दुःखी पीडित सहयोग संस्थाको अध्यक्षमा ढुंगाना

काठमाडौं । निराकार दुःखी पीडित सहयोग संस्था नेपालको अध्यक्षमा अच्युतप्रसाद ढुंगाना चयन भएका छन् । शनिबार भएको प्रथम साधारणसभाले ढुंगानाको नेतृत्वमा पदाधिकारीसहित ९ जना रहेको समिति २ वर्षका लागि निर्विरोध निर्वाचित गरेको हो ।
निर्वाचन समितिका संयोजक ठाकुर प्रसाद पोखरेलले उपाध्यक्षमा सहदेव राउत, कोषाध्यक्षमा अर्जुन बस्नेत, सचिवमा मीनबहादुर कुँवर र सदस्यहरुमा राजकुमार श्रेष्ठ, राजेन्द्र तिमल्सिना, ज्ञानकुमारी कुँवर, विमला ढुंगाना र विनु राउत निर्विरोध निर्वाचित भएको घोषणा गरेका थिए । गत भदौ १६ गते गठन भएको तदर्थ समितिमा पनि यही समिति रहेको थियो । कार्यक्रममा कोषाध्यक्ष वस्नेतले आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए । वेवारिसे पशुपंक्षी, सडकमा मृत भेटिएका सबै जन्तु जनावरदेखि लिएर अनाथ, असाहय बालबालिका, वृद्धवृद्धाका साथै सबैको उद्धार गर्ने संस्थाको उद्येश्य रहेको नव निर्वाचित अध्यक्ष ढुंगानाले बताए । उनले संस्थाले उद्येश्य अनुसारको काम गर्दै आएको र आगामी दिनमा संस्थाको कामलाई फराकिलो पार्दै लाने जनाएका छन् । विभिन्न सामाजिक गतिविधिमा सक्रिय ढुंगानाले संस्था नै खोलिसकेपछि काम गर्न सजिलो हुने भएकाले सबैको सल्लाहमा संस्था स्थापना गरिएको जनाएका छन् । संस्थाको केन्द्रीय कार्यालय काठमाडौंका। कोटेश्वरमा रहेको छ ।
कार्यक्रममा सहयोग गर्ने सहयोगीहरुलाई प्रशंसापत्र र मायाको चिनो प्रदान गरिएको थियो । विभिन्न सांस्कृतिक कार्यक्रमसहित भएको साधारणसभामा प्रमुख अतिथि सुरेन्द्र केसी, विशिष्ट अतिथि सुरेन्द्र भण्डारीलगायतका अन्य अतिथिहरुले संस्थाको प्रगतिको कामना गर्दै शुभकामना दिएका थिए । उनीहरुले समसामयिक राजनीतिका बारेमा पनि बोलेका थिए ।
ताजा

पोखरामा एमालेभन्दा एकीकृत समाजवादी अगाडि
२०७९ जेष्ठ २ गते, सोमबार
पोखरामा एमालेभन्दा एकीकृत समाजवादी अगाडि
२०७९ जेष्ठ २ गते, सोमबार
भरतपुरमा १४ मतले पछि परिन रेणु दाहाल
२०७९ जेष्ठ २ गते, सोमबार

भारतका प्रधानमन्त्री नरेन्द्र मोदी आज लुम्बिनी आउँदै
२०७९ जेष्ठ २ गते, सोमबार
सोलुखुम्बुको सोताङमा कांग्रेस विजयी
२०७९ जेष्ठ २ गते, सोमबार
ओलीले मतदान गरेको वडामा कांग्रेसको प्यानलै विजयी
२०७९ जेष्ठ २ गते, सोमबार
भरतपुरमा रेनु दाहाल झिनो मतले पछाडि
२०७९ जेष्ठ २ गते, सोमबार
बालेन शाहलाई २३ सय भन्दा धेरै मतले अगाडि
२०७९ जेष्ठ २ गते, सोमबार
रामेछापको सुनापती–१ मा नेपाली काँग्रेसका उम्मेदवार चौलागाई १५ मतले विजयी
२०७९ जेष्ठ १ गते, आईतवार
यी हुन् राप्रपाले हालसम्म जितेका देशभरका ११ वडा
२०७९ जेष्ठ १ गते, आईतवारलोकप्रिय
मौन अविधि आज राति १२ बजेबाट सुरु हुने, उल्लंघन गरे कारबाही
२०७९ बैशाख २७ गते, मंगलवारदाजुद्वारा भाईको कफीशप उद्घाटन
२०७८ पुष १९ गते, सोमबार
पेट्रोलियम पदार्थको मूल्यवृद्धिविरुद्ध ३० गते नेपाल बन्द
२०७८ कार्तिक २६ गते, शुक्रबारसुरजवीर बज्राचार्यको नयाँ गीत ‘हाकुमैंचा’ सार्वजनिक (गीतसहित)
२०७८ भाद्र ६ गते, आईतवार
जेफ बेजोसले आज अंतरिक्षको उडान भर्ने, यो यात्रामा के–के होला
२०७८ श्रावण ५ गते, मंगलवार
खुशीको खबर : ५० कित्ता पर्ने आइपियो निस्कासन हुदै, कहिले होला त निस्कासन ?
२०७८ असार २४ गते, बिहीबार
खुशीकाे खबर ! ३३ करोडको आईपीओ निष्कासन हुँदै, अब पैसा जम्मा गर्नुहाेस् ।
२०७८ असार २४ गते, बिहीबार
खुशीको खबर : ५० कित्ता पर्ने आइपियो निस्कासन हुदै, कहिले होला त निस्कासन ?
२०७८ असार २४ गते, बिहीबार