‘चार महिनासम्म मुख नधोई फिल्म खेल्दा साथीहरु मसँग बस्न नै डराउँथे’

२०७८ माघ ९ गते, आईतवार

गंगा बराल
उमेश कार्कीलाई यसरी एक्लै फिल्म खेल्छु भन्ने लागेकै थिएन । जब उनले चलचित्र ‘अन्तिम पाना’ मा फिल्म खेल्ने अवसर पाए उनलाई केही समय अलमल भयो । एक्लैले मात्र चलचित्रभरि कसरी अभिनय गर्ने र कस्तो होला चलचित्र भन्ने प्रश्न उनको मनमा उब्जिइरह्यो ।
‘मैले एक्लै फिल्म खेल्न पाउनुलाई अवसरको रुपमा लिँए, अप्ठ्यारोभित्र नै सजिलो खोज्ने मेरो बानी भएकाले खासै फिल गरिन’ उनले भने ‘मलाई चलचित्र युनिटले जुन विश्वास गरेर जिम्मेवारी दियो त्यसलाई पूरा गर्नु मैले मेरो कर्तव्य ठानें ।’ चलचित्रको कथावस्तुबारे अहिले नै बताउँदा दर्शकलाई खल्लो हुने भएकाले कथा गोप्य नै राखिएको उमेशको भनाई छ । सुटिङ गर्दा कुकुर हराएको घटना उनी अधmै सम्झिन्छन् । माथि हिउँमा जानुपर्ने भएकाले कुकुर हिउँको पीडा सहन नसकी तल गाउँ झरेपछि कुकुर खोज्न सबैलाई एक दिन लागेको थियो । भोजपुरको ट्याम्के मैयुङ गाउँपालिका मैयुङ डाँडामा ३ हजार ३ सय ३३ मिटरको उचाइमा सुटिङ गर्दा वहेको हावाले उनको सातो नै लिएको थियो । चलचित्रमा नै केही गर्ने सोच बनाएका उनी दायाँबायाँ सोच्न पनि सक्दैनन् । भविष्यमा समाजसेवामा लाग्छु भन्ने उनले कलाकारिताबाट समाजमा सन्देश दिने सोच बनाएका छन् । ‘मेरो जीवन नै कलाकारितामा समर्पण भएको छ, योबाट उम्किने र पन्छिने सोच छैन’ उनी भन्छन् ‘मैले बाल्यकालदेखि नै यसमै भविष्य देखेको थिएँ र अझै खोजिरहेको छु ।’


उनलाई यो फिल्म गर्दाको क्षण साँच्चै अविस्मरणीय छ । झण्डै दुई महिना लगाएर सुटिङ गरिएको यो चलचित्रका लागि उनले लगभग दुई महिनाअघिदेखि नै मुख नधोई र ननुहाइ बस्नुपरेको थियो । त्यस्तै खालको भूमिका निर्वाह गर्नुपर्ने भएकाले उनले असहज भए पनि आफ्नो पेशागत धर्मलाई निभाए । झण्डै ४ महिनासम्म मुख नधुँदा र ननुहाउँदा आफ्नो शरीर कस्तो भयो होला भन्ने उनलाई लागिरहेको थियो । साथीहरु सँगै सुत्न त के छेउमा बस्न पनि डराउने गर्दथे । ‘अन्तिम पाना’ को लेखन र निर्देशन जीवन थापाले गरेका हुन् । उमेश चलचित्र युनिटप्रति पनि आभारी छन् । चलचित्रको छाँयाकन केदार राइले र सम्पादन विपिन मल्लले गरेका छन् । भोजपुरको ट्याम्के मैयुङ गाउँपालिका, अरुण गाउँपालिकालगायतमा यो चलचित्रको सुटिङ गरिएको छ । आफूले खेलेको फिल्म सफल हुनु जुनसुकै कलाकारको लागि पनि खुशीको कुरा हो । उमेशले फिल्म खेल्ने क्रममा धेरै नयाँ प्रयोग पनि सिकेका छन् । चलचित्रका निर्माता दिवाज राई किराँती पनि विशेष गरी नयाँ प्रयोग गर्न मन पराउने र चुनौती झेल्नमै खुशी हुने भएकाले पनि सबैको विचार मिलेको हो । चलचित्रलाई अन्तर्राष्ट्रिय महोत्सवमा सहभागी गराउने चलचित्र निर्माण पक्षको लक्ष्य रहेको छ । एकमात्र कलाकारले खेलेको फिल्म भनेर अन्तर्राष्ट्रिय बजारमा समेत चर्चा भएपछि पक्कै पनि दर्शकले मन पराउने उमेशको बुझाई छ । उमेश यो चलचित्र प्रदर्शन भएपछि दर्शकको रेस्पोन्स के आउँछ अनिमात्र अर्को चलचित्र खेल्ने पर्खाइमा छन् । ‘ अरु चलचित्रले पनि खेलिदिनुप¥यो भनेर अफर गरेका छन्, मैले केही समय पर्खिनुहोस् भनेको छु’ उनी सहजै भन्छन् ‘राम्रो चलचित्र गर्ने हो, दर्शकको मन जित्ने हो त्यसैले मलाई यति फिल्म खेलिसकें भनेर संख्या बढाउनु छैन, म सधैं गुणस्तर खोज्ने मान्छे हो ।’ कोरोनाको महामारी कम भएपछि यो चलचित्र प्रदर्शन हुने छ । यो चलचित्रले गिनिजबुकमा नाम लेखाउँछ भन्नेमा चलचित्र युनिट ढुक्क छ ।
ओखलढुंगाको खिजिदेम्बा गाउँपालिका ८ (साविक भुसिङ्गा गाविस ३) घर भएका उमेशको जीवन पनि चलचित्रजस्तै छ । उनले जीवनका कतिपय मोडबारे खुलेर कुरा गरेका पनि छैनन् । सबै कुरा भन्यो भने खासै मजा आउँदैन भन्ने उनको एकमात्र सोच कलाकारिताबाट नै आफूलाई स्थापित गर्नु भन्ने हो । गाउँघरमा सडक नाटक गरे समाजमा कलकारितासँगै चेतना बाँडेका उनी अवसर खोज्दै काठमाडौं आइपुगेका हुन् । सुरुवातमा काठमाडौंको बसाई पनि त्यति सहज भएन तर पनि सजिलै पचाइदिए । काठमाडौं मलमा रहेको थिएटर मलमा तालिम सञ्चालन हुने भनेर सूचना पाएपछि सिधैं उतै हानिए । उनले त्यहाँ लेखन, निर्देशन र डान्स सिके । उनले केही नाटक र म्युजिक भिडियोमा पनि अभिनय गरेका छन् ।


उनी आफ्नो क्षेत्रको तालिम लिन र सिक्न भनेपछि निकै उत्साहित हुने गर्दछन् । कहिलेकाहीँ मात्र फाट्टफुट्ट चलचित्र खेलेर जीवन चलाउन सकिन्छ त ? भन्ने प्रश्नमा उमेशको जवाफ बेग्लै प्रकारको छ ‘ जीवन चल्ने होइन, आफूले चलाउने हो, जस्तो चलायो त्यस्तै चलिदिन्छ जीवन ।’

299 Views

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा

‘एलिफेन्ट्स इन द फग’का निर्मातालाई प्रश्न– यो तेस्रोलिंगीहरूको कथाको सिनेमा हो ?

२०८३ भाद्र ८ गते, सोमबार

‘एलिफेन्ट्स इन द फग’का निर्मातालाई प्रश्न– यो तेस्रोलिंगीहरूको कथाको सिनेमा हो ?

२०८३ भाद्र ८ गते, सोमबार

‘द राइज अफ साम्राज्य’मा अञ्जनाको प्रवेश

२०८३ भाद्र ८ गते, सोमबार

चलचित्र ‘माया भनेकै यस्तो होला’को तीज गीत सार्वजनिक

२०८३ भाद्र ८ गते, सोमबार

पीडामा पनि छोरीको मायाले बाँच्ने साहस : ‘नौ गेडी–२’ सार्वजनिक

२०८३ भाद्र ८ गते, सोमबार

लायन सानु सुर्खाली श्रेष्ठको माइत आइन बजारमा (भिडियोसहित)

२०८३ भाद्र ८ गते, सोमबार

साढे ५ महिनापछि काठमाडौं ओर्लिए देउवा

२०८३ श्रावण २८ गते, बिहीबार

‘बा : एक योद्धा’का दुई गीतलाई दर्शकले दिए रेटिङ

२०८३ श्रावण २८ गते, बिहीबार

पत्रकार किशोर श्रेष्ठलाई रिहा गर्न माग गर्दै पत्रकार महासंघ आन्दोलित

२०८३ श्रावण २८ गते, बिहीबार

रोल्पाको थबाङमा पहिरो जाँदा तीन जनाको मृत्यु, नौ जना बेपत्ता

२०८३ श्रावण २८ गते, बिहीबार

सिड्नीकी नर्स तथा गीतकार यशोदाको शब्दमा आयो ‘ए मैना सुनन’

२०८३ श्रावण २७ गते, बुधबार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal