कतिपय चिठीहरु ओसारपोसार गरेकी थिइन् । उनलाई मोदनाथ प्रश्रितलगायत अन्यले पठाएका पार्टी गतिविधि र निर्देशन दिएका र सरसल्लाह गरेर ओहोरदोहोर भएका चिठी पनि अझैसम्म सुरक्षित राखेकी छिन् ।
उनले सभासद् भएपछि जिल्लामा १५ शैयाको सरकारी अस्पताल बनाउन पहल गरिन् त्यो अहिले सञ्चालनमा छ । वर्दघाटमा दुइवटा अस्पताल बनाइन् । साविकको धुरकोट गाविसमा पनि उप–स्वास्थ्य चौकी पु¥याइन् । कहिल्यै पनि विजुली नपुगेको ठाउँमा विजुली लगेर आफैं उद्घाटन गरिन् । महिलालाई लक्षित गरेर घरेलु तान बुन्ने तालिम पनि सञ्चालन गरिन् । धेरै काम गरेको भन्दै उनले कतिपय राम्रा र जनताको पक्षमा गरेका विकासका काम पनि बिर्सिएको बताइन् । उनले बाटो बनाउनेदेखि मठ मन्दिर निर्माण गर्ने काममा सक्रियता देखाइन् । त्यतिमात्र होइन उनले शौचालय निर्माण गर्नुपर्छ भन्ने अभियान नै चलाइन् । उनले महिला सामुदायिक भवन बनाउन, महिलालाई सीपमूलक तालिम दिन पनि आफ्नो ध्यान केन्द्रित गरिन् । उनले लामो समयसम्म शिक्षण पनि गरिन् । २०६८ सालमा राष्ट्रिय शिक्षा पुरस्कारबाट सम्मान पाइन् । उनले गाउँकै दिव्यज्योति मावि र वागलुङमा गरी २१ वर्ष पढाइन् । उनी अझै पनि धेरै विद्यालय र क्याम्पसको सञ्चालक समितिमा रहेकी छिन् । गाउँ र काठमाडौंको सम्बन्धलाई जोड्दै ती शिक्षण संस्थालाई आफ्नो तर्फबाट सक्दो सहयोग गर्नु उनको अर्को लक्ष्य हो । बुबाको नाममा स्थापना गरिएको प्रचण्ड बुढाथोकी अध्ययन केन्द्रकी संस्थापक संरक्षक उनी अहिले केन्द्रको अध्यक्ष हुन् । बुबाबाट पनि राजनीति र गीत संगीतमा धेरै सिकेकी छिन् । बुबाको रचनामा स्वर दिन पनि उनी पछि परिनन् । २०४३ सालमा रेडियो नेपालमा आएर उनले जाने भए जाम् हिँड खस्यौली, खस्यौलीमा झन् कति बस्यौली भन्ने गीत गाइन् । बुटवललाई खस्यौली भनिन्थ्यो । बुबाको ‘रातो रुमाल’ गीतमा बुबासँगै उनले पनि गाएकी छिन् । यो प्रगतिशील र क्रान्तिकारी गीतको एल्बम हो । २०६० सालतिर उनले ६ वटा आधुनिक गीत समेटिएको ‘जलेसा’ एल्बम निकालिन् । त्योभन्दा अघि नै ‘डेरा पा छैन’ दोहोरी गीत निकालेकी थिइन् उनले, जसमा बुबाको लेखन र आफ्नो गायन थियो ।

भैरहवाबाट नेपालीमा एम्ए, काठमाडौंको आरआर क्याम्पसबाट समाजशास्त्रमा डिग्री र राजनीतिशास्त्रमा पनि एम्ए गरेकी उनी अझै पनि फुर्सद भए पढ्ने रहर भएको बताउँछिन् । उनले केही समय क्याम्पस पनि पढाइन् । उनले केही समय पत्रकारिता पनि गरिन् । ‘वुटवल टुडे’ दैनिकमा मार्केटिङ र संवाददाता भइन् । जिल्लामा पत्रिका विस्तार गर्न उनको योगदान ठूलै थियो । उनलाई तिनाउ एफ्एम् र लुम्बिनी एफएम्मा पनि रिपोर्टिङ गरेको अनुभव छ । उनी मुक्ति एफ्एम् संस्थापक बोर्ड सदस्य हुन् । उनले केही कार्यक्रम पनि चलाइन् । उनलाई पार्टीका काममा हिँड्न डर लाग्दैनथ्यो । कसैले बाटोमा आक्रमण गर्लान् कि भन्ने डरले अरु पोशाक लगाएर नचिनिने भएर हिँडेको उनको भनाई छ । ‘म खेलाडी पनि हुँ, अझै पनि खेल खेल्न मन लाग्छ, कार्यक्रममा जाँदा बाटामा केटाले हेर्छन् भन्ने डरले नपत्याउँदो पोशाक लगाएर झम्ल्याङझुम्लुङ भएर हिँड्थें’ उनी भन्छिन् ‘राम्री केटी देख्दा पो सबै लोभिन्छन्, सामान्य भएपछि कसैलाई मतलव हुँदैन भनेर सुरक्षित हुने त्यो रणनीति थियो मेरो ।’ उनलाई संघर्षको क्रममा गरेको दुःख झलझली आउँछ । सामान्य परिवारमा हुर्केकाले सानो अवस्थामा कति छाक राम्ररी अघाउञ्जेल खान नपाएको भन्न पनि पछि पर्दिनन् ।
दुई छोरा र एक छोरीको धनी उनी भोलिको दिनमा राजनीति र समाजसेवालाई एकैसाथ अघि बढाउने बताउँछिन् । ‘जे सक्छु जनताको हितको लागि काम गर्छु, सानैदेखि समाजमा केही गर्ने लक्ष्य थियो त्यही अनुसार अघि बढेकी छु’ उनी भन्छिन् ‘सबैलाई चित्त बुझाउन नसकिएला सकेको गर्ने हो । धेरै काम गर्ने र थोरै भन्ने बानी छ मेरो ।’ उनी अहिलेसम्म कसैले औंलो नठड्याएको र आगामी दिनमा कसैले पनि त्यो मौका नपाउने दाबी गर्छिन् ।
ताजा
रत्ननगर खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाको निर्वाचन: अध्यक्षमा दीपक राज पौडेलको उम्मेदवारी बलियो
२०८३ बैशाख १७ गते, बिहीबार
रत्ननगर खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाको निर्वाचन: अध्यक्षमा दीपक राज पौडेलको उम्मेदवारी बलियो
२०८३ बैशाख १७ गते, बिहीबार
युवतीहरूका लागि दोस्रो घर बन्यो अलाबुगा
२०८३ बैशाख १७ गते, बिहीबार
लायन्स अन्तर्राष्ट्रिय डिस्ट्रिक्ट ३२५ के नेपालको गभर्नरमा रमेश अधिकारी
२०८३ बैशाख १६ गते, बुधबार
फेसबुकबाट आम्दानीको ढोका खोल्दै MDR Team, हजारौं नेपाली लाभान्वित
२०८३ बैशाख १५ गते, मंगलवार
सशस्त्र प्रहरी महानिरीक्षकमा नारायणदत्त पौडेल
२०८३ बैशाख १४ गते, सोमबार
‘त्रिवि क्रिकेट मैदान भत्किँदैन’
२०८३ बैशाख १४ गते, सोमबार
यस्तो छ मन्त्रिपरिषद् बैठकको ३ निर्णय
२०८३ बैशाख १४ गते, सोमबार
अन्ततः भीष्मराज आङ्देम्बेले पाए दलको नेताको जिम्मेवारी
२०८३ बैशाख १४ गते, सोमबार
पोखरामा पूर्वराजा ज्ञानेन्द्र शाह
२०८३ बैशाख ११ गते, शुक्रबार
आज देशभर बीसौँ लोकतन्त्र दिवस
२०८३ बैशाख ११ गते, शुक्रबारलोकप्रिय
बर्दिया २, कसले जित्ला चुनाव ?
२०८२ माघ १३ गते, मंगलवार
फेकनको साधारणसभामा सरकारका नीति नियम र व्यावसायीका समस्याको बारेमा छलफल
२०८२ पुष २९ गते, मंगलवार
ओलीप्रति बालेनको कडा टिप्पणीः ‘तँ नेता त के मान्छे पनि बन्न सकेनस्’
२०८२ भाद्र २४ गते, मंगलवार
आइटम गीतमा अभिनय गर्दै लोकप्रियता कमाएकी गृष्मा पौडेल
२०८२ श्रावण १३ गते, मंगलवार
गुरु नैसर्गिक स्वभाव चिनाउने पूज्य पात्र हुन्ः प्रधानमन्त्री ओली
२०८२ असार २६ गते, बिहीबार
साइकल यात्राले गन्तव्य मात्र होइन, “स्वस्थ शरीर, स्वच्छ शहर” भन्ने सन्देश पनि पुर्याउँछः मन्त्री यादव
२०८२ जेष्ठ २४ गते, शनिबार
यार्सागुम्बा सकंलनका लागि शिक्षक–विद्यार्थी हिमालतिर, विद्यालय बन्द
२०८२ जेष्ठ ९ गते, शुक्रबार
पूर्वराजाद्वारा तीनकुने घटनाप्रति दुःख व्यक्त (भिडियो सहित)
२०८१ चैत्र ३१ गते, आईतवार





