बेनी–जोमसोम सडक दैनिक ६ घण्टा बन्द

२०७८ माघ ७ गते, शुक्रबार

बेनी । राष्ट्रिय गौरवको आयोजनामा बेनी–जोमसोम–कोरला सडकको म्याग्दी खण्ड दैनिक ६ घण्टा बन्द हुने भएको छ । सडकखण्डको स्तरोन्नतिसँगै नियमित र सहज रुपमा यातायातको साधन सञ्चालनको सम्भावना नभएपछि जिल्ला प्रशासन कार्यालयमा बिहीबार बसेको बैठकले टाइम कार्ड लागू गरेको हो ।

गण्डकी प्रदेशको ‘लाइफलाइन’ कालीगण्डकी करिडोरअन्तर्गत उत्तर–दक्षिण जोड्ने सडकखण्डको अन्नपूर्ण गाउँपालिका–७ महभीर र वडा नं २ नौनीबगर खण्डमा सडक स्तरोन्नति गर्न समय तालिका लागू गरिएको बेनी–जोमसोम–कोरला सडक आयोजनाका प्रमुख जगत प्रजापतिले बताए ।

उनका अनुसार २०७८ माघ १० गतेदेखि २१ गतेसम्म बिहान ८ देखि ११ बजे र दिउँसो १ बजेदेखि ४ बजेसम्म सडक बन्द गरिने छ । महभीर खण्डमा चट्टान काट्नुपर्ने र नौनीबगर खण्डमा बिस्तार एवं स्तरोन्नति गर्नका लागि समय तालिका जारी गरिएको हो ।

सडक निर्माणकै क्रममा आवतजावत गर्न दिँदा दुर्घटनाको जोखिमसमेत भएकाले बन्द अवधिलाई छोट्याउने गरी काम गर्न जिल्ला प्रशासन कार्यालयले अनुरोध गरेको छ । सडक बन्द हुँदा म्याग्दीको अन्नपूर्ण गाउँपालिका र मुस्ताङ जिल्लामा आवतजावतमा समस्या हुनेछ ।

विसं २०७४ मा सुरु भएको चीनको स्वशासित क्षेत्र कोरला नाका जोड्ने सडक रु सात अर्ब २७ करोडमा ठेक्का सम्झौता भएको थियो । एक सय ८६ किलोमिटर दूरीको बेनी–जोमसोम–कोरला सडक आयोजनाको कार्यक्षेत्र बागलुङ र पर्वतको सिमानामा रहेको मालढुङ्गादेखि म्याग्दीको बेनी, मुस्ताङको जोमसोम हुँदै कोरला नाकासम्म पर्छ । महभीर र नौनीबगर खण्डमा ११ मिटर सडक बनाएर कालोपत्र गर्न शर्मा–युनाइटेड जेभीले ठेक्का लिएको थियो ।

उन्नाइस किमी दुरीको म्याग्दीको गलेश्वर–नारच्याङ पुल खण्डको गलेश्वर र राहुघाटदेखि बेगखोलासम्मको छ किमी सडकमा गत जेठमा डिबिएसडी प्रविधिको कालोपत्र सुरु भएको थियो । बेगखोलादेखि नारच्याङ पुल खण्डको अधिकांश भागमा पनि बिस्तार, पर्खाल र नाली निर्माणको काम सकिएको छ । आगामी चैत महिनाभित्र कालोपत्र गर्ने तयारीसहित कतिपय ठाउँमा सब बेस राखिएको छ ।

सडकखण्डको सबैभन्दा जोखिम मानिने म्याग्दी र मुस्ताङको सिमानामा पर्ने काभ्रे भिरमा १.२ किमी सडक विस्तारका लागि डोजरको सहायताले मात्रै ट्र्याक निर्माण नभएपछि विष्फोटक पदार्थको प्रयोगले भिर फुटाउन ६० टन विष्फोटक पदार्थको प्रयोग गरिने भएकाले उक्त क्षेत्रमा समेत अर्को कार्यतालिका बनाएर सडक बन्द गरेर काम गर्नुपर्ने अवस्था छ । (रासस)

208 Views

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा

Miss & Mrs. Kohinoor Nepal काे पहिलो संस्करण भव्य सम्पन्न

२०८३ श्रावण ६ गते, बुधबार

Miss & Mrs. Kohinoor Nepal काे पहिलो संस्करण भव्य सम्पन्न

२०८३ श्रावण ६ गते, बुधबार

एमबाप्पेलाई लगातार दोस्रो पटक गोल्डेन बुट

२०८३ श्रावण ४ गते, सोमबार

अर्जेन्टिनालाई स्तब्ध पार्दै १६ वर्षपछि स्पेनले जित्यो विश्वकपको उपाधि

२०८३ श्रावण ४ गते, सोमबार

मिस युनिभर्स नेपाल २०२६ को आवेदन खुला

२०८३ श्रावण २ गते, शनिबार

आज भारी वर्षाको सम्भावना, सतर्कता अपनाउन आग्रह

२०८३ श्रावण २ गते, शनिबार

डडेल्धुरामा जिप दुर्घटना, २ जनाको मृत्यु, ३ जना घाइते

२०८३ श्रावण २ गते, शनिबार

कमैया मुक्तिको २६ वर्ष: समस्या जहाँको त्यहीँ,पुर्जा छ, श्रेस्ता छैन

२०८३ श्रावण २ गते, शनिबार

सवारीचालक अनुमतिपत्रको राजस्व अबदेखि अनलाइनबाटै तिर्न सकिने

२०८३ असार ३२ गते, बिहीबार

नेपाल मेडिकल कलेजका विएस्सी नर्सिङ विद्यार्थीहरूलाई ‘सिमुलेसन अन ट्रायेज म्यानेजमेन्ट’ प्रशिक्षण

२०८३ असार ३२ गते, बिहीबार

ध्रुवे हात्तीलाई नयाँ रेडियो कलर जडान, ६ इन्च दाह्रा काटियो

२०८३ असार ३२ गते, बिहीबार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal