राजाले ‘कु’ गरेकै दिनबाट दरवारभित्र महायज्ञ लगाइँदै ?
काठमाडौं । तत्कालीन राजा ज्ञानेन्द्रले शासनसत्ता आफ्नो हातमा लिएर ‘कु’ गरेको दिन माघ १९ बाट नारायणहिटी दरवारभित्र महायज्ञ लगाउने तयारी भएको छ । ताराबहादुर कुँवर संयोजक रहेको हजुरलाई नमस्ते परोपकारी अभियान र युगप्रसाद धमला (हरी) संरक्षक रहेको झापामा केन्द्रीय कार्यालय रहेको सतिश्राप मोक्ष धामको संयुक्त आयोजनामा लगाउन लागिएको महायज्ञको विषयमा अनेक टिकाटिप्पणी भएका छन् ।
महायज्ञ आयोजक समितिका संयोजक कुँवरले महायज्ञको लागि सम्पूर्ण तयारी पूरा भइसकेको जनाएका छन् । देशलाई सतिले सरापेको भनिएको हुनाले त्यसैबाट मुक्ति दिलाउन ‘सतिश्राप मुक्ति शिवशक्ति श्री महायज्ञ’ महायज्ञ लगाउन लागिएको हो । उनले आफूहरुले साइत हेरेर नै महायज्ञ गर्ने निर्णय गरेकाले समयमा तलमाथि नहुने बताएका छन् । ‘काम गर्ने कुरामा सबैलाई चित्त बुझाउन सकिँदैन, कसले के भन्छ कसले के मतलव छैन’ उनले भने ‘अब हामी धेरै अघि बढिसक्यौं त्यसैले कसैको सानोतिनो प्रयासले महायज्ञ रोकिँदैन ।’ माघ १९ गतेबाट नै किन महायज्ञ भन्ने विषयमा उनले पुरानो इतिहासबारे कुनै हिसाव नगरेको स्पष्ट पारेका छन् । हिजोको राजनीतिक इतिहाससँग माघ १९ को सम्बन्ध भए पनि आफूहरुले त्यसलाई कुनै आधार नमानेको उनको भनाई छ । महायज्ञ गरेपछि देशमा सुख शान्ति र अमनचयन स्थापना हुने आयोजकको दाबी छ । महायज्ञ आयोजक समितिका सह–संयोजक रहेका सतिश्राप मोक्ष धामका संरक्षक धमलाले भने ‘हामीले एउटा लक्ष्य लिएर महायज्ञ लगाउन खोजेका हौं, हामी ढुक्क छौं त्यो लक्ष्यमा पुग्छौं ।’ धमलाले देशमा पछिल्लो समयमा अराजक गतिविधि बढ्दै गएको र मानिस मानिसबीचमा पनि वैमनश्यता र अन्तरद्धन्द्ध बढ्दै गएकाले त्यसलाई केहीमात्रामा भए पनि कम गर्न र समाजमा सकारात्मक सन्देश छर्न महायज्ञ लगाइन लागेको जनाए । उनले आफुहरु पनि महायज्ञ लगाउने सोचमा रहेको र कुँवर नेतृत्वको परोपकारी अभियान पनि त्यही सोचमा रहेकाले संयोगवश भेट भएपछि एकै पटक महायज्ञ लगाउने गरी सल्लाह भएर अघि बढेको जनाएका छन् । धमलाले यसबेला अनेक प्रश्न आए पनि त्यसको सामना गर्दै महायज्ञ सफल पार्न आफूहरु लागेको स्पष्ट पारेका छन् ।
२९ गतेसम्म चल्ने महायज्ञमा २१ जना पुरोहितले होम गर्ने र देशमा शान्ति स्थापनका लागि आव्हान गर्ने छन् । २०५८ साल जेष्ठ १९ गते दरवारभित्र काण्ड हुँदा तत्कालीन राजा बीरेन्द्र वीरविक्रम शाहका साथै रानी र राजपरिवारका अन्य सदस्यको दुःखद् हत्या भएको थियो । कुँवरले त्यो घटनापछि देशमा झन् अनिष्ट भएकाले त्यसलाई शान्त पार्न महायज्ञ लगाइएको जनाए । ‘त्यो दरवारभित्र अझै पनि तर्साउने, दिउँसै मान्छे कराउने र कताकताबाट नदेखिने आवाज सुनिन्छ अरे’ कुँवरले भने ‘पक्कै पनि त्यहाँ केही समस्या हुन सक्छ, महायज्ञ लगाएपछि त्यस्तो समस्या आउँदैन कि भन्ने पनि अपेक्षा गरेका छौं ।’ उनले ती भड्किरहेको आत्माको शान्तिको लागि महायज्ञबाहेक अरु कुनै विकल्प पनि नरहेको स्पष्ट पारेका छन् । कुँवरले मन्त्रालयले अनुमति दिएर नै महायज्ञ गर्न लागिएकाले वैधानिकताको बारेमा कुनै शंका नगर्न सबैलाई अनुरोध गरेका छन् । महायज्ञमा कथा नभनिने र सधैं बिहानदेखि बेलुकासम्म होममात्र गरिने आयोजकले जनाएको छ । उनीहरुले आफ्नै तर्फबाट अहिले केही रकम जम्मा गरेर महायज्ञ सफल पार्ने योजना बनाएका छन् । ‘पैसा धेरै उठ्ला र कमाउँला भनेर महायज्ञ लगाएका हौं भनेर भ्रममा कोही पर्नुभएको छ भने त्यसरी नबुझिदिनुहोला, हरहिसाव पारदर्शी हुन्छ’ सह–संयोजक धमलाले भने ‘ हामी कहिल्यै पनि अरुको एक पैसा खानु हुँदैन भन्ने सोचमा हुन्छौं, अझै धार्मिक काममा दायाँबायाँ गर्ने कुरै हुँदैन ।’ धर्ममाथि गरिने दुव्र्यवहार र आर्थिक अनियमितताले मानिसलाई कहिल्यै पनि भलो नगर्ने धमलाको बुझाई छ । महायज्ञको लागि बनाइएको मूल आयोजक समितिमा समाजमा कुनै न कुनै क्षेत्रमा नाम कमाएका र योगदान गरेका व्यक्तिहरु समेटिएका छन् । ‘हामीले बाल्यकालदेखि नै धर्ममा विश्वास राख्दै आएका हौं, माने पनि नमाने पनि एउटा अदृश्य शक्ति छ जसलाई परमपूज्य भगवान मान्छौं । नेपाल देश र जनताको भलो होस् भनेर यो महायज्ञ गर्ने आँट गरेका हौं, मैले नगरे कसले गर्ने? अहिले नगरे कहिले गर्ने ?’ कुँवर भन्छन् ।
महायज्ञका लागि तारा÷विरेन्द्र र रामचन्द्रको नाममा रहेको ०५५०५०३०२५७५१० नेपाल इन्भेष्टमेन्ट बैंक बाफल शाखामा खाता सञ्चालन गरिएको छ । रामचन्द्र पन्त (९८४१२८८२४१), संयोजक कुँवर (९८५१०९३४२५) लाई सिधै सम्पर्क गर्न सकिेन पनि आयोजकले जनाएको छ । कुँवरले आफूहरु सानैदेखि एउटा संस्कारमा हुर्किएको हुनाले समाजसेवा गर्न बढी रहर लाग्ने र धार्मिक आस्था बोकेको पनि स्पष्ट पारेका छन् । आयोजकले राष्ट्रपति, प्रधानमन्त्री, पूर्वराजा ज्ञानेन्द्र, मन्त्रीहरु, संवैधानिक निकायमा प्रमुख तथा पदाधिकारीका साथै सबैलाई उपस्थितिका लागि आग्रह गरेको छ । कुँवरले सबैलाई समाजसेवामा योगदान गर्न आग्रह गरेका छन् । ‘प्रशस्तै पैसा भएर जीवनलाई सुख शान्तिमा राखेकाले केही सहयोग गरे भने उनीहरुको केही बिग्रदैन’ कुँवरले भने ‘धन हुनेको मन अलिकति फराकिलो हुँदैन, मन हुनेले मात्र धन नभएपछि दिन सक्दैनन्, यो महायज्ञमा योगदान गरेर पूण्य कमाउनुहोला ।’
ताजा
पोखरामा पूर्वराजा ज्ञानेन्द्र शाह
२०८३ बैशाख ११ गते, शुक्रबार
पोखरामा पूर्वराजा ज्ञानेन्द्र शाह
२०८३ बैशाख ११ गते, शुक्रबार
आज देशभर बीसौँ लोकतन्त्र दिवस
२०८३ बैशाख ११ गते, शुक्रबार
खस क्षेत्री महाधिवेशन आज : अध्यक्ष पदमा अर्जुनबहादुर अधिकारी अग्रपंक्तिमा
२०८३ बैशाख ११ गते, शुक्रबार
आज र भोलि देशभरिका बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाइँदै
२०८३ बैशाख ६ गते, आईतवार
बर्दियाको राजापुर जाँदै गरेको एम्बुलेन्सको ठक्करबाट एकै परिवारका दुई जनाको मृत्यु
२०८३ बैशाख ६ गते, आईतवार
ट्रेड युनियन इन्टरनेशनद्वारा समसामयिक विषयमा छलफल र अन्तरक्रिया
२०८३ बैशाख ६ गते, आईतवार
संस्थापक अध्यक्ष प्रज्वल वस्नेतले नै छोडे एप्क्यान
२०८३ बैशाख ६ गते, आईतवार
‘जीवन रहरमै’ बजारमा
२०८२ चैत्र ३० गते, सोमबार
खेम सेन्चुरीले रन्काए “सुनको धारो, चाँदीको पँधेरो”
२०८२ चैत्र ३० गते, सोमबार
दर्शकको रोजाइमा ‘सधैं साथमा तिम्रो: १२ दिनमै १० लाख पार (भिडियो)
२०८२ चैत्र ३० गते, सोमबारलोकप्रिय
बर्दिया २, कसले जित्ला चुनाव ?
२०८२ माघ १३ गते, मंगलवार
फेकनको साधारणसभामा सरकारका नीति नियम र व्यावसायीका समस्याको बारेमा छलफल
२०८२ पुष २९ गते, मंगलवार
ओलीप्रति बालेनको कडा टिप्पणीः ‘तँ नेता त के मान्छे पनि बन्न सकेनस्’
२०८२ भाद्र २४ गते, मंगलवार
आइटम गीतमा अभिनय गर्दै लोकप्रियता कमाएकी गृष्मा पौडेल
२०८२ श्रावण १३ गते, मंगलवार
गुरु नैसर्गिक स्वभाव चिनाउने पूज्य पात्र हुन्ः प्रधानमन्त्री ओली
२०८२ असार २६ गते, बिहीबार
साइकल यात्राले गन्तव्य मात्र होइन, “स्वस्थ शरीर, स्वच्छ शहर” भन्ने सन्देश पनि पुर्याउँछः मन्त्री यादव
२०८२ जेष्ठ २४ गते, शनिबार
यार्सागुम्बा सकंलनका लागि शिक्षक–विद्यार्थी हिमालतिर, विद्यालय बन्द
२०८२ जेष्ठ ९ गते, शुक्रबार
पूर्वराजाद्वारा तीनकुने घटनाप्रति दुःख व्यक्त (भिडियो सहित)
२०८१ चैत्र ३१ गते, आईतवार





