दिउँसो १ बजे संसद् बैठक, उपत्यकाबाहिरबाट समेत प्रहरी झिकाइयो

२०७८ फाल्गुन १५ गते, आईतवार

काठमाण्डौ । एमसीसी सम्झौतामाथि आजको संसद् बैठकमा छलफल हुने सम्भावना रहेकाले संसद् भवन र त्यस आसपासका क्षेत्रमा सुरक्षा व्यवस्था कडा पारिएको छ ।

बिहानैदेखि यी क्षेत्रहरुमा सुरक्षाकर्मी खटिएका छन् । संसद् बैठक दिउँसो १ बजे बस्दैछ । आवश्यक परेमा माइतीघर मण्डलादेखि तीनकुनेसम्मको सडक खण्ड खाली गराउने सुरक्षाकर्मीको तयारी छ । तर, यतिबेला सडकको अवस्था सामान्य रहेकाले अहिले गाडीको आवतजावत सामान्य छ ।

एमसीसीको विषयलाई लिएर यो सडक खण्डमा लगातारजसो आन्दोलन भइरहेको छ । आन्दोलनलाई नियन्त्रणमा लिन काठमाण्डौ उपत्यकाबाहिरबाट समेत सुरक्षाकर्मी झिकाएर खटाइएको छ । सशस्त्र प्रहरी बलले काभ्रे, सिन्धुपाल्चोक, धादिङ, तनहुँलगायत जिल्लामा कार्यरत प्रहरीलाई काठमाण्डौमा झिकाएर खटाएको छ ।

सत्ता गठबन्धनकै दल माओवादी केन्द्र र एकीकृत समाजवादी पार्टी नै एमसीसीको विपक्षमा उभिँदा कार्यकर्ताहरु विरोधमा उत्रिएका छन् । तर, एमसीसी पारित गर्न यी दुई दल सहमति नजिक पुगेकाले आजको अवस्था फरक हुन सक्ने सम्भावना छ ।

172 Views

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा

Khwopa Engineering College Students Visit Nepal Eco Panel for Industrial Learning

२०८३ असार २ गते, मंगलवार

Khwopa Engineering College Students Visit Nepal Eco Panel for Industrial Learning

२०८३ असार २ गते, मंगलवार

गीता अधिकारीलाई सर्वोत्कृष्ट गीतकार महिला (सुगम संगीत) अवार्ड

२०८३ असार २ गते, मंगलवार

MDR Team को आधिकारिक लोगो सार्वजनिक, थप व्यवस्थित रूपमा अगाडि बढ्ने प्रतिबद्धता

२०८३ असार २ गते, मंगलवार

प्रहरी महानिरीक्षक दान बहादुर कार्कीको प्रमुख आतिथ्यतामा शान्ति पदयात्रा तथा जनचेतनामूलक कार्यक्रम सम्पन्न

२०८३ असार १ गते, सोमबार

जेनजी भन्योः अजय सोडारी र विर्जन विश्वकर्मामाथि गृहमन्त्रीको प्रतिशोध

२०८३ असार १ गते, सोमबार

नेपालको २.१२ खर्बको बजेट महत्त्वाकाङ्क्षी, तर कार्यान्वयन चुनौतीपूर्ण  : नेपाल डेभलपमेन्ट वाच

२०८३ असार १ गते, सोमबार

नेपालको सीमामा नेपालीलाई नै त्रास

२०८३ असार १ गते, सोमबार

#MDR टिमद्वारा सामाजिक सञ्जालका फाइदा र बेफाइदाबारे भिडियो क्याम्पेन सञ्चालन

२०८३ असार १ गते, सोमबार

त्यो राजदरबार हत्याकाण्ड र अहिलेको परिवेश

२०८३ जेष्ठ ३१ गते, आईतवार

विश्वकप २०२६ः ब्राजिल र मोरक्को १–१ को बराबरीमा रोकिए

२०८३ जेष्ठ ३१ गते, आईतवार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal