‘चेपाङको छोरो मन्त्री हुनु हुँदैन भनेर कहाँ लेखेको छ भन्न बाध्य भएँ’

२०७८ फाल्गुन ८ गते, आईतवार

काठमाडौं । वागमती प्रदेशका नेपाली कांग्रेसका सांसद् सन्तबहादुर प्रजा भौतिक पूर्वाधार तथा विकास राज्यमन्त्री भएपछि कति दिन त जवाफ दिँदादिँदै हैरान भए । चेपाङको छोरो पनि मन्त्री भएको भनेर सडक र बजारतिर खासखुस गर्न थाले, उनी सुनेर बसिरहे ।
‘मैले पार्टीमा र जनताको लागि पु¥याएको योगदानलाई कम मूल्यांकन गर्नु हुँदैन, मैले जति गरेको छु त्यसलाई भोलिको दिनमा बढाउँदै लान्छु’ राज्यमन्त्री प्रजाले भने ‘ भन्नेको मुख थुन्न सकिँदैन, उहाँहरु पनि म मन्त्री भएकोमा खुशी हुनुहुन्छ त्यसैले खुशीको आवाज व्यक्त गरेको भन्ने लाग्छ ।’ उनी लामो समयदेखि राजनीति गर्दै आएका छन् । कांग्रेसले नै देशको लागि केही गर्छ र कांग्रेस नै निर्णायक शक्ति हो भन्ने बुझेका उनी देशलाई कस्तो बाटोमा डो¥याउने भन्ने जिम्मेवारी कांग्रेसको काँधमा आएको बताउँछन् । ‘कम्युनिष्टहरुलाई जनताले त्यत्रो मत दिए, उनीहरुले त्यसलाई सम्मान गर्न सकेनन्, देशमा संकट आइसकेपछि कांग्रेसलाई देश जिम्मा लगाए’ उनले भने ‘कांग्रेसले जिम्मेवारी पाएको छ, यो हाम्रो लागि गरेर देखाउने एउटा अवसर हो, कांग्रेस कहिले पनि आत्तिने र मात्तिने पार्टी होइन र त्यसो गर्नु पनि हुँदैन ।’ उनी कांग्रेसले ‘हामीलाई सरकार चाहियो’ भनेर नमागेको र कम्युनिष्टहरुको झगडाले नै सरकारको नेतृत्व गर्न कांग्रेस बाध्य भएको बताउँछन् । उनले बिग्रिँदै गएको राजनीतिलाई कांग्रेसले सही बाटोमा ल्याउँदै गरेको दाबी गरेका छन् । मन्त्री प्रजाले कांग्रेसले तीनवटै तहको निर्वाचन कुशलतापूर्वक गरेर आफ्नो जिम्मेवारीबोध गर्ने बताए । हिजो कांग्रेसलाई असहज भएको अवस्थामा पनि निर्वाचन गराउन कांग्रेस पछि नपरेको भन्दै उनले थपे ‘निर्वाचनमा हार्ने निश्चित हुँदाहँदै पनि कांग्रेसले पटक पटक निर्वाचन गराएको इतिहास छ, अहिले त हामी बलियो भएका छौं त्यसैले कुनै डर छैन ।’
उनी चेपाङ समुदायबाट मन्त्री हुने नेपालकै पहिलो व्यक्ति हुन् । उनले मन्त्रीको नाम सिफारिस गर्ने प्रदेशका संसदीय दलका नेता इन्द्रबहादुर बानियाँ, संसदीय दलका साथै पार्टीप्रति पनि आभार व्यक्त गरेका छन् । ‘मेरो क्षमतालाई पत्याएर, केही गर्न सक्छन् भनेर मन्त्री बनाइएको छ, झण्डा हल्लाउनेमात्र मेरो लक्ष्य होइन’ उनी भन्छन् ‘हिजो समाजमा बसेर समाजको लागि काम गरें, संसदमा हुँदा पनि जिम्मेवारी निभाएँ, अहिले पनि केही न केही गरिरहेको छु, अब मन्त्री भएपछि प्रदेशको र देशको लागि काम गरेर उदाहरणीय बन्छु ।’ उनले संविधानले दिए अनुसारको काम गर्ने बताएका छन् । विकास निर्माणसँग सम्बन्धित मन्त्रालय भएकाले धेरैवटा योजना अघि बढाउनुपर्ने र जनतालाई सरकार भएको वास्तविक अनुभूति दिनुपर्ने उनको भनाई छ । वागमती प्रदेशमा प्रशस्तै सम्भावना भएकाले त्यसलाई आधार मान्दै सरकारले दीर्घकालीन र अल्पकालीन योजना बनाउँदै गरेको उनले स्पष्ट पारेका छन् ।
यसअघिको सरकारले मन्त्रालयको भवन नबनाएकोमा उनले गुनासो गरेका छन् । झ्यालैपिच्छे मन्त्रालय र मन्त्री बनाए वागमती प्रदेशमा भन्ने कुराको जवाफ उनी यसरी दिन्छन् ‘संविधानले प्रदेश सांसद्को २० प्रतिशतसम्म मन्त्री बन्न पाउने व्यवस्था गरेको छ, वागमतीमा १ सय १० जना सांसद् छौं, २२ जनासम्म मन्त्री बनाउन पाइन्छ त्यति पुगेको छैन, पहिलेको सरकार मन्त्रालय बनाइदिएको भए हुन्थ्यो नि ।’ उनले बुझेर मात्र सरकारको आलोचना गर्न र संविधान हेर्नसमेत विरोधीलाई आग्रह गरेका छन् । प्रदेश सरकार अस्तव्यस्त भएको र जनताको भावना अनुसार काम गर्न नसकेको गुनासो उनले पनि सुनेका छन् । नयाँ सञ्रचना र व्यवस्था भएकाले जनताले चाहेजस्तो हुन नसकेको उनी स्विकार्छन् तर प्रदेश नै काम छैन भनेर गरिएको आलोचनालाई उनी मान्न तयार छैनन् ।
‘संविधानले नै प्रदेशलाई मानेको छ, संघीयताको मर्म अनुसार सरकार चलिरहेको छ, जसले संविधान पढ्दैन र बुझ्दैन उसले के के भन्छ त्यतातिर म लाग्दिन’ उनले भने । देश विकास गर्ने आफुहरुको चाहनामा सबैको सहयोगको अपेक्षा गरेका छन् ।

179 Views

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा

थाइल्याण्ड अन्तर्राष्ट्रिय खुल्ला कराते प्रतियोगितमा नेपाल सोतोकान कराते डो संघ (SKDUN) का खेलाडीहरु सहभागी हुदै

२०८३ जेष्ठ २२ गते, शुक्रबार

थाइल्याण्ड अन्तर्राष्ट्रिय खुल्ला कराते प्रतियोगितमा नेपाल सोतोकान कराते डो संघ (SKDUN) का खेलाडीहरु सहभागी हुदै

२०८३ जेष्ठ २२ गते, शुक्रबार

हाउसफूल हुँदै ‘रोल नं १’

२०८३ जेष्ठ २१ गते, बिहीबार

यी हुन् ‘बाः एक योद्धा’ले लुकाएका चार कलाकार

२०८३ जेष्ठ २१ गते, बिहीबार

विद्यालयका कर्मचारीहरूद्वारा आन्दोलनको घोषणा

२०८३ जेष्ठ २१ गते, बिहीबार

एसियन गेम्स क्वालिफायरः मलेसियाविरुद्ध नेपालको सहज जित

२०८३ जेष्ठ २१ गते, बिहीबार

टिकटकर तुलसा अधिकारी पुर्पक्षका लागि जेल चलान

२०८३ जेष्ठ २१ गते, बिहीबार

आफूहरू बाध्य भएर पार्टी छाड्ने निर्णयमा पुग्यौंः डा. राणा

२०८३ जेष्ठ २१ गते, बिहीबार

अन्ततः राप्रपामा फुट्यो, महामन्त्री डा. धवलशम्शेर राणासहित १८३ नेताद्वारा सामूहिक राजीनामा

२०८३ जेष्ठ २१ गते, बिहीबार

हिन्दुधर्म विश्वको पुरानो धर्म

२०८३ जेष्ठ २० गते, बुधबार

पुष्प वर्षासहित भाजपा मुख्यालयमा रविको भव्य स्वागत

२०८३ जेष्ठ १९ गते, मंगलवार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal