देउवा, ओली र प्रचण्डबीच बालुवाटारमा छलफल शुरु

२०७८ माघ २३ गते, आईतवार

काठमाडौं । बालुवाटारमा प्रधानमन्त्री शेरबहादुर देउवा, प्रमुख प्रतिपक्ष नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र सत्ता गठबन्धनको प्रमुख एक घटक, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच छलफल सुरु भएको छ।

प्रधानमन्त्री देउवाको निम्तोमा एमाले अध्यक्ष ओली आइतबार अपराह्न बालुवाटार पुगेका हुन्। तीन नेताबीच अमेरिकी सहयोग नियोग, मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) सँगको सम्झौता र आसन्न स्थानीय निर्वाचनबारे छलफल हुने जनाइएको छ।

खासगरी एमसीसीको विषयले सत्ता गठबन्धनका दलहरुबीच विवाद देखापरेका बेला प्रधानमन्त्री देउवाले प्रतिपक्षी नेतालाई समेत छलफलका लागि बालुवाटार बोलाएका बोलाएका हुन्।

प्रधानमन्त्रीबाट हटेपछि ओली पहिलोपटक बालुवाटार पुगेका हुन्। यसअघि प्रधानमन्त्री देउवा नै बालकोट पुगेर एमाले अध्यक्ष ओलीसँग छलफल गरेका थिए।

212 Views

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा

मध्यरातमा फेसबुकमार्फत प्रधानमन्त्रीको व्यंग्यः ‘मलाई पनि एम्बासडर बन्न मन छ, पीएमको नम्बर दिनुस् न’

२०८३ जेष्ठ २४ गते, आईतवार

मध्यरातमा फेसबुकमार्फत प्रधानमन्त्रीको व्यंग्यः ‘मलाई पनि एम्बासडर बन्न मन छ, पीएमको नम्बर दिनुस् न’

२०८३ जेष्ठ २४ गते, आईतवार

हामी र हाम्रो कृति समाजको २५औँ कृति मीरा न्यौपाने गजुरेलको मुक्तकसङ्ग्रह ‘मधुरिमा’ सार्वजनिक

२०८३ जेष्ठ २४ गते, आईतवार

थाइल्याण्ड अन्तर्राष्ट्रिय खुल्ला कराते प्रतियोगितमा नेपाल सोतोकान कराते डो संघ (SKDUN) का खेलाडीहरु सहभागी हुदै

२०८३ जेष्ठ २२ गते, शुक्रबार

हाउसफूल हुँदै ‘रोल नं १’

२०८३ जेष्ठ २१ गते, बिहीबार

यी हुन् ‘बाः एक योद्धा’ले लुकाएका चार कलाकार

२०८३ जेष्ठ २१ गते, बिहीबार

विद्यालयका कर्मचारीहरूद्वारा आन्दोलनको घोषणा

२०८३ जेष्ठ २१ गते, बिहीबार

एसियन गेम्स क्वालिफायरः मलेसियाविरुद्ध नेपालको सहज जित

२०८३ जेष्ठ २१ गते, बिहीबार

टिकटकर तुलसा अधिकारी पुर्पक्षका लागि जेल चलान

२०८३ जेष्ठ २१ गते, बिहीबार

आफूहरू बाध्य भएर पार्टी छाड्ने निर्णयमा पुग्यौंः डा. राणा

२०८३ जेष्ठ २१ गते, बिहीबार

अन्ततः राप्रपामा फुट्यो, महामन्त्री डा. धवलशम्शेर राणासहित १८३ नेताद्वारा सामूहिक राजीनामा

२०८३ जेष्ठ २१ गते, बिहीबार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal