जितेन्द्र रसिकको १३औं कृति ‘हनुमानको करामत’ बजारमा

२०७८ फाल्गुन ५ गते, बिहीबार

काठमाडौं । बालसाहित्य क्षेत्रमा कलम चलाउदैं आएका सर्जक जितेन्द्र रसिकको नयाँ कृति ‘हनुमानको करामत’ बजारमा आएको छ । बालचित्र कथा कृति इर्टनल प्रकाशन प्रालिले बजारमा ल्याएको हो । उक्त चित्रकथामा बालमनोविज्ञानमा आधारीत रहेर राम र हनुमानको रोचक कथानक उठान गरिएको छ। चित्रकथामा बालबालिकाले सजिल बुझिने गरि सरल भाषा र चित्रकोे प्रयोग गरिएको छ ।
ऐतिहासिक विषयलाई जति पढ्यो त्यति नै पढुँ पढुँ लाग्ने गरि कथा प्रस्तुत गरिएको छ । कथामा अयोध्याका राजा राम उपत्यका चहार्ने क्रममा समस्यामा पर्दा आफ्ना परमभक्त हनुमानले देखाएको करामतको पर्दाफास गरिएको छ । राम र हनुमानको उपत्यका यात्राका विषयलाई मिथकमा आधारित भएर कथालाई रोचक तरिकाले प्रस्तुत गरिएको छ । कथा कृति पढेपछि बालबालिकाले भरपुर मनोरञ्जनका साथै राम र हनुमानका ऐतिहासिक विषयबारे पनि जानकारी लिन सकिने कथाकार रसिकको भनाई छ । कथामा राम र हनुमान भ्रमणका क्रममा भक्तपुरको हनुमन्ते खोला पुगेको र हनुमन्ते खोलामा हनुमान र राम विच भएका गतिविधिको चित्रण गरिएको छ । ऐतिहासिक साँस्कृतिक कथा भएकाले बालबालिकाले चित्र कथा हेरेर र पढेर भरपुर रमाइलो मात्र गर्नेल छैनन् उनीहरुले कथाभित्रै परापुर्वकालका घटनाहरुको ज्ञान समेत राख्न सक्ने छन् । इर्टनल प्रकाशन प्रा.लि.ले पकाशन गरेको उक्त कृतिको आवरण चर्चित चित्रकार प्रज्वल थापाको रहेको छ ।
विद्यालयका विद्यार्थीलाई लक्षित ‘हनुमानको करामत’ चित्रकथा प्राथमिक तहका बालबालिकाका लागि उपयोगी पुस्तक रहेको इर्टनल प्रकाशन प्रालिले जनाएको छ । पुस्तकको मूल्य रु १५५ रुपैयाँ रहेको छ । रंगीन चित्रहरुले चित्रकथा आकर्षक देखिएको छ ।हनुमानको करामत’ रसिकको १३ औं कृति हो । यसअघि बाल साहित्यका कृतिहरुमा एलियनको पृथ्वी भ्रमण (बालकथा सङ्ग्रह –२०७२)हावा फल्ने रुख (बालचित्र कथा–२०७३)एङ्ग्री बर्ड (अंग्रेजी बालकथा सङ्ग्रह –२०७४)बेलबहादुरसँग विहे ( चित्रकथा –२०७७)गुलेली (बालकथा सङ्ग्रह) २०७७ प्रकाशित छन् । बालकथा बाहेक उपन्यास, गीत, गजल। कविता लगायत विविध विधामा ससक्त कलम चलाउँदै आएका रसिककाकाफिया (गजल सङ्ग्रह–२०७३), लज्जावती (उपन्यास –२०७३), अलकापुरी भक्तपुर (सम्पदा नालीबेली –२०७५), सर्वरत्न (पद्मरत्न तुलाधरको जीवनी –२०७६ ) र पव्लिक स्पिकिङ (उद्घोषण तथा सञ्चार सिकाई पुस्तक– २०७७)लगायत प्रकाशित छन् ।

269 Views

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा

नेपाल समूह विजेता बन्दै क्वार्टरफाइनलमा

२०८३ आश्विन १० गते, शनिबार

नेपाल समूह विजेता बन्दै क्वार्टरफाइनलमा

२०८३ आश्विन १० गते, शनिबार

प्रधानमन्त्री बालेन आज स्वदेश फर्किंदै

२०८३ आश्विन १० गते, शनिबार

एकपल्ट पुग्नै पर्ने ठाउँ, काभ्रेको अनैकोट भ्यू टावर

२०८३ आश्विन १० गते, शनिबार

कृष्णभीरमा पहिरो खसेपछि मुग्लिन–काठमाडौं सडक पूर्णरूपमा अवरुद्ध

२०८३ आश्विन ९ गते, शुक्रबार

यस्तो छ प्रधानमन्त्री बालेन्द्र शाहद्वारा राष्ट्रसंघको महासभालाई गरेको सम्बोधनको पूर्णपाठ

२०८३ आश्विन ९ गते, शुक्रबार

प्रधानमन्त्री शाहले राष्ट्रसंघको महासभालाई के–के भने

२०८३ आश्विन ९ गते, शुक्रबार

डोल्पाका जुफाल विमानस्थलमा सीता एयरको जहाज दुर्घटना

२०८३ आश्विन ८ गते, बिहीबार

आजदेखि देशभर मुसलधारे वर्षा

२०८३ आश्विन ८ गते, बिहीबार

गोविन्द्रराज तिमिल्सेनाको ‘जिन्दगीको यात्रा’ मुक्तकसङ्ग्रह लोकार्पण

२०८३ आश्विन ४ गते, आईतवार

आज संविधान दिवसः अधिकार, दायित्व र समृद्धिको संकल्प

२०८३ आश्विन ३ गते, शनिबार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal