यथास्थितिमा एमसीसी संसद्मा टेबुल भए राप्रपाले विपक्षमा मतदान गर्छः महामन्त्री पाठक

काठमाडौं । राप्रपाका महामन्त्री भुवन पाठकले यथास्थितिमा एमसीसी संसद्मा टेबुल भए आफ्नो पार्टीले एमसीसीको पक्षमा मतदान नगर्ने बताएका छन् । उनले भने,‘यथास्थितिमा एमसीसी पारित गर्नुहुँदैन् । एमसीसी सम्झौतामा भएका केही दफाहरु विवादित छन्, राष्ट्रिय अखण्डतामा प्रभावित पार्ने खालका छन् । त्यसैले यथास्थितिमा एमसीसी पारित गर्नुहुँदैन् । र, यथास्थितिमा एमसीसीबारे संसद्मा मतदान भयो भने राप्रपाले विपक्षमा मतदान गर्छ ।’
आज रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको विशेष साक्षात्कारमा बोल्दै महामन्त्री पाठले यस्तो बताएका हुन् । उनले पार्टी कुनैपनि हालतमा नफुट्नेसमेत दाबी गरे । उनले भने,‘निवर्तमान अध्यक्ष कमल थापाले केही माग राख्नुभएको छ । ती मागबारे पार्टीभित्र अनौपचारिक रुपमा छलफल जारी छ । हिजो बिहान निवर्तमान अध्यक्ष कमल थापा र वर्तमान अध्यक्ष राजेन्द्र लिङ्देनबीच छलफल भएको छ। यो आईसब्रेक भएको छ । कसरी मिलेर जाने भन्ने विषयमा उहाँहरुबीच छलफल भएको छ । अब पार्टी विभाजन हुने सम्भावना छैन ।’
साक्षात्कारमा बोल्दै पाठकले अब पार्टी एकताबद्ध भएर स्थानीय तहको निर्वाचनमा जाने बताएका छन् । उनले भने,‘राप्रपा फुद्दैन भन्ने आाधार त लामो समयपछि निवर्तमान अध्यक्ष थापा र वर्तमान अध्यक्ष राजेन्द्र लिङ्देनबीच भेटवार्ता भएको छ । यो त आईसब्रेक भयो । उहाँहरुबीच सम्वाद प्रारम्भ भयो । पार्टीका सबै तह र तप्काका साथीहरुले पनि पार्टीलाई एकताबद्ध राख्नुपर्छ भन्ने पक्षमा र्छौं । अब हामीले स्थानीय तहको निर्वाचनको मिति घोषणा भयो भने पार्टीको अर्जुनदृष्टि निर्वाचनमा राख्छौं ।’
पत्रकार धमलाले निवर्तमान अध्यक्ष कमल थापाले त महाधिवेशनमा नर्मल निवासको हस्तक्षेपबारे छानबिनको माग गर्नुभएको छ ? छानबिन हुन्छ कि हुँदैन् ? भन्नेबारे प्रश्न राखेकोबारे उनले भने,‘अहिले पूर्व अध्इक्ष र वर्तमान अध्यक्षबीच सम्वाद प्रारम्भ भएको छ । उहाँहरुको बीचमा फेरि पनि भेटवार्ता हुनसक्छ। केही न केही निश्कर्ष निस्किन्छ । पार्टी विभाजन हुने सम्भावना छैन ।
ताजा

पोखरामा एमालेभन्दा एकीकृत समाजवादी अगाडि
२०७९ जेष्ठ २ गते, सोमबार
पोखरामा एमालेभन्दा एकीकृत समाजवादी अगाडि
२०७९ जेष्ठ २ गते, सोमबार
भरतपुरमा १४ मतले पछि परिन रेणु दाहाल
२०७९ जेष्ठ २ गते, सोमबार

भारतका प्रधानमन्त्री नरेन्द्र मोदी आज लुम्बिनी आउँदै
२०७९ जेष्ठ २ गते, सोमबार
सोलुखुम्बुको सोताङमा कांग्रेस विजयी
२०७९ जेष्ठ २ गते, सोमबार
ओलीले मतदान गरेको वडामा कांग्रेसको प्यानलै विजयी
२०७९ जेष्ठ २ गते, सोमबार
भरतपुरमा रेनु दाहाल झिनो मतले पछाडि
२०७९ जेष्ठ २ गते, सोमबार
बालेन शाहलाई २३ सय भन्दा धेरै मतले अगाडि
२०७९ जेष्ठ २ गते, सोमबार
रामेछापको सुनापती–१ मा नेपाली काँग्रेसका उम्मेदवार चौलागाई १५ मतले विजयी
२०७९ जेष्ठ १ गते, आईतवार
यी हुन् राप्रपाले हालसम्म जितेका देशभरका ११ वडा
२०७९ जेष्ठ १ गते, आईतवारलोकप्रिय
मौन अविधि आज राति १२ बजेबाट सुरु हुने, उल्लंघन गरे कारबाही
२०७९ बैशाख २७ गते, मंगलवारदाजुद्वारा भाईको कफीशप उद्घाटन
२०७८ पुष १९ गते, सोमबार
पेट्रोलियम पदार्थको मूल्यवृद्धिविरुद्ध ३० गते नेपाल बन्द
२०७८ कार्तिक २६ गते, शुक्रबारसुरजवीर बज्राचार्यको नयाँ गीत ‘हाकुमैंचा’ सार्वजनिक (गीतसहित)
२०७८ भाद्र ६ गते, आईतवार
जेफ बेजोसले आज अंतरिक्षको उडान भर्ने, यो यात्रामा के–के होला
२०७८ श्रावण ५ गते, मंगलवार
खुशीको खबर : ५० कित्ता पर्ने आइपियो निस्कासन हुदै, कहिले होला त निस्कासन ?
२०७८ असार २४ गते, बिहीबार
खुशीकाे खबर ! ३३ करोडको आईपीओ निष्कासन हुँदै, अब पैसा जम्मा गर्नुहाेस् ।
२०७८ असार २४ गते, बिहीबार
खुशीको खबर : ५० कित्ता पर्ने आइपियो निस्कासन हुदै, कहिले होला त निस्कासन ?
२०७८ असार २४ गते, बिहीबार