असोज २८ गते ‘हिजो आजका कुरा’ प्रदर्शन हुने

२०७८ फाल्गुन ३० गते, सोमबार

काठमाडौं । अभिनेता सन्तोष पन्तले निर्माण गरेको हास्य प्रदान सामाजिक कथानक चलचित्र ‘हिजो आजका कुरा’ को प्रदर्शन मिति तय गरिएको छ । आफ्नो चलचित्र ०७९ सालको असोज २८ गते दर्शकमाझ आउने जानकारी निर्देशक साकार पन्तले दिएका छन् ।

पहिला ०७७ बैशाख १२ मा प्रदर्शन हुने तयारीमा रहेको चलचित्र कोरोना महामारीका कारण सरकारले गरेको लकडाउनमा परेको थियो । अब भने ‘हिजो आजका कुरा’ दशैतिहारको माहौल पारेर प्रदर्शन गर्न लागीएको हो ।
बिके फिल्मस् र एफडिले बितरण गर्ने फिल्ममा सन्तोष पन्त, साकार पन्त, रमा थपलिया, केकी अधिकारी,ऋचा शर्मा,दिब्यदेव पन्त,रिमा विश्वकर्मा, स्व. जयनन्द लामा, लक्ष्मी भुसाल, जेविका कार्की, रमेश अधिकारी, बिनय कुँइकेल,अनुष्का अधिकारी, निराजनप्रसाद अर्याल,सबिन शाक्य,कमला रेग्मी,रिहान केसी (बालकलाकार) लगायतकोे अभिनय छ ।

पन्त फिल्म प्रोडक्सनको ब्यानरमा निर्मित फिल्मको कथा पन्तले लेखेका हुन् भने पटकथा सन्दीप किस्नाको छ । रवि सायमीले खिचेको फिल्मको कार्यकारी निर्मातामा प्रतिभा पन्त, सह निर्मातामा बैकुण्ठ प्रसाद उपाध्याय (अशोक) र सचितकुमार मिश्र छन् । थुप्रै सेलिब्रेटीलाई एकसाथ प्रस्तुत गरिएको चलचित्रको ‘माया जदौ’ बोलको गीत निकै चर्चित छ ।

दुई बर्षअघि अपलोड गरिएको सो गीत युट्युवमा अहिलेसम्म साढे दुई करोड भन्दा बढी पटक हेरिसकिएको छ । दीपक शर्माको संगीत, आनन्द अधिकारीको शब्द तथा रामकृष्ण ढकाल र मेलिना राईको स्वरमा रहेको गीतको कोरियोग्राफी कविराज गहतराजले गरेका हुन् ।

233 Views

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा

गौँथली’ले मनायो ५१औँ दिन

२०८३ भाद्र २२ गते, सोमबार

गौँथली’ले मनायो ५१औँ दिन

२०८३ भाद्र २२ गते, सोमबार

कोशी ब्यारेजका २७ ढोका खुल्ला

२०८३ भाद्र २२ गते, सोमबार

बाढीमा ज्यान गुमाएकाको सम्मानमा आज राष्ट्रिय शोक

२०८३ भाद्र २२ गते, सोमबार

भोटेकोशी बाढीमा १ हजार ३५१ शव फेला

२०८३ भाद्र २२ गते, सोमबार

त्रिशूली–३ ‘ए’ को सुरुङभित्रबाट एक जनाको जीवितै उद्धार

२०८३ भाद्र १९ गते, शुक्रबार

विपत्तिमा धैर्यको परीक्षा हुन्छः प्रधानमन्त्री

२०८३ भाद्र १९ गते, शुक्रबार

उपत्यकामा भारी मात्रामा ग्यास सिलिन्डर भित्रिँदै

२०८३ भाद्र १९ गते, शुक्रबार

 राहत–उद्धारमा जुट्यो नेपाल संघीय समाजवादी पार्टी

२०८३ भाद्र १९ गते, शुक्रबार

बाढीको वितण्डाः ९२६ शवको व्यवस्थापन

२०८३ भाद्र १९ गते, शुक्रबार

आज श्रीकृष्णजन्माष्टमीः देशभर श्रद्धा र भक्तिपूर्वक मनाइँदै

२०८३ भाद्र १९ गते, शुक्रबार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal