चीनमा पुनः दोहोरिए कोरोना संक्रमित, थप अर्को शहरमा लकडाउन घोषणा

२०७८ फाल्गुन ३० गते, सोमबार

एजेन्सी । कोभिड संक्रमण बढेपछि चीनको १ करोड ७० लाख जनसंख्या भएको शेनझेन शहरमा लकडाउन घोषणा गरिएको छ ।

शेनझेनको दक्षिणी टेक हबले सम्पूर्ण बासिन्दालाई २० मार्चसम्म घरभित्रै बस्न भनेको छ । सो अवधिसम्म सार्वजनिक सवारी साधनहरू पनि नचल्ने स्थानीय सरकारले जारी गरेको सूचनामा उल्लेख छ ।

कोभिडको नयाँ भेरियन्ट ओमिक्रोन निर्मूल गर्न चुनौती सामना गरिरहेका बेला सरकारले पछिल्लो प्रतिबन्ध लगाएको हो । पछिल्लो समयमा चीनमा कोभिड संक्रमण दर बढ्दो छ ।

‘यदि रोकथाम र नियन्त्रणलाई समयमै र निर्णायक रूपमा सशक्त बनाइएन भने यो सजिलै समुदायस्तरमा फैलिन सक्छ’, शेनजेनका स्वास्थ्य अधिकारी लिन ह्यान्चेङले भने ।

चीनभर संक्रमणमा वृद्धिले अधिकारीहरूलाई सांघाइमा विद्यालय र उत्तरपूर्वी शहरहरू बन्द गर्न बाध्य बनाएको छ । चीनमा पहिलोपटक २०१९ को अन्त्यतिर कोरोना भाइरस देखिएको थियो ।

त्यसयता चीनले शून्य–कोभिड नीति अंगिकार गर्दै आएको छ । चीनले संक्रमण बढेपछि यही साता उत्तरपूर्वी शहर चाङ्गचुनमा पनि लकडाउन घोषणा गरेको थियो ।

वर्ल्डोमिटर्सका अनुसार गत २४ घण्टामा चीनमा १ हजार ९३८ जना नयाँ संक्रमित थपिएका छन् । त्यहाँ महिनौँपछि यति ठूलो संख्यामा संक्रमित थपिएका हुन् ।

237 Views

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा

भोटेकोशी बाढीबाट अहिलेसम्म १ हजार ४०३ जनाको शव फेला

२०८३ भाद्र ३१ गते, बुधबार

भोटेकोशी बाढीबाट अहिलेसम्म १ हजार ४०३ जनाको शव फेला

२०८३ भाद्र ३१ गते, बुधबार

तामाङ कथानक चलचित्र ‘ङाला सेम्जो’ को दुई दिने विशेष प्रदर्शन सम्पन्न

२०८३ भाद्र ३१ गते, बुधबार

ऊर्जा मन्त्री विराजभक्त श्रेष्ठको दक्षिण कोरियाको भ्रमण रद्ध

२०८३ भाद्र ३१ गते, बुधबार

प्रधानमन्त्री बालेनद्वारा मन्त्रिपरिषद् बैठक आव्हान

२०८३ भाद्र ३१ गते, बुधबार

गौँथली’ले मनायो ५१औँ दिन

२०८३ भाद्र २२ गते, सोमबार

कोशी ब्यारेजका २७ ढोका खुल्ला

२०८३ भाद्र २२ गते, सोमबार

बाढीमा ज्यान गुमाएकाको सम्मानमा आज राष्ट्रिय शोक

२०८३ भाद्र २२ गते, सोमबार

भोटेकोशी बाढीमा १ हजार ३५१ शव फेला

२०८३ भाद्र २२ गते, सोमबार

त्रिशूली–३ ‘ए’ को सुरुङभित्रबाट एक जनाको जीवितै उद्धार

२०८३ भाद्र १९ गते, शुक्रबार

विपत्तिमा धैर्यको परीक्षा हुन्छः प्रधानमन्त्री

२०८३ भाद्र १९ गते, शुक्रबार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal