बरु विप्लव, वैद्य र बिजुक्छेको पार्टीमा जानू तर एमालेमा नजानुः प्रचण्ड

२०७८ फाल्गुन २९ गते, आईतवार

काठमाण्डौ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले एमसीसीबारे चुनावपछि थप छलफल गर्ने बताउनु भएको छ ।

पार्टीको प्रदेश.१ स्तरीय भेला तथा प्रशिक्षण कार्यक्रममा सहभागी हुन आज विराटनगर पुगेका प्रचण्डले एमसीसीबारे पार्टीभित्र विवाद भएको स्वीकार गर्दै चुनावपछि थप छलफल हुने र छलफलबाट फेल भए आफूले नैतिकताका आधारमा अध्यक्षबाट राजीनामा दिने बताउनुभयो । यस्तै, उहाँले पछिल्लो समयमा माओवादी केन्द्र प्रवेश गर्नेको लाइन लाग्ने गरेको पनि दाबी गर्नु भएको छ।

उहाँले भन्नु भएको छ ‘खुमलटारमा दिनदिनै प्रवेश गर्नेहरूको लर्को लाग्ने गरेको छ । एमालेबाट कांग्रेसबाट साथीहरू आउने क्रम जारी छ ।

माओवादी छाड्नेहरूको प्रसङ्गमा भने उहाँले एमसीसीलाई देखाएर पार्टी छाडेका नेताहरु नेकपा एमालेमा प्रवेश गरेको भन्दै टिप्पणी गर्नुभयो। एमसीसीको विरोध गरेर एमालेमा जानु हास्यास्पद भएको उहाँको टिप्पणी छ ।

उहाँले माओवादी छोडेकालाई एमालेमा जानुभन्दा नेत्र विक्रम चन्द विप्लवको नेपाल कम्युनिस्ट पार्टीमा, नारायणमान बिजुक्छेको नेमकिमा र मोहन वैद्यको नेकपा क्रान्तिकारीमा जानु भन्दै व्यङ्ग्य गर्नुभयो ।

यस्तै उहाँले तत्कालका लागि एमालेको केपी गुटसँग कुनै सहमति नहुने पनि प्रष्ट पार्नु भएको छ । प्रचण्डले आफ्नै सङ्गठन बलियो बनाएर चुनावमा जाने पनि दाबी गर्नुभयो । तर, स्थानीय तहमै तालमेल भए गठबन्धन बनाएर अगाडि जान सकिने उहाँको भनाइ छ ।

183 Views

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा

रास्वपाको केन्द्रीय सदस्यमा सुदामा कार्कीले उम्मेदवारी दिने

२०८३ असार ३ गते, बुधबार

रास्वपाको केन्द्रीय सदस्यमा सुदामा कार्कीले उम्मेदवारी दिने

२०८३ असार ३ गते, बुधबार

साउनदेखि नागढुङ्गा सुरुङमार्ग सञ्चालनको तयारी

२०८३ असार ३ गते, बुधबार

मेसीको ह्याट्रिकमा अर्जेन्टिनाको विजयी सुरुवात

२०८३ असार ३ गते, बुधबार

गेरुवामा निशुल्क लोकसेवा तालिम समापन

२०८३ असार ३ गते, बुधबार

‘हाम्रो उद्देश्य विद्यार्थीलाई विदेश पठाउने मात्र होइन, उनीहरूको भविष्य निर्माणमा सहयात्री बन्नु हो’ शिशिर सिंखडा

२०८३ असार ३ गते, बुधबार

राष्ट्रिय मानव अधिकार आयोगमाथि बढ्दो अविश्वास र निष्क्रियता

२०८३ असार ३ गते, बुधबार

पसिना र रगत बिस्तारै चुस्तै चुस्तै जवानी खेर जाने ठाउँलाई नै सायद प्रदेश भनिएको

२०८३ असार ३ गते, बुधबार

Khwopa Engineering College Students Visit Nepal Eco Panel for Industrial Learning

२०८३ असार २ गते, मंगलवार

गीता अधिकारीलाई सर्वोत्कृष्ट गीतकार महिला (सुगम संगीत) अवार्ड

२०८३ असार २ गते, मंगलवार

MDR Team को आधिकारिक लोगो सार्वजनिक, थप व्यवस्थित रूपमा अगाडि बढ्ने प्रतिबद्धता

२०८३ असार २ गते, मंगलवार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal