‘मास्क नलगाउनेलाई ठाउँको ठाउँ कारबाही’

२०७८ माघ ९ गते, आईतवार

सुरेन्द्र सिलवाल
भक्तपुर । भक्तपुरकी प्रमुख जिल्ला अधिकारी (सिडिओ) रुद्रादेवी शर्माले मास्क नलगाई हिँड्नेलाई ठाउँको ठाउँ कारबाही गरिने बताएकी छिन् ।
उनले कोरोनाको संक्रमण बढ्दै गएकाले त्यसतर्फ सबै आफैं सचेत हुनुपर्नेमा जोड दिएकी छिन् । प्रशासनले सूचना जारी गर्दा, जानकारीमूलक सन्देश प्रवाह गर्दा पनि सर्वसाधारणले हेलचेक्रयाई गर्दै गरेको प्रति उनी चिन्तित छिन् । ‘सबै आफैं सचेत भएर कोरोना नियन्त्रणमा लाग्नुपर्ने हो तर पनि गम्भीरता देखिएको छैन’ उनले भनिन् ‘मास्क नलगाउनेलाई ठाउँको ठाउँ कारबाही हुन्छ ।’ उनले सरकारले जारी गरेका सुरक्षा मापदण्ड पालना गर्न पनि अनुरोध गरेकी छिन् । उनले खोपको अभाव हुन नदिने प्रतिबद्धता जनाएकी छिन् । उनले सेवाग्राहीलाई स्वास्थ्यका मापदण्ड पालना गर्दै सेवा लिन पनि आग्रह गरेकी छिन् । उनले कोरोना नियन्त्रण र रोकथाम गर्न सबै क्षेत्र र समुदायलाई आ–आफ्नो ठाउँबाट सहयोग गर्न पनि अनुरोध गरेकी छिन् । उनले कोरोनाको रोकथाममा लाग्ने, सामाजिक अभियान चलाउने, ठाउँठाउँमा मास्क र सेनिटाइजर बाँड्ने व्यक्ति र समूहप्रति हार्दिक आभारसमेत व्यक्त गरेकी छिन् ।

216 Views

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा

राष्ट्रपति रामचन्द्र पौडेलद्वारा एक महिनाको तलब बाढीपीडितलाई दिने घोषणा

२०८३ भाद्र ११ गते, बिहीबार

राष्ट्रपति रामचन्द्र पौडेलद्वारा एक महिनाको तलब बाढीपीडितलाई दिने घोषणा

२०८३ भाद्र ११ गते, बिहीबार

मृत व्यक्तिको कानको मुन्द्रा तान्ने २ युवा पक्राउ

२०८३ भाद्र ११ गते, बिहीबार

प्रधानमन्त्री र पूर्वाधारमन्त्री बाढी प्रभावित नुवाकोटतर्फ प्रस्थान

२०८३ भाद्र ११ गते, बिहीबार

नागढुंगा–मुग्लिङदेखि बीपी राजमार्गसम्म बन्द

२०८३ भाद्र ११ गते, बिहीबार

आशा र विश्वासका साथ सबैलाई एक भएर विपद्को सामना गर्न र हातेमालो गर्न प्रधानमन्त्री बालेनको आग्रह

२०८३ भाद्र ११ गते, बिहीबार

तीर्थयात्री बोकेका दर्जनौँ बस सम्पर्कविहीन

२०८३ भाद्र ११ गते, बिहीबार

रसुवा बाढी वितण्डाः २८ प्रहरीसहित दर्जनौँ सम्पर्कविहीन, १६२ शव फेला

२०८३ भाद्र ११ गते, बिहीबार

रास्वपाद्वारा सर्वदलीय बैठक आव्हानः गगन थापा र प्रचण्डसहित शीर्ष नेता सहभागी

२०८३ भाद्र ११ गते, बिहीबार

विनाशकारी बाढीः मृत्यु हुनेको संख्या २२ पुग्यो

२०८३ भाद्र १० गते, बुधबार

भारतीय प्रधानमन्त्री मोदी र प्रधानमन्त्री बालेनबिच टेलिफोनमा वार्ता, नेपाललाई सहयोग गर्ने मोदीको प्रतिबद्धता

२०८३ भाद्र १० गते, बुधबार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal