यथास्थितिमा एमसीसी संसद्मा टेबुल भए राप्रपाले विपक्षमा मतदान गर्छः महामन्त्री पाठक

२०७८ माघ २३ गते, आईतवार

काठमाडौं । राप्रपाका महामन्त्री भुवन पाठकले यथास्थितिमा एमसीसी संसद्मा टेबुल भए आफ्नो पार्टीले एमसीसीको पक्षमा मतदान नगर्ने बताएका छन् । उनले भने,‘यथास्थितिमा एमसीसी पारित गर्नुहुँदैन् । एमसीसी सम्झौतामा भएका केही दफाहरु विवादित छन्, राष्ट्रिय अखण्डतामा प्रभावित पार्ने खालका छन् । त्यसैले यथास्थितिमा एमसीसी पारित गर्नुहुँदैन् । र, यथास्थितिमा एमसीसीबारे संसद्मा मतदान भयो भने राप्रपाले विपक्षमा मतदान गर्छ ।’
आज रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको विशेष साक्षात्कारमा बोल्दै महामन्त्री पाठले यस्तो बताएका हुन् । उनले पार्टी कुनैपनि हालतमा नफुट्नेसमेत दाबी गरे । उनले भने,‘निवर्तमान अध्यक्ष कमल थापाले केही माग राख्नुभएको छ । ती मागबारे पार्टीभित्र अनौपचारिक रुपमा छलफल जारी छ । हिजो बिहान निवर्तमान अध्यक्ष कमल थापा र वर्तमान अध्यक्ष राजेन्द्र लिङ्देनबीच छलफल भएको छ। यो आईसब्रेक भएको छ । कसरी मिलेर जाने भन्ने विषयमा उहाँहरुबीच छलफल भएको छ । अब पार्टी विभाजन हुने सम्भावना छैन ।’

साक्षात्कारमा बोल्दै पाठकले अब पार्टी एकताबद्ध भएर स्थानीय तहको निर्वाचनमा जाने बताएका छन् । उनले भने,‘राप्रपा फुद्दैन भन्ने आाधार त लामो समयपछि निवर्तमान अध्यक्ष थापा र वर्तमान अध्यक्ष राजेन्द्र लिङ्देनबीच भेटवार्ता भएको छ । यो त आईसब्रेक भयो । उहाँहरुबीच सम्वाद प्रारम्भ भयो । पार्टीका सबै तह र तप्काका साथीहरुले पनि पार्टीलाई एकताबद्ध राख्नुपर्छ भन्ने पक्षमा र्छौं । अब हामीले स्थानीय तहको निर्वाचनको मिति घोषणा भयो भने पार्टीको अर्जुनदृष्टि निर्वाचनमा राख्छौं ।’

पत्रकार धमलाले निवर्तमान अध्यक्ष कमल थापाले त महाधिवेशनमा नर्मल निवासको हस्तक्षेपबारे छानबिनको माग गर्नुभएको छ ? छानबिन हुन्छ कि हुँदैन् ? भन्नेबारे प्रश्न राखेकोबारे उनले भने,‘अहिले पूर्व अध्इक्ष र वर्तमान अध्यक्षबीच सम्वाद प्रारम्भ भएको छ । उहाँहरुको बीचमा फेरि पनि भेटवार्ता हुनसक्छ। केही न केही निश्कर्ष निस्किन्छ । पार्टी विभाजन हुने सम्भावना छैन ।

177 Views

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा

मध्यरातमा फेसबुकमार्फत प्रधानमन्त्रीको व्यंग्यः ‘मलाई पनि एम्बासडर बन्न मन छ, पीएमको नम्बर दिनुस् न’

२०८३ जेष्ठ २४ गते, आईतवार

मध्यरातमा फेसबुकमार्फत प्रधानमन्त्रीको व्यंग्यः ‘मलाई पनि एम्बासडर बन्न मन छ, पीएमको नम्बर दिनुस् न’

२०८३ जेष्ठ २४ गते, आईतवार

हामी र हाम्रो कृति समाजको २५औँ कृति मीरा न्यौपाने गजुरेलको मुक्तकसङ्ग्रह ‘मधुरिमा’ सार्वजनिक

२०८३ जेष्ठ २४ गते, आईतवार

थाइल्याण्ड अन्तर्राष्ट्रिय खुल्ला कराते प्रतियोगितमा नेपाल सोतोकान कराते डो संघ (SKDUN) का खेलाडीहरु सहभागी हुदै

२०८३ जेष्ठ २२ गते, शुक्रबार

हाउसफूल हुँदै ‘रोल नं १’

२०८३ जेष्ठ २१ गते, बिहीबार

यी हुन् ‘बाः एक योद्धा’ले लुकाएका चार कलाकार

२०८३ जेष्ठ २१ गते, बिहीबार

विद्यालयका कर्मचारीहरूद्वारा आन्दोलनको घोषणा

२०८३ जेष्ठ २१ गते, बिहीबार

एसियन गेम्स क्वालिफायरः मलेसियाविरुद्ध नेपालको सहज जित

२०८३ जेष्ठ २१ गते, बिहीबार

टिकटकर तुलसा अधिकारी पुर्पक्षका लागि जेल चलान

२०८३ जेष्ठ २१ गते, बिहीबार

आफूहरू बाध्य भएर पार्टी छाड्ने निर्णयमा पुग्यौंः डा. राणा

२०८३ जेष्ठ २१ गते, बिहीबार

अन्ततः राप्रपामा फुट्यो, महामन्त्री डा. धवलशम्शेर राणासहित १८३ नेताद्वारा सामूहिक राजीनामा

२०८३ जेष्ठ २१ गते, बिहीबार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal