आमा अस्पतालमा हुँदा पनि अरुलाई सेवा गर्दै कलाकार राज घिमिरे
गंगा बराल
काठमाडौं । आफ्नो घर परिवारभन्दा ठूलो अरु केही होइन । चाहे राजनीतिमा लागेको होस् वा अरु क्षेत्रमा नै किन नहोस् उसलाई घर परिवार नै प्यारो हुन्छ । घरको कामलाई बिताएर अरुलाई चिताउनु भनेको निकै टाढाको कुरा हो ।
तर अरुभन्दा फरक छन् कलाकार राज घिमिरे । कलाकारिताबाट समाजमा पहिचान बनाएका उनी राजनीति पनि गर्छन् । जसरी होस् समाजमा कुनै न कुनै ढंगले सेवा दिनुपर्छ भन्ने सोचमा रहेका घिमिरेले अप्ठ्यारो पर्दा सबैलाई सहयोग गर्दै आएका छन् । उनको सेवा लिनेहरुले उनलाई एउटा असल अभिभावकको रुपमा हेरेका छन् । ‘आफूलाई जे जस्तो भए पनि अरुलाई कुनै संकट नआओस् भन्ने मेरो लक्ष्य हो, यही अभियानमा लाग्छु’ उनले भने ‘ पैसा भन्ने कुरा सधैं हुँदैन, कहिले आर्थिक सहयोग गर्छु त कहिले अरु प्रकारले सहयोग गरेको छु ।’ ‘चपली हाइट’ चलचित्रबाट अचानक उदाएका कलाकार हुन् राज घिमिरे (९८५१०६२४५७) । आजभोलि आफ्नी आमा मेजर हार्ट अट्रयाक भएर हाल गंगालाल अस्पतालमा उपचाररत हुँदा पनि उनले अरुको उपचारका लागि आर्थिक सहयोग गरेका छन् ।
अस्पतालमा हुँदा पनि उनले भर्खरैमात्र पैसाको अभावमा उपचार गर्न नसकेका गोदावारी नगरपालिका–३ का शेरबहादुर तामाङलाई २० हजार रुपिँया सहयोग गरे । स्थानीय राजु थिङले घिमिरेको सहयोग अतुलनीय रहेको भन्दै प्रशंसा गरे । ‘ म यहाँ आफ्नै समस्यामा छु, कसैलाई पनि मलाई यस्तो परो भनेको छैन, जे आइपर्छ आफैं व्यवहोर्छु’ उनी भन्छन् ‘सजिलो पर्दा त जो पनि हुन्छ, अप्ठ्यारो पर्दा नै मानिसलाई सान्त्वना र सहानुभूति चाहिने रहेछ ।’ ७५ वर्षिया उनकी आमाको ११ दिनदेखि गंगालालमा उपचार हुँदै छ ।
उनी जसलाई जहाँ समस्या छ त्यहाँ पुगिहाल्छन् । उनी आफूसँग प्रशस्तै धनसम्पत्ति भएर अरुलाई सहयोग नगरेको बताउँछन् । ‘मनको धनी हो म, मनले नै सबै पु¥याएको छ’ उनले थपे ‘ म अरुको दुःख देख्न सक्दिन, म पनि दुःखले हुर्किएको हुँ त्यसैले अरुको पीडा भोगेको छु ।’ उनले समाजसेवा गर्नका लागि भनेर कसैसँग आर्थिक सहयोग मागेका छैनन् । उनले गरिब तथा जेहेन्दार विद्यार्थीका लागि मासिक पढाई खर्च पनि उपलब्ध गराउँदै आएका छन् । उनले भोलिको दिनमा कुनै स्वार्थ हेरेर आज सेवामा नलागेको स्पष्ट पार्दै आएका छन् ।
गोदावरी नगरपालीका ३ टौखेलका स्थानीय घिमिरेले आफ्नो निजी खर्चमा सडक बत्ती जडान गरिदिएर गोदावरीलाई झिलिमिली पारेका छन् । उनले आफ्नै खर्चमा १० लाख रुपैंयामा गोदावरी नगरपालिका ३ बियर फ्याक्ट्रीदेखि मन्दिर परिसर र कुण्डसम्म जाने बाटोको लागि बत्ती जडान गरी उज्यालो पारेका हुन् । काम गर्न पद नै हुनुपर्छ भन्ने भनाइलाई उनले साँच्चै नै चुनौती दिएका छन् । उनी कसैलाई अफ्ठ्यारो पर्दा दिनरात केही नभनी पुगिहाल्छन् । कोरोना संक्रमणको दर उच्च हुँदा उनी आफ्नो ज्यानलाई समेत बेवास्ता गर्दै कोरोना संक्रमितलाई अस्पताल लिएर जान्थे । ‘त्यतिबेला त बाँच्नु नै ठूलो कुरा थियो, मलाई पनि डर लाग्नुपर्ने हो तर अरुको पीडा देखेर मैले आफ्नो ज्यानलाई पनि जोखिममा राखें’ उनी भन्छन् ‘ मैले धेरैको ज्यान बचाएँ, घर र समाजले मलाई बाहिर नहिँड्न भने, गाउँवासी त घर बस्नै नदिने अवस्थामा थिए, कोरोना ल्यायो राजले भने, ती सबै दुःख झेलें र म सन्तुष्ट भएँ ।’ उनले पैसाको अभावमा उपचार गर्न नसकेका लागि आर्थिक सहयोग पनि गरे ।
अक्सिजनको अभावमा बिरामी छटपटाइरहेका बेला उनको मन मान्दै मानेन । उनले जहाँबाट पाइन्छ त्यहीँबाट जति पर्छ त्यति नै पैसा तिरेर ल्याउँछु भनेर लागिरहे । गोदावरी नगरपालिका ३ टौखेलका स्थानीय घिमिरेले आफ्नो निजी खर्चमा सडक बत्ती जडान गरिदिएर गोदावरीलाई झिलिमिली पारेका छन् । उनले आफ्नै खर्चमा १० लाख रुपैंयामा गोदावरी नगरपालिका ३ बियर फ्याक्ट्रीदेखि मन्दिर परिसर र कुण्डसम्म जाने बाटोको लागि बत्ती जडान गरी उज्यालो पारेका हुन् ।
‘मेरो अन्तिम श्वास रहेसम्म म समाजसेवामा लागिरहन्छु, समाजलाई केही दिन सकें भने म त्यसै पनि खुशी हुन्छु’ उनी भन्छन् ।

ताजा
कृष्णभीरमा सडक भासियो, काठमाडौं–मुग्लिन सडक पूर्णरूपमा अवरुद्ध
२०८३ भाद्र १४ गते, आईतवार
कृष्णभीरमा सडक भासियो, काठमाडौं–मुग्लिन सडक पूर्णरूपमा अवरुद्ध
२०८३ भाद्र १४ गते, आईतवार
विपद्को बेला सरकारलाई सहयोग गर्ने सभापति गगन थापाको भनाई
२०८३ भाद्र १४ गते, आईतवार
राष्ट्रपति रामचन्द्र पौडेलद्वारा एक महिनाको तलब बाढीपीडितलाई दिने घोषणा
२०८३ भाद्र ११ गते, बिहीबार
मृत व्यक्तिको कानको मुन्द्रा तान्ने २ युवा पक्राउ
२०८३ भाद्र ११ गते, बिहीबार
प्रधानमन्त्री र पूर्वाधारमन्त्री बाढी प्रभावित नुवाकोटतर्फ प्रस्थान
२०८३ भाद्र ११ गते, बिहीबार
नागढुंगा–मुग्लिङदेखि बीपी राजमार्गसम्म बन्द
२०८३ भाद्र ११ गते, बिहीबार
आशा र विश्वासका साथ सबैलाई एक भएर विपद्को सामना गर्न र हातेमालो गर्न प्रधानमन्त्री बालेनको आग्रह
२०८३ भाद्र ११ गते, बिहीबार
तीर्थयात्री बोकेका दर्जनौँ बस सम्पर्कविहीन
२०८३ भाद्र ११ गते, बिहीबार
रसुवा बाढी वितण्डाः २८ प्रहरीसहित दर्जनौँ सम्पर्कविहीन, १६२ शव फेला
२०८३ भाद्र ११ गते, बिहीबार
रास्वपाद्वारा सर्वदलीय बैठक आव्हानः गगन थापा र प्रचण्डसहित शीर्ष नेता सहभागी
२०८३ भाद्र ११ गते, बिहीबारलोकप्रिय
प्रधानमन्त्री बालेन्द्र शाहद्वारा आकस्मिक मन्त्रिपरिषद् बैठक आह्वान
२०८३ भाद्र १० गते, बुधबार
फ्रान्सलाई हराउँदै स्पेन विश्वकपको फाइनलमा
२०८३ असार ३१ गते, बुधबारFast Withdrawal Options and Deposit Limits at Wino Casino
२०८२ माघ २४ गते, शनिबारThe Most Popular Online Slots on Tea Spins Casino in 2024
२०८२ माघ २१ गते, बुधबारJouez facilement sur Spinit Casino avec l’application mobile
२०८२ माघ १९ गते, सोमबारConfianza total en SG Casino por su licencia y atención al cliente
२०८२ माघ १८ गते, आईतवारExpert Advice For Winning Consistently At Space Casino Slots
२०८२ माघ १८ गते, आईतवारWinbet Casino et la sécurité des transactions financières
२०८२ माघ १४ गते, बुधबार





