दुःखी पीडित सहयोग संस्थाको अध्यक्षमा ढुंगाना

२०७८ फाल्गुन १५ गते, आईतवार

काठमाडौं । निराकार दुःखी पीडित सहयोग संस्था नेपालको अध्यक्षमा अच्युतप्रसाद ढुंगाना चयन भएका छन् । शनिबार भएको प्रथम साधारणसभाले ढुंगानाको नेतृत्वमा पदाधिकारीसहित ९ जना रहेको समिति २ वर्षका लागि निर्विरोध निर्वाचित गरेको हो ।
निर्वाचन समितिका संयोजक ठाकुर प्रसाद पोखरेलले उपाध्यक्षमा सहदेव राउत, कोषाध्यक्षमा अर्जुन बस्नेत, सचिवमा मीनबहादुर कुँवर र सदस्यहरुमा राजकुमार श्रेष्ठ, राजेन्द्र तिमल्सिना, ज्ञानकुमारी कुँवर, विमला ढुंगाना र विनु राउत निर्विरोध निर्वाचित भएको घोषणा गरेका थिए । गत भदौ १६ गते गठन भएको तदर्थ समितिमा पनि यही समिति रहेको थियो । कार्यक्रममा कोषाध्यक्ष वस्नेतले आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए । वेवारिसे पशुपंक्षी, सडकमा मृत भेटिएका सबै जन्तु जनावरदेखि लिएर अनाथ, असाहय बालबालिका, वृद्धवृद्धाका साथै सबैको उद्धार गर्ने संस्थाको उद्येश्य रहेको नव निर्वाचित अध्यक्ष ढुंगानाले बताए । उनले संस्थाले उद्येश्य अनुसारको काम गर्दै आएको र आगामी दिनमा संस्थाको कामलाई फराकिलो पार्दै लाने जनाएका छन् । विभिन्न सामाजिक गतिविधिमा सक्रिय ढुंगानाले संस्था नै खोलिसकेपछि काम गर्न सजिलो हुने भएकाले सबैको सल्लाहमा संस्था स्थापना गरिएको जनाएका छन् । संस्थाको केन्द्रीय कार्यालय काठमाडौंका। कोटेश्वरमा रहेको छ ।
कार्यक्रममा सहयोग गर्ने सहयोगीहरुलाई प्रशंसापत्र र मायाको चिनो प्रदान गरिएको थियो । विभिन्न सांस्कृतिक कार्यक्रमसहित भएको साधारणसभामा प्रमुख अतिथि सुरेन्द्र केसी, विशिष्ट अतिथि सुरेन्द्र भण्डारीलगायतका अन्य अतिथिहरुले संस्थाको प्रगतिको कामना गर्दै शुभकामना दिएका थिए । उनीहरुले समसामयिक राजनीतिका बारेमा पनि बोलेका थिए ।

217 Views

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा

भोटेकोशी बाढीबाट अहिलेसम्म १ हजार ४०३ जनाको शव फेला

२०८३ भाद्र ३१ गते, बुधबार

भोटेकोशी बाढीबाट अहिलेसम्म १ हजार ४०३ जनाको शव फेला

२०८३ भाद्र ३१ गते, बुधबार

तामाङ कथानक चलचित्र ‘ङाला सेम्जो’ को दुई दिने विशेष प्रदर्शन सम्पन्न

२०८३ भाद्र ३१ गते, बुधबार

ऊर्जा मन्त्री विराजभक्त श्रेष्ठको दक्षिण कोरियाको भ्रमण रद्ध

२०८३ भाद्र ३१ गते, बुधबार

प्रधानमन्त्री बालेनद्वारा मन्त्रिपरिषद् बैठक आव्हान

२०८३ भाद्र ३१ गते, बुधबार

गौँथली’ले मनायो ५१औँ दिन

२०८३ भाद्र २२ गते, सोमबार

कोशी ब्यारेजका २७ ढोका खुल्ला

२०८३ भाद्र २२ गते, सोमबार

बाढीमा ज्यान गुमाएकाको सम्मानमा आज राष्ट्रिय शोक

२०८३ भाद्र २२ गते, सोमबार

भोटेकोशी बाढीमा १ हजार ३५१ शव फेला

२०८३ भाद्र २२ गते, सोमबार

त्रिशूली–३ ‘ए’ को सुरुङभित्रबाट एक जनाको जीवितै उद्धार

२०८३ भाद्र १९ गते, शुक्रबार

विपत्तिमा धैर्यको परीक्षा हुन्छः प्रधानमन्त्री

२०८३ भाद्र १९ गते, शुक्रबार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal