भोलि शनिबारदेखि उपत्यकाका सबै संग्रहालय बन्द

२०७८ माघ ७ गते, शुक्रबार

काठमाडौं । कोरोना महामारीको तेस्रो लहर बढ्दै गएपछि उपत्यकाका सबै संग्रहालयहरु शनिबारदेखि बन्द गरिने भएको छ । शुक्रबार विज्ञप्ति जारी गर्दै राष्ट्रिय संग्रहालय लगायत विभिन्न संग्रहालयहरुले अनिश्चितकालका लागि संग्रहालय बन्द गरिएको सूचना जारी गरेका छन् ।

उपत्यकाका तीनवटै प्रमुख जिल्ला अधिकारीले बिहीबार जारी गरेको आदेशमा संग्रहालय पनि धेरै भीडभाड हुने क्षेत्र भन्दै यसलाई बन्द गर्न भनिएको थियो ।

पाटन दरबार संग्रहालयका प्रमुख सुरेश लाखेले यसैपनि संग्रहालयमा कार्यरत कर्मचारीहरुमा कोरोना संक्रमण देखिएपछि केही दिनदेखि संग्रहालयको सेवा प्रभावित भएको बताए । बिहीबारको प्रशासनको आदेशले संग्रहालय पनि बन्द गर्न भनेपछि अर्को सूचना जारी नभएसम्मको लागि शनिबारदेखि संग्रहालय बन्द गरिएको उनले जानकारी दिए ।

काठमाडौं उपत्यकामा सरकारी निकायबाट छाउनीमा नेपाली सेनाको सहित चारवटा संग्रहालयसँगै मल्लकालीन दरबार क्षेत्रका तीन, स्वयम्भू, नारायणहिटी लगायत संग्रहालयहरु छन् ।

226 Views

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा

कृष्णभीरमा सडक भासियो, काठमाडौं–मुग्लिन सडक पूर्णरूपमा अवरुद्ध

२०८३ भाद्र १४ गते, आईतवार

कृष्णभीरमा सडक भासियो, काठमाडौं–मुग्लिन सडक पूर्णरूपमा अवरुद्ध

२०८३ भाद्र १४ गते, आईतवार

विपद्को बेला सरकारलाई सहयोग गर्ने सभापति गगन थापाको भनाई

२०८३ भाद्र १४ गते, आईतवार

राष्ट्रपति रामचन्द्र पौडेलद्वारा एक महिनाको तलब बाढीपीडितलाई दिने घोषणा

२०८३ भाद्र ११ गते, बिहीबार

मृत व्यक्तिको कानको मुन्द्रा तान्ने २ युवा पक्राउ

२०८३ भाद्र ११ गते, बिहीबार

प्रधानमन्त्री र पूर्वाधारमन्त्री बाढी प्रभावित नुवाकोटतर्फ प्रस्थान

२०८३ भाद्र ११ गते, बिहीबार

नागढुंगा–मुग्लिङदेखि बीपी राजमार्गसम्म बन्द

२०८३ भाद्र ११ गते, बिहीबार

आशा र विश्वासका साथ सबैलाई एक भएर विपद्को सामना गर्न र हातेमालो गर्न प्रधानमन्त्री बालेनको आग्रह

२०८३ भाद्र ११ गते, बिहीबार

तीर्थयात्री बोकेका दर्जनौँ बस सम्पर्कविहीन

२०८३ भाद्र ११ गते, बिहीबार

रसुवा बाढी वितण्डाः २८ प्रहरीसहित दर्जनौँ सम्पर्कविहीन, १६२ शव फेला

२०८३ भाद्र ११ गते, बिहीबार

रास्वपाद्वारा सर्वदलीय बैठक आव्हानः गगन थापा र प्रचण्डसहित शीर्ष नेता सहभागी

२०८३ भाद्र ११ गते, बिहीबार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal