६ हजारमै अष्ट्रेलियाको अफर

२०७८ फाल्गुन १६ गते, सोमबार

काठमाडौं । राफल्स् एडुकेयर एशोसिएट्सले ‘६ हजारमै अष्ट्रेलिया’ शैक्षिक अफर सार्वजनिक गरेको छ । आज (सोमबार) रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गर्दै एशोसिएट्सले विद्यार्थीहरुको भविष्य र अभिभावकको आर्थिक पाटोलाई मध्यनजर गर्दै ६ हजार ब्ग्क् मा नै यस्तो अफर ल्याएको जानकारी दिइएको हो ।
यस अफर अन्तर्गत विद्यार्थी भिषामा अष्ट्रेलिया जान चाहाने कम्तीमा ११ र १२ कक्षाको मिलाएर कुल अंक २.४१ जिपिए ल्याएको हुनुपर्ने र आइएलटिएसमा कम्तीमा ५.५ अंक र पिटिइ÷टोफेलमा सो सरहका अंक ल्याउने विद्यार्थीहरुले सहजै आवेदन दिन सक्ने एसोसिएट्सले जनाएको छ ।
एसोसिएट्सले कोरोना कहरले शिक्षा क्षेत्रमा पारेको प्रभाव र आर्थिक मन्दीका कारण अभिभावकहरुमा पर्न गएको आर्थिक भार धरै हद सम्म न्युनीकरण हुने बिश्वासको साथ यो अफर सुरु गरेको बताएको छ ।
यस अफरबाट सयौ विद्याथीहरु र अभिभावकहरुको लागि फलदायी हुने राफल्स् एडुकेयर एशोसिएट्स संस्थापक दिनेश ढकालले बताए । ढकालले यस अफर अन्तर्गत अष्ट्रेलियाका स्याडनी, मेलबर्न, पेर्थलगायतका उत्कृष्ट शैक्षिक संस्थाहरुमा विभिन्न कोर्शहरुमा अध्ययन गर्न सक्ने जानकारी दिए । विद्यार्थीहरुले आइटी, मार्केटिङ, ट्राभल एण्ड टुरिजम, लिडरसिप एण्ड म्यानेजमेन्ट, अकाउन्टिङ, प्रोजेक्ट म्यानेजमेन्ट, मार्केटिङ एण्ड कम्युनिकेशनलगायतका अन्य धेरै कोर्सको लागि प्रक्रिया बढाउन सक्ने उनले बताए । ढकालले यसै अफरमा केही विद्यार्थीहरुले भिसा प्राप्त गरी अष्ट्रेलियामा आफ्नो अध्ययन सुरु गरी सकेको पनि जिकिर गरे । आफ्नो संस्थाले २००५ देखि अष्ट्रेलिया युके, क्यानडा, यु.एस.ए लगायतका विभिन्न युरोपियन राष्ट्रहरुमा जान चाहाने विद्यार्थीहरुलाई परामर्श दिइरहेको बताए ।
उच्च शिक्षाको लागी बैदेशीक मुलुक जान चाहाने सयाँै बिद्यार्थीहरुलाई बिश्वसनीय र उपयुक्त जानकारी दिँदै झण्डै दुई दशकको इतिहास बनाएको पनि ढकालले सुनाए ।

257 Views

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा

भोटेकोशी बाढीबाट अहिलेसम्म १ हजार ४०३ जनाको शव फेला

२०८३ भाद्र ३१ गते, बुधबार

भोटेकोशी बाढीबाट अहिलेसम्म १ हजार ४०३ जनाको शव फेला

२०८३ भाद्र ३१ गते, बुधबार

तामाङ कथानक चलचित्र ‘ङाला सेम्जो’ को दुई दिने विशेष प्रदर्शन सम्पन्न

२०८३ भाद्र ३१ गते, बुधबार

ऊर्जा मन्त्री विराजभक्त श्रेष्ठको दक्षिण कोरियाको भ्रमण रद्ध

२०८३ भाद्र ३१ गते, बुधबार

प्रधानमन्त्री बालेनद्वारा मन्त्रिपरिषद् बैठक आव्हान

२०८३ भाद्र ३१ गते, बुधबार

गौँथली’ले मनायो ५१औँ दिन

२०८३ भाद्र २२ गते, सोमबार

कोशी ब्यारेजका २७ ढोका खुल्ला

२०८३ भाद्र २२ गते, सोमबार

बाढीमा ज्यान गुमाएकाको सम्मानमा आज राष्ट्रिय शोक

२०८३ भाद्र २२ गते, सोमबार

भोटेकोशी बाढीमा १ हजार ३५१ शव फेला

२०८३ भाद्र २२ गते, सोमबार

त्रिशूली–३ ‘ए’ को सुरुङभित्रबाट एक जनाको जीवितै उद्धार

२०८३ भाद्र १९ गते, शुक्रबार

विपत्तिमा धैर्यको परीक्षा हुन्छः प्रधानमन्त्री

२०८३ भाद्र १९ गते, शुक्रबार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal